Description
शिक्षक सेवा तयारी कक्षा को बारेमा परिचय
नेपालभरिका सामुदायिक विद्यालयहरूमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा शिक्षक तथा कर्मचारी पदको नियुक्ति र बढुवाको सिफारिस सम्बन्धी कार्य गर्न शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा ११ ख. अनुसार शिक्षक सेवा आयोग गठन भएको हो । यस आयोगले मुख्य रूपमा योग्यता प्रणालीको आधारमा शिक्षक छनोट तथा बढुवाको सिफारिस गर्ने, शिक्षण गर्न चाहने व्यक्तिलाई अध्यापन अनुमतिपत्र उपलब्ध गराउने, शिक्षक पद तथा अध्यापन अनुमतिपत्रको परीक्षाका लागि पाठ्यक्रम निर्माण तथा स्वीकृत गर्ने र शिक्षकको सेवा, सर्त तथा सुविधा सम्बन्धी विषयमा नेपाल सरकारलाई सुझाव दिने कार्यहरू सम्पादन गर्दै आएको छ ।
शिक्षकहरूको छनोटको कार्यलाई सक्षमतामा आधारित भई स्वतन्त्र र निष्पक्ष रूपमा कार्य गर्दै आएको छ । आर्थिक वर्ष २०६१।०६२ देखि खुला विज्ञापन मार्फत प्रतिस्पर्धाका आधारमा शिक्षकहरू छनोट गरी नियुक्तिका लागि सिफारिस गरिरहेको छ । त्यस्तैगरी आयोगले शिक्षकहरूको अध्यापन अनुमतिपत्रका लागि विभिन्न समयका विज्ञापन मार्फत तीनओटै तहको अध्यापन अनुमतिपत्र समेत वितरण गर्दै आएको छ ।
शिक्षक सेवा आयोग तयारीको लागि हामीले तपाईलाई तपसिल बमोजिमका सेवाहरु उपलब्ध गराउने छौ ?
(क) अनलाइन पाठ्यसामग्रीहरु पढनको लागि हाम्रो वेवमा पहुँच
(ख) दैनिक रुपमा अनलाइन शिक्षक सेवा आयोगको मोडुलमा वस्तुगत अभ्यास
(ग) परीक्षाको फिडबैक, पृष्ठपोषण
(घ) आवश्यक ऐन, कानुन तथा शैक्षिक सामग्रीहरु उपलब्धता
Reviews
There are no reviews yet.