Article के लेख्ने? सबभन्दा कठिन मोड हो यो/ कस्तो विषयमा लेख्ने, शीर्षक के राख्ने? शिर्षक नै कसरी तयार पार्ने? जस्ता हजारौं प्रश्न तपाईंका अगाडि आउन सक्छन्/ कतिपय अनुसन्धाताको अधिक समय यसैमा व्यतित हुन्छ/ कति निरास हुन्छन र विचैमा हराउँछन्/ तर हरेस खानु पर्दैन/ तपाइको आफ्नो विषय क्षेत्र हुन्छ जसले तपाइंको भोलिको प्राज्ञिक उत्थानमा मद्दत गर्छ/ यो व्यक्ति पिच्छे फरक हुन्छ/ आफ्नो विषय क्षेत्रमा वैज्ञानिक, प्राविधिक र सामाजिक मुद्दाहरु हुन्छन/ तिनै मुद्दा तपाईका अनुसन्धानको लागि मसला हुन सक्छ/ राम्ररी ध्यान दिएर सोच्नुहोस् त्यस्ता थुप्रै विचार तपाइंको मनमा आउन सक्छन/ पहिला आफ्नो विषय क्षेत्रमा तपाइंलाई असाध्य मन पर्ने उप-विषय वा चाख लाग्ने विषयवस्तु हुन्छन/ त्यसैलाई पकडेर अनुसन्धानको मसला बनाउनुहोस्/ अनुसन्धान गर्नु पर्ने कारण पहिल्याउनु होस्/ अनुसन्धान कुनै न कुनै प्राज्ञिक समस्यामा केन्द्रित हुन्छन भन्ने कुरा हेक्का गर्नुहोस्/ तपाइंको विषय क्षेत्र भाषा हो भने भाषाको मामिलामा हाम्रा समाजमा, कक्षा कोठामा, समाजमा, प्रदेशमा, स्थानीय तहमा वा पुरै राष्ट्रमा त्यसको मुद्दा पहिल्याउनुहोस् / हाम्रो जस्तो बहुभाषिक मुलुकमा त्यस्ता मुद्दा हजारौं भेट्नुहुनेछ/ मातृभाषा, राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय भाषाका अनेकौं समस्या र मुद्दा हुन सक्छन/ आफुलाई चाख लागेको एउटा मुद्दा छनौट गर्नुहोस्/ तपाइंको विषय क्षेत्र शैक्षिक नेतृत्व हो भने शिक्षामा नेतृत्वका मुद्दा पहिचान गर्नुहोस्/ त्यो नेतृत्व केन्द्रीय, प्रादेशिक वा स्थान विशेष हुन सक्छ/ वा एउटा विद्यालय, कलेज, विश्वविद्यालय भित्रको नेतृत्व हुन सक्छ/ वा एउटा कक्षा कोठा भित्रको, एउटा विद्यालय व्यवस्थापन समितिको पनि हुन सक्छ/ यसैवाट मुद्दा उठान गर्नुहोस्/ यी त उदाहरण मात्रै भए/ आ-आफ्नो विषय क्षेत्रमा यसै गरी विचार गर्ने प्रयास गर्नुभयो भने के लेख्ने भन्ने समस्या समाधान हुन्छ/ यसरी आफ्नो लेखको लागि मसला खोज्दा सकेसम्म आलोचनात्मक, समालोचनात्मक, बहसयोग्य, नयाँ विचारको सम्प्रेषण, उपलब्ध सिद्धान्तलाई चुनौती दिने खालको, सिद्धान्त र व्यवहार विचको फरकपन, स्थानीय परिवेशमा प्रयोग हुन सक्ने, आफ्नो विषय क्षेत्रमा राज्यको नीतिमा प्रभाव पार्न सक्ने जस्ता योगदानमूलक शिर्षकको खोजी गर्ने प्रयास गर्नु उपयुक्त हुन्छ/ शिक्षा विषयमा रुची राख्नेका लागि केही समसामयिक अनुसन्धानात्मक शीर्षकका उदाहरण तल दिइएको छ / यही नै हुनुपर्छ भन्ने छैन, शब्द चयन आकर्षक बनाउन प्रयास गर्नुहोस्/ १. Letter grading: Is this a milestone in evaluation or bizarre?२. Mathematics contents in lower grades of private schools: Damaging or boosting performance?३. Lecture dominated pedagogy: Will this work in 21st century?४. Language dilemma in lower grades: Mother tongue vs medium of instruction५. Imaging oneself: Relevance of IT based self-education६. Virtual classroom: Will this be a substitute to brick ones?यस्ता थुप्रै शीर्षक तपाईं कोर्न सक्नुहुन्छ आफ्नो विषय क्षेत्रमा / लेख्ने भनेकै पाठकका लागि हो/ त्यसैले शीर्षक लेख्दा अलि सटिक र आकर्षक बनाउन सके धेरै राम्रो/ (तपाईं आफ्नो शीर्षक मेरो मेसेज बक्समा पठाउनुहोस् / छलफल गरौंला/) मिल्दैन कि भनेर लाज नमान्नुहोस्/ लेखेपछि नै मिल्दै जाने हो/ तपाइंको थेसिसबाटै पनि थुप्रै लेख जन्मन सक्छन/ त्यता तर्फ पनि ध्यान दिनुहोला/ स्नातकोत्तर र विद्यावारिधिका थेसिसलाई आधार बनाएर प्राज्ञिक जर्नलमा लेख लेख्ने प्रचलन बढ्दो छ / एउटा प्रोफेसरसंग बसेर विधिपूर्वक तयार पारिएको शोधपत्र आफैमा विश्वसनीय हुन्छ/ लेखनको शुरुवात कसरी गर्ने? लेखनको शुरुवात गर्दा पहिला मुख्य रूपमा यसको प्रारूपमा विचार गर्नु पर्ने हुन्छ/ पहिला प्रारूप कोरिसकेपछि काम गर्न सजिलो हुन्छ/ प्रारूप भनेको एउटा खाका हो जसले तपाइंलाई कुनै पनि कुरा नछुटाईकन अगाडि बढ्न मद्दत गर्दछ/ सामान्यतया: लेखन शुरु गर्दा मुख्य ४ वटा तहको विचार गर्नुपर्ने हुन्छ/१. शीर्षकको चयन २. शीर्षक अनुसार अनुसन्धानात्मक कार्य ३. लेखन ढाँचाको प्रारूप र४. लेखन कार्य १. शिर्षकको चयन: यस सम्बन्धमा अगिल्लो पाठमा नै चर्चा गरिसकिएको छ/ मुख्य कुरा तपाइंको लेखको शीर्षक समसामयिक हुनुपर्दछ/ बजारमा उपलब्ध सिद्धान्लाई चुनौती दिन सक्ने वा कारण सहित सोही सिद्धान्तको पुष्टी गर्ने खालको पनि हुन सक्छ/ त्यो भनेको तपाइंले संकलन गर्नु भएको सूचनाको विश्लेषणले जनाउने कुरा हो/ तर पनि पहिलानै यस्ता कुरामा विचार गरेर शीर्षक छान्न सके पछि लेखनमा सजिलो पर्दछ/ तथ्यका आधारमा पुष्टी हुने खालको शीर्षक रोज्नु अति आवश्यक हुन्छ/ शीर्षक रोज्दा यौटा तर पछि सूचना (तथ्यांक) विश्लेषण गर्दा अर्कै अर्थ लाग्ने खालको भयो भने शीर्षक काम नलाग्ने हुन सक्छ/ त्यस्तो अवस्थामा शीर्षक परिवर्तन पनि गर्न सकिन्छ/ यसो भन्दैमा जे पनि शिर्षक रोज्ने र पछि सुधार गर्ने भन्ने होइन/ शीर्षक अनुसारको अनुसन्धानात्मक प्रश्न र त्यही प्रश्नको उत्तर आउने खालको सूचना संकलन गरेपछि शीर्षक नमिल्ने भन्ने प्रश्न नै रहन्न/ सबभन्दा महत्वपूर्ण कुरा भनेको तपाइंको आफ्नो रुचिको विषयवस्तु नै हो शीर्षक चयनका लागि/ आफूले छानेको शीर्षकका बारे आफ्ना सहकर्मी र सिनियर हरु संग छलफल गर्ने र सुझाव समेट्ने कार्य गर्नु भयो भने अझ राम्रो हुन्छ/ आफ्नो विषयमा बिभिन्न जर्नलमा प्रकाशित लेख अध्ययन गरेर शीर्षक रोज्ने काम अर्को महत्वपूर्ण कडी हो/ यसो गर्दा तपाइंको अनुसन्धानमा मौलिकता कायम गर्न मद्दत मिल्छ/२. शीर्षक अनुसार अनुसन्धानात्मक कार्य : अनुसन्धानात्मक कार्यको शुरुवात बिभिन्न स्रोतमा उपलब्ध लेख, रचना, पुस्तकका अध्ययनबाट हुन्छ/ जसलाई Literature Review भनिन्छ/ आफ्नो विषयवस्तुसंग सम्बन्धित यस अगि गरिएका अनुसन्धान अध्ययन गर्न छुटाउनै हुँदैन/ यस्तो अध्ययनले तपाइंको रुचिको विषयमा बजारमा के कस्ता ज्ञान उपलब्ध छन् र के गर्न बाँकी छ भन्ने कुराको जानकारी हुन्छ/ बाँकी काम भनेकै research gap हो / त्यस्तो gap लाई समेटेर शीर्षक पुनरावलोकन गर्न सकियो भने त तपाइंको लेख अन्तर्राष्ट्रिय स्तरमै गुणस्तरयुक्त हुन्छ/ त्यसैले पहिलो चरणमा अध्ययन गर्ने नै हो/ अरुको लेख रचना नपढी अनुसन्धानात्मक लेख लेख्ने सोच राख्न सकिन्न/ यसरी पढ्ने सामग्री खोज्दा मौलिक लेख रचना, विषयवस्तु संग मेल खाने अनुसन्धानात्मक लेख, तपाइंको विषयले समेट्ने सान्दर्भिक नीति, तथा सैद्धान्तिक आधारका बारेमा अध्ययन गर्नु लाभकारी हुनेछ/ यस्ता अध्ययनले तपाइंको अनुसन्धानमा गुणात्मक सहयोग पुर्याउंछन्/ यिनै मसलालाई आधार मानेर तपाईं सजिलै आफ्ना सूचना विश्लेषणलाई यथार्थपरक बनाउन सक्नुहुन्छ/ यसका अतिरिक्त आफ्नो मौलिकपनलाई झल्काउन तपाईं key actors संग अन्तर्वार्ता लिएर पनि त्यो सूचना आफ्नो अनुसन्धान बलियो पार्ने काम उपयोग गर्न सक्नु हुन्छ/ तर सधैं यो जरूरी हुँदैन/ उपलब्ध तथ्य र सूचनालाई आधार बनाएर मात्रै पनि अनुसन्धानात्मक लेख तयार पर्न सकिन्छ/ थप सूचना संकलन गरेर पहिलाको अनुसन्धानात्मक लेखलाई पुष्ट्याई वा आलोचनात्मक रूपमा उपयोग गरेर मौलिक लेख सिर्जना गर्न सकिन्छ/ लेखनको शुरुवात कसरी गर्ने? ध्यान दिनुपर्ने अर्को कुरा के हो भने आफ्नो अनुसन्धानको लागि सकेसम्म धेरै स्रोतबाट सूचना (तथ्यांक) संकलन गर्नु/ जति धेरै स्रोतबाट सूचना संकलन गर्न सक्नुभयो उति नै धेरै तपाइंको लेख भरपर्दो मानिन्छ/ यसले तपाईंलाई आफ्नो विश्लेषण बिभिन्न कोणबाट गर्न मद्दत गर्दछ/ यसरी सूचना खोज्ने क्रममा तपाईंले प्रयोग गर्ने वेव साइटले महत्वपूर्ण भूमिका खेल्न सक्छन/ यसरी वेव साइट खोज्दा .com भन्दा पनि .edu, .gov र .org मा जानुहोला जुन भरपर्दो र विश्वसनीय मानिन्छन/ .com का सूचना एकांगी र विज्ञापनमूलक बढी हुन्छन र तिनले अनुसन्धानमा खासै सहयोग पुर्याउन सक्दैनन्/ तर पनि विचारका लागि .com अध्ययन गर्नु अपराध भने होइन/ Google मा पनि Google Scholar भित्र पस्नु भयो भने बढी लाभकारी हुनेछ/ आफूले काम गर्ने वा पढ्ने संस्थाले कतिपय जर्नल अन लाइन किनेका हुन्छन/ त्यस्तो जर्नलको अध्ययन तपाईं पनि नि:शुल्क गर्न सक्नु हुन्छ/ Free Journal Website भेटाउन सक्नुहुन्छ/ खोज्नुहोस र उपयोग गर्नुहोस्/ विदेशमा पढ्ने आफ्ना नातेदार वा इष्टमित्रलाई गुहारेर पनि तपाईं नयाँ नयाँ लेख रचना पढ्ने चाँजो मिलाउन सक्नुहुन्छ/ आफूलाई घत परेको कुनै अनुसन्धाता र तिनका लेख आवश्यक परे तिनका वेव साइटमा गएर इमेल ठेगाना पत्ता लगाउने र पत्राचार गरी उनीहरुका लेख उपलब्ध गर्ने काम पनि थुप्रै अनुसन्धाताले गर्दै आएका छन्/ ३. लेखन ढाँचाको प्रारूप: लेखन कार्य गर्दा कसरी अगाडि बढ्ने, के के कुरा राख्ने र कुन कुन पक्षलाई जोड दिने भन्ने कुरा थाहा पाउनु निकै जरूरी हुन्छ/ लेख्न बस्दा तपाईं संग आवस्यक सूचना वा तथ्यांक संकलन भैसकेको हुनुपर्दछ/ यसरी संकलन गरिएका सूचनालाई विश्लेषण गर्दै संगठित रूपमा राख्नुपर्दछ/ तपाइंको अनुसन्धानले खोजेको प्रश्नको उत्तर आउने गरी यस्तो संगठन गर्नु वान्छनीय हुन्छ/ यो एउटा पक्ष भयो/ अर्को पक्ष भनेको तपाइंले पढ्नु भएका लेख रचना, अनुसन्धानात्मक कृति, थेसिस, पुस्तक, नीतिका दस्तावेज जे जति छन् ती paraphrase गरेर ठिक्क राख्नु पर्दछ/ Paraphrase भन्नाले अरुको विचार तपाइंको भाषामा पाठकलाई बुझाउने प्रक्रिया र विधि हो/ यसमा कसको विचार कहाँबाट लिइएको भन्ने प्रष्ट उल्लेख हुनुपर्दछ/ अरुको विचार हूबहू सार्नु भनेको बौद्धिक चोरी मानिन्छ र त्यो अनुसन्धानात्मक लेखमा ग्राह्य हुँदैन/ जर्नल हाउसले बौद्धिक चोरीका लेखहरु (plagiarism article) अस्वीकृत गरिदिन्छन/ त्यसैले अरुको विचार पढौं, आफ्नो भाषामा लेखौं र लेखकलाई क्रेडिट दिऔं / यो नै paraphrasing हो/ कहीं कतै कसैको भनाई हूबहू राख्ने पर्ने भए quotation mark भित्र राखौं र कुन पेजबाट त्यो लिइएको हो पेज नम्बर समेत उल्लेख गरौँ/ त्यसपछि क्रमस: लेखन कार्यको प्रारम्भ गर्नुहोस्/ लेखनको शुरुवात कसरी गर्ने? लेखन कार्य गर्दा खासगरी आफ्नो लेखलाई ३ भागमा बाँड्नुहोस् क. Introduction ख. Body र ग. Conclusionक. Introduction: यसमा खासगरी तपाइंको अनुसन्धानात्मक लेखको यौटा thesis statement आवश्यक पर्छ/ यो भनेको के हो भने तपाईं आफ्नो लेखको विषयवस्तुलाई कसरी व्याख्या गर्नुहुन्छ? कुनै सिद्धान्तलाई आधार मान्नु भएको छ? कुनै सत्यताको सिद्धान्त अवलम्बन गर्नुभएको छ? तपाइंको लेखबाट पाठकले के कुराको अपेक्षा गर्ने? तपाइंको विश्वासको आधार के हो? तपाइंको सत्य, विश्वास र पाठकको अपेक्षा प्रष्ट भएपछि संकलित सूचना हरुलाई त्यसै अनुसार पुष्टी गर्दै जानुपर्दछ अनि मात्रै तपाइंको लेखले उत्तर दिन खोजेको प्रश्नको सही उत्तर फेला पर्दछ/ यसभित्र तपाइंको अनुसन्धानात्मक प्रश्न (एक वा दुइ) लेख्नुपर्दछ/ यौटा लेखले सवै कुरा समेट्न नसक्ने भएकाले यसको सीमा पनि एक वा दुइ लाइनमा लेख्दा राम्रो हुन्छ/ख. Body: छोटकरीमा आफ्नो अनुसन्धान बिधि उलेख गर्दै अगाडि बढ्नुहोस/ तपाइंले संकलन गर्नुभएका सूचना वा तथ्यांकको विश्लेषण गरेर त्यसको findings निकाल्ने काम यो भागमा हुन्छ/ यसरी विश्लेषण गर्दा तथ्यगत सूचनाको आधारमा प्रत्येक मुद्दाको पुष्टी गर्नु पर्दछ/ गुणात्मक अनुसन्धान भए तपाइंले लिनुभएको अन्तर्वार्ता, गर्नुभएको अवलोकन, जोडा समूह छलफल जस्ता विधिबाट तपाइंको सूचना संकलन गरेको हुनुपर्दछ भने संख्यात्मक अनुसन्धान भए तथ्यांक नै आवश्यक पर्दछ/ यिनै सूचनालाई विश्लेषण गर्दै आफ्नो अनुसन्धानको मुद्दा एक एक गरी उठान गर्ने र पुष्टी गर्ने काम यहाँ हुन्छ/ पुष्टी भन्नाले ठिक वा बेठिक पुष्टी गर्ने हो / संख्यात्मक अनुसन्धान भए यो कारणले ठिक र यो कारणले बेठिक पुष्टी गरिनेछ/ गुणात्मक अनुसन्धान भए त्यस सम्बन्धमा कसको के धारणा छ र त्यो धारणाले तपाइंको मुद्दालाई कसरी ब्याख्या गर्न सकिन्छ भन्ने पुष्ट्याई मान्नु पर्दछ/ फेरि तपाइंको सूचना वा तथ्यांक मात्रै पनि विश्लेषण पूरा हुँदैनन्/ प्रत्येक विश्लेशणमा यस भन्दा अगि यस्तै विषयमा गरिएका अनुसन्धानले के भन्छन, तपाइंले प्रयोग गर्नुभएको सिद्धान्तले के भन्छ, भन्ने कुरा जोड्दै आफ्नो भनाई अगि सार्नुपर्दछ/ तपाइंले सोचे भन्दा ठ्याक्कै उल्टो परिणाम पनि आउन सक्छ / यस्तो अवस्थामा त्यसका सम्भावित कारणहरु अनुसन्धाताको अवलोकन वा अनुभवकै आधार प्रष्ट पारेर तार्किक रूपमा प्रस्तुत गर्नुपर्छ/ यसरी विश्लेषण गरिसकेपछि बल्ल त्यसबाट Findings निकालिन्छ/ प्रत्येक finding संग त्यसको छलफल (discussion) आवश्यक हुन्छ/ त्यो finding कसरी आयो, त्यसका पछाडि के पृष्ठभूमि छन्, literature ले के भन्छ, सूचना वा तथ्यांकले के भन्यो, किन त्यस्तो भयो भन्ने व्याख्यात्मक टिप्पणी नै छलफल हो/ आफ्नो तर्क प्रस्तुत गर्दै त्यसलाई सूचना वा तथ्यांकको आधार र literature को आधारमा बलियो बनाउंदै लानुहोस/ ग. Conclusion: बिभिन्न जर्नलमा बिभिन्न किसिमले conclusion लेख्ने गरेको पाइन्छ/ खासगरी यो खण्डमा तपाइंले आफ्नो लेखको gist प्रस्तुत गर्ने र सवै किसिमका findings का आधारमा पहिला तपाइंले लेख्नुभएको thesis statement कत्तिको मेल खाए वा तपाइंको findings ले तपाइंको thesis statement लाई कत्तिको साथ दिए भन्ने कुरा उल्लेख गर्नु जरुरी हुन्छ/ घ. अझ यौटा अंग बाँकी छ/ त्यो भनेको Introduction भन्दा पनि अगाडि लेखिने खण्ड हो/ तर यी सवै काम पुरा नभएसम्म त्यो खण्ड अर्थात् abstract लेख्न सकिन्न / सकेसम्म छोटो तर तपाइंको अनुसन्धानका बारेमा पाठकले बुझ्न सक्ने यो खण्डमा तपाइंको लेखको उद्देश्य, सूचना संकलनका विधि, findings जस्ता कुराहरु छोटकरीमा लेख्नुहोस्/ यो १०० शब्द भन्दा बढी नगर्नुहोस र अन्तमा तपाइंले आफ्नो अनुसन्धानमा प्रयोग गर्नु भएका key words मध्ये ५ वटा key words त्यसको मुनि लेख्नुहोस्/ ङ. यति गरिसकेपछि तपाइंले प्रयोग गर्नुभएका literature को reference तयार पार्नुहोस/ यसरी तयार पार्दा बिभिन्न किसिमका referencing उपयोगमा आउने भएता पनि social science research मा APA style बढी प्रयोगमा आउँछ/ APA download गर्न सक्नुहुन्छ/ कति लामो लेख्ने?खासगरी एउटा स्तरीय अनुसन्धानात्मक लेख ५००० शब्दको मानिन्छ/ धेरैजसो जर्नल हाउसले लेखकलाई निर्देशन दिंदा ५००० शब्द भनेर भन्ने चलन छ/ यो भनेको तपाइंको total document हो coverpage देखि reference list सम्म/ सुझाव दिनुपर्दा यसरी गर्न सके राम्रो १. abstract १०० शब्द २. Introduction २०० शब्द ३. Methods १०० शब्द ४. Body ३५०० शब्द ५. Conclusion २०० शब्द ६. Title page र references ९०० शब्द ७. जम्मा ५००० शब्द लेखमा के के कुरा कसरी लेख्ने ? (Technical Part) यस भन्दा अगिका पाठहरुमा तपाइंको लेखनका ३ भाग प्रमुख हुन्छन भनियो/ त्यसका अतिरिक्त Introduction शुरु गर्नु अगि नै १०० शब्द सम्मको यौटा abstract लेख्नु जरूरी छ भन्ने कुरा पनि गरियो/ त्यस्तै लेखका ३ भाग मध्ये पहिलो भाग Introduction दोश्रो भाग Body (Results and Discussion) र तेश्रो भाग Conclusion हुनुपर्छ पनि भनियो/ मोटामोटी रूपमा यी तीन भागमा के के लेख्नु पर्छ त्यो पनि भनियो/ यो पाठमा यीनै कुराहरु Technical रूपमा विस्तृतमा दिने प्रयास गरिएको छ/१. Abstract: यसमा तपाइंको मुख्य अनुसन्धानात्मक प्रश्न र मुख्य findings मात्रै लेखे पुग्छ/ थेसिसमा जस्तो लामो लेखिराख्नु जरूरी छैन/ Methods कै कुरा पनि नराखे हुन्छ तर तपाईंले लेख लेख्नु अगि कुनै नयाँ विधिको अवलम्बन गर्नु भएको छ भने एउटा वाक्यमा छोटकरीमा लेख्न सकिन्छ/ यो खण्ड १०० शब्दको भए पुग्छ/ धेरै बढी भयो भने जर्नल आर्टिकल भन्न सुहाउँदैन/ अनि abstract को अन्तमा तपाइंले आफ्नो अनुसन्धानमा प्रयोग गर्नु भएका शब्द मध्ये key words भनेर ५ वटा शब्द लेख्नुहोला/ कसै कसैले ७ वटा पनि लेख्ने गरेको भेटिन्छ तर ५ वटा भए पुग्छ/२. Introduction: तपाइंको अनुसन्धानको मूल ध्येय लेखेर यो खण्ड शुरु गर्नुहोस्/ त्यसपछि तपाइंको अनुसन्धानले खास गरी कस्तो प्रश्नको उत्तर खोजेको छ त्यो लेख्नुहोस्/ अनि तपाइंको लेखको शीर्षकलाई व्याख्या गर्नुहोस्/ त्यहाँ उल्लेख भएका प्रमुख प्राविधिक शब्द पाठकले बुझ्ने भाषामा बताउन सक्नु पर्छ र त्यसका बारेमा एक दुइ लाइन थप लेख्नु पर्ने हुन्छ/ यसले पाठकलाई तपाइंको अनुसन्धानको बारेमा के रहेछ भनेर शुरुमै अभिमुखीकरण गर्दछ/ त्यसपछि यो अनुसन्धान किन गर्नु परेको हो भन्ने पुष्ट्याई गर्नुहोस् अर्थात् rationale छोटकरीमा लेख्नुहोस्/ तपाइंको अनुसन्धानले यौटा लेखमा सवै कुरा समेट्न सम्भव हुन्न किनभने यो प्राज्ञिक अनुसन्धान हो/ यौटा लेखले कुनै विषयको कुनै यौटा विशेष मुद्दाको मात्रै सम्बोधन गर्न सक्छ/ यो कुरा तपाइंको अनुसन्धानात्मक प्रश्नले पनि बताउंछ/ तर पनि पाठकले बुझ्ने भाषामा आफ्नो अनुसन्धानको घेरा प्रष्ट पार्नुहोस् / याद गर्नुहोस् यो खण्ड २०० शब्द्कै हाराहारीमा सिमित होस्/३. Results and discussion: अनुसन्धानात्मक लेखको मुटु भनेको यही भाग हो/ आफ्नो अनुसन्धानात्मक प्रश्नको उत्तर खोजीको क्रममा तपाईं तीन प्रकारले लेख लेख्न सक्नुहुन्छ (क). मौलिक लेख अर्थात आफैं field मा गएर सूचना संकलन गरेर त्यसको आधारमा विश्लेषण गरेर लेखिने लेख (ख). Literarure review को आधारमा अर्थात secondary data वा information प्रयोग गरेर लेखिने लेख र (ग). दुवैथरी मिलाएर लेखिने लेख / खासगरी Social Science जर्नलहरूमा भेटिने लेख माथि उल्लेख भएको (ख) प्रकारकै हुने गरेको छ/ त्यसैले तपाईं पनि literature कै आधारमा जर्नलमा प्रकाशनयोग्य लेख लेख्न सक्नुहुन्छ/ Results and discussionमा के के लेख्ने? यो खण्डको शुरुवात पुन: एकपटक पाठकलाई आफ्नो अनुसन्धानात्मक प्रश्नको जानकारी गराएर लेख्नुपर्छ/ त्यसपछि तपाइंले संकलन गर्नुभएका सूचना वा तथ्यांकलाई आफ्नो अनुसन्धानात्मक प्रश्नकै सेरोफेरोमा सान्दर्भिक हुने गरी संगठित रूपमा प्रस्तुत गर्नुहोस्/ यौटा सूचना वा तथ्यांक प्रस्तुत गरिसकेपछि त्यसको विशलेष गर्नुहोस्/ त्यो सूचनाले तपाइंको मुद्दाको बारेमा के बोल्छ, त्यो तथ्यांकले तपाइंको अनुसन्धानात्मक प्रश्नको वारेमा कति सम्म सम्बोधन गर्छ, भनेर व्याख्या वा टिप्पणी गर्नु भनेको तपाइंको विश्लेषण हो/ यसरी व्याख्या गरिसकेपछि त्यसलाई तपाइंको आफ्नो सत्य सम्बन्धी धारणा (ontology), ज्ञान सम्बन्धी तपाइंको धारणा (Epistemology), तपाइंको लेखमा प्रभाव पार्ने सामाजिक मूल्य र मान्यता (Axiology) र त्यसमा तपाइंको तर्क (Logic) ले सिंगार्नुहोस/ यसले तपाइको लेख दार्शनिक हिसावले उत्कृष्ट ठहर्दछ र जर्नलमा स्वीकारयोग्य बनाउँछ/ यसो गर्दा तपाईं बिभिन्न literature को सहयोग लिन सक्नु हुन्छ/ त्यसपछि तपाइंको काम भनेको त्यो तथ्यांक वा सूचनाले के भन्यो, किन त्यस्तो भन्यो, तपाइंले सोचे अनुसारको परिणाम आयो कि फरक आयो, के कारणले तपाइंको सोच संग मिल्यो वा के हुनाले फरक हुन पुग्यो जस्ता प्रतिक्रिया लेख्नुहोस् / यसरी प्रतिक्रिया लेख्दा फेरि तपाईंले literature कै सहायता लिनु पर्ने हुन्छ किनभने यो अनुसन्धानात्मक लेख हो/ अनि त्यसपछि यस्तै अनुसन्धान गर्ने पूर्व विद्वानहरुको धारणा, उनीहरुको अनुसन्धानको सारांस जोड्दै आफ्नो अनुसन्धानात्मक प्रश्नका बारेमा प्राप्त सूचनालाई अझ बलियो बनाउनुहोस्/ अरु विद्वानको भनाई उद्धृत गर्दै आफ्ना सूचनाहरुको आधारमा व्याख्या गर्ने भनेको नै discussion हो/ यसपछि तपाइंको यो व्याख्याले के कुराको उदघोश गर्यो अथवा तपाइंको अनुसन्धानले कस्तो ज्ञानको थप निर्माण गर्यो भन्ने कुरा झल्काउनुहोस् र आफ्नो findings लाई टल्काउनुहोस/ प्रत्येक सूचना वा तथ्यांकलाई यसै गरी प्रस्तुत गर्नुहोस्/ सम्झनुहोस यो खण्ड सवैभन्दा गहकिलो हुनुपर्दछ र करिव ३५०० शब्दभित्र लेखिसक्नु पर्दछ/४. Conclusion: नामैले थाहा हुन्छ यो खण्डमा के लेख्ने भनेर / तर पनि जर्नलमा लेखिने लेखको conclusion मा केही कुरा विचार गर्नु पर्ने हुन्छ/ पहिला फेरि पाठकलाई कुन उद्देश्यले यो अनुसन्धान गरिएको थियो भन्ने सम्झाउनुहोस/ सामान्यतया तपाइंले लेख लेख्दा प्रयोग गर्नुभएका विधि छोटकरीमा लेख्नुहोस्/ अनि लेखबाट प्राप्त findings के रहेछ त्यो पनि छोटकरीमा बताइदिनुहोस/ यति गर्दा तपाईं conclusion भन्दा पनि summary लेखिरहेको हुनुहुन्छ/ र जर्नल आर्टिकलको यो खण्डमा त्यो जरूरी पनि छ/ त्यसपछि conclusion को तरखर गर्नुहोस् अर्को paragraph मा/ अनुसन्धानात्मक मूल प्रश्नले इंगित गर्न खोजेका मुद्दा के थिए र प्रत्येक मुद्दालाई तपाइंको अनुसन्धानले कसरी सम्बोधन गर्यो भन्ने कुरा छोटकरीमा लेख्दै जानुहोस/ सम्झनुहोस यो खण्ड २०० शब्द भन्दा बढी नहोस्/ ५. References: तपाइंले प्रयोग गर्नुभएका सवै literature को reference को सूची बनाउनुहोस् र APA style अनुसार लेख्नुहोस् / APA को अन्तिम version निशुल्क download गर्न सकिन्छ/ यति गरेपछि तपाइंको लेखको प्रथम ड्राफ्ट तयार भयो/ त्यो ड्राफ्टलाई आफ्ना सहपाठी वा विज्ञ गुरुहरु माझ लानुहोस र छलफल गर्नुहोस्/ राम्रो त आफ्नै सहपाठीहरू र विषय क्षेत्र सम्बन्धित बिज्ञ गुरुहरु राखेर प्रस्तुती दिनुहोस्/ यस्ता प्राज्ञिक वहसवाट नै आफ्नो लेख सुधार गर्ने सुनौलो अवसर प्राप्त हुन्छ/ प्राप्त सुझावलाई समेटेर लेखको दोश्रो ड्राफ्ट तयार पार्नुहोस् / १. Empirical paperमा के के समेट्ने Empirical paper भन्नाले तपाईंले नै सूचना संकलन गरेर लेखिने लेख मान्नु पर्दछ/ अर्थात् प्राथमिक तथ्यांक वा सूचना अनुसन्धाता आफैले व्यवस्था गरी लेखिने लेख empirical paper हो/ यस्तो paperमा लेखिने body अर्थात् results and discussion मा अनुसन्धाताले उपयोग गरेका सन्दर्भ सामग्रीको विस्तृत ब्याख्या आवश्यक पर्दछ/ स्रोतको पहिचान र त्यसको उपयोग कुन ढंगबाट गरिएको हो त्यसको विवरण यस्तो paper ले माग गर्दछ / साथै यस्ता empirical paper ले तपाइंले उपयोग गर्नु भएका अनुसन्धान विधिको पनि खोजी गर्दछन/ तपाइंको अनुसन्धानको प्रश्न के थिए र ती उत्तर प्राप्त गर्न तपाईंले के कस्ता तरिका अपनाउनु भयो भन्ने कुरा लेख्नु पर्ने हुन्छ/ त्यसपछि अरु लेखमा झैं यसमा पनि तपाइंको अनुसन्धानले इंगित गरेका findings लेख्नुपर्दछ/ यस्ता empirical paperमा तपाइँको व्याख्या यति स्पष्ट हुनुपर्दछ कि अरू अनुसन्धाताले त्यस्तै विधि प्रयोग गरी उस्तै प्रकारका अनुसन्धान गर्न सकून/ तपाइले अधुरो छोड्नु भएका अनुसन्धानको पक्ष पुरा गर्न वा तपाइंले जस्तै त्यही अनुसन्धान अर्को क्षेत्रमा गर्न अनुसन्धाताले यस्तो paper बाट मनग्गे सहयोग पाउने किसिमले लेख्नु पर्दछ/२. Case study paperमा के के समेट्ने यदि तपाइँ case study paper लेख्दै हुनुहुन्छ भने केहि कुरा नछुटाई लेख्नु पर्ने हुन्छ/ खासगरी यस्ता paperले case विश्लेषण गर्दा उपयोग गरिने विधि विस्तृत रूपमा उल्लेख गरेका हुन्छन/ यस्तो अनुसन्धानात्मक paperमा खासगरी case को अनुभवको आधारमा तथ्यांक वा सूचनाको बिस्तृतिकरण गरिएको हुन्छ/ साथै तपाइंले प्रयोग गर्नु भएको theory र tools पनि यसमा व्याख्या गर्नु पर्दछ/ तपाईंका theory र tools यति स्पष्ट हुनुपर्दछ कि उस्तै अनुसन्धान गर्ने अरु समकक्षीको लागि पनि सान्दर्भिक हुन सकोस्/ याद राख्नुहोस case study ले सूचनाको थुप्रै स्रोत माग गर्दछ/ यौटा विशेष तथ्यांक वा सूचनाको आधारमा मात्रै caseको पुष्ट्याई गर्न सकिन्न/३. Methodology paperमा के के समेट्ने कुनै अनुसन्धान विधिकै बारेमा पनि paper लेख्न सकिन्छ/ त्यस्ता paperलाई methodology paper भनिन्छ/ यस्तो paper तयार गर्दा त्यसको audience अर्थात् पाठक स्पष्ट गरिनुपर्दछ/ अरू paper को तुलनामा यस्ता paper ले सिद्धान्त र विधिमा आफ्नो समय खर्चेका हुन्छन/ त्यसैले पाठकलाई अलमल नहोस् भन्नका लागि यस्तो paper लेख्ने अनुसन्धाताले आफुले उपयोग गरेको नवीनतम विधि, सिद्धान्त र त्यसको प्रायोगिग पृष्ठभूमि समेत स्पष्ट रूपमा लेख्नुपर्दछ/ त्यस्ता methodology को ऐतिहासिक पृष्ठभूमि, प्रचलन, परिस्थिति, र अनुसन्धानात्मक प्रश्नका विच तादात्म्यता पुष्टि गर्ने हिसावले methodology paper लेख्ने गरिन्छ/४. Theory paperमा के के समेट्ने खासगरी theory paper ले आफूले उपयोग गरेका सिद्धान्त (principles), अवधारणा (concepts) वा मोडेल को ब्याख्या गरेका हुन्छन / यसैलाई आधार बनाएर गरिने field work को यस्ता paper मा विस्तृत व्याख्या आवश्यक पर्दछ/ यस्तो अनुसन्धान गर्ने अनुसन्धाताले सम्बन्धित theoryको प्रारूप भित्र रहेर आफ्नो position स्पष्ट रूपमा राख्नुपर्दछ/ साथै आफूले प्रयोग गरेका प्राथमिक सूचना (तथ्यांक), अनुभव र सैद्धान्तिक र दार्शनिक प्रारूप समेत व्याख्या गर्नुपर्दछ/ यस्ता theory paperका अनुसन्धाताले आफ्नो मौलिकतामाथि कसैले शंका नगरोस् भनी सतर्क रहनु पर्दछ/ साथै आफूले अध्ययन गरेका सिद्धान्तको अनुसन्धानका सम्बन्धमा व्यावहारिक सान्दर्भिकता समेत व्याख्या गरिएको हुनुपर्दछ ।