कक्षा ११ (सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा) पाठ -३ सामाजिक अध्ययनका सीप र जिवनोपयोगी सीपको अवधारणा (एकाइ- १ )

पाठ -३ 

सामाजिक अध्ययनका सीप र जिवनोपयोगी सीपको अवधारणा 

.    सामाजिक अध्ययनका  सीपहरु भन्नाले के बुझ्नुहुन्छ ?  यस अध्ययनमा प्रयोगहुने सिपहरु उल्लेख गर्नुहोस्।

सामाजिक अध्ययनका  सीपहरु:

शिक्षाको मुख्य उद्देश्य विद्यार्थीहरुलाई नयाँ ज्ञान प्रदान गर्नु हो र ति  सिकेका कुरा अनुसार उनीहरूको बानीमा परिवर्तन गराई असल कार्य गर्न सक्षम बनाउनु हो यसरी सिकेको ज्ञानको व्यवहारिक प्रयोगलाई नै सिप भनिन्छ।तसर्थ अनुभव र सिकाइबाट प्राप्त गरेको ज्ञान  अथवा तालिम वा अभ्यासमार्फत प्राप्त गर्न सकिने ज्ञान नै सिप हो।

सामाजिक अध्ययन सिप हरुलाई मुख्यगरी चार भागमा विभाजन गर्न सकिन्छ।

  1. अध्ययन सिप  विद्यार्थीहरुले विभिन्न पुस्तक,, पत्रपत्रिका अनलाइन सामग्री पढ्ने, गृहकार्य गर्ने, नोट बनाउने, चित्र बनाउने, समस्याको पहिचान गर्ने, उद्देश्य निर्धारण गर्ने, खोज अनुसन्धान गर्ने जस्ता सिपहरु अध्ययन सिप भित्र पर्दछन्। यसअन्तर्गत विशेषगरी  धारणात्मक  सिप, सन्दर्भ सिप, अन्वेषणात्मक  सिप आदि पर्ने गर्दछन् ।
  2.  बौद्धिक सिप: आफ्नो बुद्धि विवेक अरबी भाषाको प्रयोग गरी समानता र भिन्नता छुट्याउने, प्रमाणको आधारमा निष्कर्ष निकाल्ने,  मूल्यांकन गर्ने, गुण दोष पत्ता लगाउने,  वर्गीकरण गर्ने, समस्याहरूको समाधान गर्ने र साथै तथ्यहरु जोड्ने जस्ता सीपहरु बौद्धिक सिप पर्दछन्। 
  3.  सामाजिक सिप:  समाजमा   समायोजन भएर कसरी अघि बढ्ने, समाजका अन्य व्यक्तिहरू सँग सम्बन्ध कसरी स्थापना गर्ने,   सामुहिक हितका लागि के कस्ता कार्यहरु गर्ने जस्ता सीपहरु सामाजिक सीप भनिन्छ। यस अन्तर्गत  सामूहिक कार्यहरु, छलफल र नेतृत्व नेतृत्व सम्बन्धी सीपहरु पर्दछन।
  4. सञ्चार सीप:  समाजमा बस्ने सदस्यहरु बीचहुने  अन्तरक्रिया, ज्ञान, अनुभव, विचार  आदिकोआदानप्रदान गर्नुलाई सञ्चार सीप भनिन्छ।

छोटकरीमा भन्नुपर्दा सामाजिक अध्यन सिपहरु अन्तर्गत माथि उल्लेखित भएका साथसाथै अन्य सीपहरु जस्तै सिर्जनात्मक सीप, सम्पादकीय सीप, नेतृत्व सीप, तथ्यांक संग सम्बन्धित सीप, प्रदर्शन र प्रवचनसीपहरुलाई प्रमुख सीप अन्तर्गत लिन सकिन्छ l

२.  जीवनोपयोगी सीपको अर्थ   लेखी  यस अन्तरगत पर्ने विभिन्न सीपहरु उल्लेख गर्नुहोस्।

जीवनोपयोगी सीपको अर्थ: 

साधारण अर्थमा जीवनोपयोगी सीपले कुनै पनि कामलाई राम्रो तरिकाले गर्न सक्ने क्षमतालाई जनाउँछl तसर्थ कुनै पनि ब्यक्तिले सफल जीवन बिताउन को लागि अपनाइएका क्षमताहरु जसले मानिसको व्यवहारमा परिवर्तन गर्ने गर्दछ त्यसलाई नै जीवन उपयोगी सीप भनिन्छl 

अर्को शब्दमा भन्नुपर्दा मानिसको जीवनका लागि  उपयोगी हुने  सीप नै जीवन उपयोगी सीप होl  यसरी भन्नुपर्दा  व्यक्तिगत जीवनमा आइपर्ने समस्या तथा अड्चनको समाधान गर्न आवश्यक पर्ने सीपलाई नै जीवन उपयोगी सीप भनिन्छl  यस्ता सीपले व्यक्तिलाई आफ्नो काममा सफलता हासिल गर्न सहयोग गर्दछन्l   यसका साथसाथै व्यक्तिमा क्षमताको विकास गरी सक्षम नागरिक बनाउन,  समाज, राष्ट्र र विश्व समुदायकोभलाइको लागि कार्य गर्न प्रेरित गर्दछन्l  जीवन उपयोगी सीप अन्तर्गत निम्न अनुसारका सीपहरु पर्दछनl 

  • समस्या समाधान सिप– जीवन यापन गर्ने क्रममा आएका  बाधा अड्चनलाई परिस्थिति अनुकूल उत्तम विकल्पको छनौट गरी समस्याको समाधान गर्ने सीप 
  • सञ्चार तथा सूचना प्रविधि सिप  – सूचना प्रविधिको प्रभावकारी उपयोग गर्ने सीप 
  • सहकार्य सिप (सहभागगिता र छलफल) – समुहमा सहकार्य गरेर कामलाई प्रभावकारी तरिकाले गर्ने सीप
  • समालोचनात्मक सोचाइ सिप –    समस्या वा अड्चन लाई  गुण र दोषको आधारमा विश्लेषण गर्ने सीप
  • अध्ययन सिप–  धारणात्मक, सान्दर्भिक, र अन्वेषणात्मक सीप
  • सिर्जनात्मकता -विषयवस्तु वा समस्यालाई  सरल र सहज तरिकाले प्रस्तुत गरिने  सीप
  • अन्तरवैयक्तिक सिप– आफ्नो विचार तथा भाबनालाई अरु समक्ष प्रभावकारी तरिकाले राख्ने सीप 
  • तनाव व्यवस्थापन– पारिवारिक र मानसिक तनावलाई  सन्तुलनमा कायम गरी राख्ने सीप
  • संवेग व्यवस्थापन – रिस आबेग पीडा जस्ता संवेग  व्यवस्थापन गर्ने सीप 
  • निर्णय निर्माण सिप – भविष्यको बारेमा उचित विकल्प निर्णय लिन सक्नुको साथै सही क्षेत्र छनौट गर्ने सीप
  • नेतृत्व सिप –  काम गर्न सक्ने वा समूहलाई अगाडि बढाउन सक्ने क्षमताको विकास गर्ने सीप

सन्दर्भमा भन्नुपर्दा, मानव व्यवहारमा प्रयोग हुने सीपहरुलाई जीवनोपयोगी सीप भनिन्छ l मानिसले केही सीपहरु शिक्षाको माध्यमबाट, र  केही सिपहरु जीवन जिउने क्रममा सिक्ने गर्दछl  यसरी भन्नुपर्दा जीवनोपयोगी शिक्षाले व्यक्तिको क्षमता विकास गरी सक्षम नागरिक बनाउने तथा समाज, राष्ट्र र विश्व समुदायको भलाइको लागि योगदान दिन प्रेरित गर्ने कार्य गर्दछl

३. WHO  ले जिवनोपयोगी सीपलाई कति भागमा वर्गिकरण गरेको छ? लेख्नुहोस्।

WHO ले जीवनोपयोगी सीपहरुलाई 10  वटा सीप अन्तर्गत राखेको छl ती यसप्रकार छन् l

  1. जागरूकता 
  2. सहनुभुति 
  3. समालोचनात्मक 
  4. स्रीजनात्मक 
  5. तनाब ब्यवस्थापन 
  6. प्रभावकारी
  7. सम्बेग ब्यवस्थापन 
  8. निर्णय निर्माण 
  9. समस्या समाधान 
  10. अन्तर ब्यतिगत     

४ . “जीवन निर्वाहको लागि चाहिने सीप नै जीवनोपयोगी  सीप हुन्”  पुष्टि गर्नुहोस्l

कुनै पनि ब्यक्तिले सफल जीवन बिताउन को लागि अपनाइएका क्षमताहरु जसले मानिसको व्यवहारमा परिवर्तन गर्ने गर्दछ त्यसलाई नै जीवन उपयोगी सीप भनिन्छl   साधारण अर्थमा, मानिसको जीवनका लागि  उपयोगी हुने  सीप नै जीवन उपयोगी सीप हो l  यसरी भन्नुपर्दा, मानिसलाई जीवन निर्वाह गर्दा आवश्यक पर्ने सीपहरु नै जीवनोपयोगी सीप हुन्l 

मानिसले आफ्नो दैनिक जीवनमा अथवा व्यवहारमा प्रयोग गर्ने केही सीपहरु श्रममा आधारित हुन्छन्l  केही सीपहरु भने बाहिर देखिँदैनन् तर ब्यक्तित्व बिकासका जीवनयापनमा प्रभाव पार्ने खालका हुन्छन्l  यस्ता सीपले व्यक्तिलाई समाजमा समायोजन हुन मा सहयोग गर्छन् l  यिनै  सिपको कारणले गर्दा मानिस आफ्नो काममा सफलता हासिल गर्न सक्षम हुन्छl यसका साथसाथै व्यक्तिमा क्षमताको विकास गरी सक्षम नागरिक बनाउन,  समाज, राष्ट्र र विश्व समुदायकोभलाइको लागि कार्य गर्न प्रेरित गर्दछन्l   

व्यक्तिगत जीवनमा आइपर्ने समस्या तथा अड्चनको समाधान गर्न,  सूचना प्रविधि  बारे ज्ञान हासिल गर्न, सहकार्य गर्न, समाजका अरु मानिसहरुसँग  सहभागी भई छलफल गर्न,   तनाव व्यवस्थापन गर्न, नेतृत्व गर्न,  निर्णय लिन,  समालोचनात्मक सोचाइसीपको विकास  गर्नुको साथसाथै जीवन निर्वाह गर्दा आवश्यक पर्ने सिपहरु जीवन उपयोगी सीप अन्तर्गत पर्दछन्l  यस अर्थमा जीवन निर्वाहको लागि चाहिने सीप नै जीवनोपयोगी  सीप हुन् भन्ने प्रष्ट हुन्छ l    

Leave a Reply