कक्षा १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा  एकाइ- २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिपहरू, पाठ : ७ तथ्याङ्क तथा सूचनाको विश्लेषण र प्रस्तुतीकरण Analysis and Presentation of Data and Information

पाठ : ७ तथ्याङ्क तथा सूचनाको विश्लेषण र प्रस्तुतीकरण

Analysis and Presentation of Data and Information

केहि महत्वपूर्ण बुँदाहरु:

Ø  संकलित तथ्याङ्कलाई सफाइ तथा व्यवस्थित गरी त्रुटीहरुलाई सच्याइ अर्को चरणका लागि तयार पारिने विधिलाई नै तथ्याङ्क तयारी भनिन्छ।

Ø  गुणात्मक तथ्याङ्क प्रशोधन गर्ने कम्प्युटर सफ्टवेयरको नाम : Microsoft Excel and Google Sheets

Ø  जानकारीलाईशब्द, वाक्य तथा अनुच्छेदमा गरिने प्रस्तुतीकरणलाई शाब्दिक प्रस्तुतीकरण भनिन्छ।

Ø  तथ्याङ्क सङ्कलनदेखि विश्लेषणसम्मका सबै कागजहरू तथा कम्प्युटरमा भएका डकुमेन्टहरू पछीतिर अनुसन्धानबारे कुनै प्रश्न उठेमा त्यसलाई पुष्टि गर्नका लागी ती डकुमेन्टहरू आवश्यक पर्ने भएकोले सुरक्षित राख्नुलाई भण्डारण भन्ने गरिन्छ।

Ø  तथ्याङ्क प्रशोधनबाट आएका नतिजाहरूको विश्लेषणगरी त्यसको अर्थ निकाल्ने कार्यलाई तथ्याङ्क विश्लेषण भनिन्छ। यही अर्थका आधारमा अनुसन्धान समस्या वा प्रश्नहरूको जवाफ निकाल्ने कार्य गरिन्छ।

Ø  विभिन्न लक्षित समूह जस्तै: नीति निर्माता, अन्य अनुसन्धानकर्ता, सरोकारवाला, उपभोक्तालगायतलाई जानकारी गराउनका लागि विभिन्न माध्यमहरूबाट नतिजाको प्रसारण गर्ने कार्यलाई नतिजा प्रबोधीकरण भनिन्छ ।

तथ्याङ्क विश्लेषण चरण सबैभन्दा महत्वपूर्ण चरण

तथ्याङ्क विश्लेषण चरणलाई निम्न कारणले गर्दा सबैभन्दा महत्वपूर्ण चरण भन्ने गरिछ:

–    यस चरणमा तथ्याङ्क प्रशोधनबाट आएका नतिजाहरूको विश्लेषणगरी त्यसको अर्थ निकाल्ने कार्य गरिन्छ।

–    त्यही अर्थका आधारमा अनुसन्धान समस्या वा प्रश्नहरूको जवाफ निकाल्ने कार्य हुन्छ।

–    वास्तवमा तथ्याङ्कको नतिजा आफैँले मात्र केही अर्थ दिन सक्दैन। तथ्यङ्कको अर्थ र अनुसन्धान प्रश्नहरूसँग तिनीहरूको सम्बन्ध महत्वपुर्ण हुन्छ।

–    अनुसन्धानको निष्कर्ष  यिनीहरुको सम्बन्धबाट निकालिने भएकाले अनुसन्धानकर्ताले अत्यन्त चनाखो भएर यी तथ्यहरुको  विश्लेषण गर्नुपर्छ।

–    प्राप्त निष्कर्षका आधारमा योजना निर्माणलगायतका कार्यहरू सम्म्पन्न हुने गरेका हुन्छन ।

तथ्याङ्क सङ्कलनपछि गर्नुपर्ने कार्यहरू

खोज वा अनुसन्धान एउटा व्यवस्थित प्रक्रिया हो। यस अन्तर्गत विभिन्न किसिमका कार्यहरु क्रमबद्ध रुपमा गर्न आवश्यक हुन्छ। अनुसन्धान वा खोजका क्रममा सूचना वा तथ्याङ्क सङ्कलन गरेर मात्रै पुग्दैन। तथ्याङ्क सङ्कलनपछि पनि विभिन्न कार्यहरु गर्न जरुरी हुन्छ।

–   सङ्कलन गरिएका सूचना तथा तथ्याङ्क सबै अनुसन्धानको क्रममा काम लाग्दैनन्। प्राप्त गरिएका सूचना वा तथ्याङ्कलाई सर्वप्रथम तयारी गरिन्छ।

–   त्यसपछि प्रशोधन गरिन्छ।

–   प्रशोधनगरी सकेपछि विश्लेषणगरी अनुसन्धान प्रश्नहरुको जवाफ निकालिन्छ। तथ्याङ्क विश्लेषण चरण सबैभन्दा महत्त्वपूर्ण चरणको रुपमा लिने गरिन्छ।

–   तथ्याङ्क प्रशोधनबाट आएका नतिजाहरुको विश्लेषणगरी तिनीहरुको अर्थ निकाल्ने कार्य गरिन्छ र त्यही अर्थका आधारमा अनुसन्धान समस्या वा प्रश्नहरुको जवाफ निकाल्ने कार्यहरु गरिन्छ। 

–   यी सबैकार्य सकिएपछि तथ्याङ्कको भण्डारण गरिन्छ।

–   अन्त्यमा लक्षित समूहलाई तथ्याङ्कबारे जानकारी दिनका लागि विभिन्न माध्यमबाट प्रस्तुतीकरण गरिन्छ।

यसरी भन्नु पर्दा, तथ्याङ्क सङ्कलनले कामलाई अगाडि मात्रै बढाउने कार्य गर्छ। यसपछी पनि अन्य धेरै कार्यगर्न बाँकी नै हुन्छ भन्ने कुरा सिद्ध हुन्छ ।

शाब्दिक प्रस्तुतीकरणलाई प्रभावकारी बनाउने उपायहरू

जानकारीलाई शब्द, वाक्य तथा अनुच्छेदमा गरिने प्रस्तुतीकरणलाई शाब्दिक प्रस्तुतीकरण भनिन्छ। यस प्रस्तुतीकरणलाई प्रभावकरी बनाउने उपायहरु निम्नलिखित छन्:

–    लेखकको आफ्ना भावना तथा पक्षधरता देखाउने शब्द वा भाषा प्रयोग नगर्ने।

–    लक्षित पाठकको दक्षता, आवश्यकता र चासोलाई ध्यानमा राखेर उनीहरूले सजिलोसँग बुझ्नसक्ने भाषास्तर प्रयोग गर्ने।

–    तथ्याङ्क तथा सङ्ख्या र प्रतिशतहरू प्रस्तुतगर्दा गल्ती हुनसक्ने भएकाले तिनीहरूलाई पुनरवलोकनगरी गल्ती भए सच्याएर प्रस्तुत गर्ने।

–    धेरै लामो व्याख्या वा वर्णनले पाठकलाई मुख्य कुरा बुझ्न कठिन हुने भएकाले सकभर सटिक व्याख्या गर्ने।

–    वाक्य वा वाक्यांशलाई सकभर छोटो पार्ने।

–    एउटै बुँदालाई पटक पटक दोहो¥याउँदा पाठकलाई दिक्क लाग्दो हुने भएकाले यसो नगर्ने।

–    विशिष्ट मात्रा नबुझाउने शब्दहरू जस्तै: धेरै, अधिकांश, थोरै, कम, सधैँभरि आदिको सट्टामा सङ्ख्या वा प्रतिशत प्रयोग गर्ने।

–    आलङ्कारिक भाषा तथा दोहोरो अर्थ लाग्ने वाक्य वा वाक्यांश प्रयोग गर्दा पाठकहरू द्विविधामा पर्न सक्ने भएकाले सरल र सिधा अर्थ आउने वाक्य वा वाक्यांश प्रयोग गर्ने।

चित्रात्मक प्रस्तुति

जानकारीलाई चित्र, चार्ट, ग्राफ आदि दृश्य माध्यममा गरिने

प्रस्तुतीकरणलाई चित्रात्मक प्रस्तुतीकरण भनिन्छ।

चित्रात्मक प्रस्तुतीकरणका प्रकारहरू

चित्रात्मक प्रस्तुतीकरणका पाँच प्रकारहरु र तिनका फाइदा निम्नानुसार छन्:

१.   चार्ट: चार्टले विभिन्न प्रकारका चित्रात्मक प्रस्तुतीकरणलाई समेट्छ।

२.   ग्राफ: यसले परिमाणात्मक तथ्याङ्कलाई रेखाको लम्बाइ वा उचाइको माध्यमबाट देखाउने गर्छ।

३.   तालिका: ठुला परिणात्मक तथ्याङ्कलाई तालिका द्वारा प्रस्तुत गरिन्छ।

४.   फोटो: ठूलो क्षेत्रफल भएको चिजलाई फोटो फर्ममा निकालेर अध्ययन गर्न सजिलो हुन्छ।

५.   नक्सा: नक्सामार्फत पृथ्वीको सम्पूर्ण सतह वा एक सानो भागको अध्ययनगर्न सजिलो हुन्छ।

तथ्याङ्क प्रसोधन (Processing of Data)

तथ्याङ्क प्रसोधनगर्ने क्रममा तथ्याङ्कलाई विभिन्न प्रकारका तथ्याङ्कशास्त्रीय तथा गैरतथ्याङ्कशास्त्रीय परीक्षणका लागि तयार गरिन्छ। परिमाणात्मक तथ्याङ्कलाई मध्यक( Mean), मध्यिका (Median), रित (Mode), स्तरीय भिन्नता (Standard Deviation), सहसम्बन्ध (Co-relation), प्रतिगमन ( Regression)लगायतका विभिन्न तथ्याङ्कशास्त्रीय विश्लेषण (Statistical Analysis) गरिन्छ। यसका लागिः Microsoft Excel, SPSS जस्ता विभिन्न कम्प्युटर सफ्टवेयर पनि प्रयोग गर्न सकिन्छ।

त्यस्तै गुणात्मक तथ्याङ्कमा भने यस्ता तथ्याङ्कशास्त्रीय विश्लेषण गर्न सकिँदैन। यस्ता तथ्याङ्कबाट विभिन्न शब्द वा वाक्यांशको बारम्बारता गणना गर्न सकिन्छ। यस्ता तथ्याङ्कबाट कोड र उद्धरण निकाली तिनीहरूको अन्तरसम्बन्धको जालो बनाउने गरिन्छ। यसका लागि विभिन्न कम्प्युटर सफ्टवेयर प्रयोग गर्न वा गराउन सकिन्छ।

तालिकीकरण र  तालिकीकरणगर्दा  ध्यान दिनुपर्ने कुराहरु

तथ्याङ्कलाई उपयुक्त Column र Row मा  राखेर  तुलनात्मक अध्ययनलाई सहज बनाउने कार्य तालिकीकरण हो।

तालिकीकरणगर्दा ध्यान दिनुपर्ने कुराहरु निम्नलिखित छन्:

–   तालिकीकरण मुख्यगरी MS Excel र MS Word सफ्टवेयरमा प्रस्तुत गरिन्छ।

–   तालिका नम्बर र शिर्षक प्रष्ट रुपमा लेखिएको हुनुपर्छ।

–   तथ्याङ्कको एकाइ खुलाईएको हुनुपर्छ।

–   विषयवस्तुलाई तार्किक रुपमा खुलाएर राखिएको हुनुपर्छ।

–   तथ्याङ्कको स्रोत र वर्ष खुलाएको हुनपर्छ।

–   उप्लब्ध नभएको तथ्याङ्कलाई 0 को सट्टामा उपलब्ध नभएको भनेर लेखिनुपर्छ।

–   कस्तो खालको Tax उल्लेखित देशले लागु गरेको छ सो कुरालाई ब्राकेट भित्र राख्नु पर्छ।

अभ्यास

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:

१.      तथ्याङ्क तयारी (Data Preparing) भनेको के हो ?

२.      तथ्याङ्क परिक्षण (Data Checking) भनेको के हो ?

३.      कुनै दुई गुणात्मक तथ्याङ्क प्रशोधन गर्ने कम्प्युटर सफ्टवेयरको नाम उल्लेख गर्नुहोस्।

४.      शाब्दिक प्रस्तुतीकरण(Textual Presentation) भनेको के हो ?

५.      तथ्याङ्क भण्डारण (Data Storage) भनेको के हो ?

६.      तथ्याङ्क विश्लेषण (Data Analysis)  भनेको के हो ?

७.      नतिजा प्रबोधीकरण वा तथ्याङ्क प्रबोधिकरण (Data Dissemination) भनेको के हो ?

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्:

१.      तथ्याङ्क विश्लेषण चरणलाई किन सबैभन्दा महŒवपूर्ण चरण भनिएको हो ? कारण दिनुहोस।

२.      तथ्याङ्क सङ्कलनपछि गर्नुपर्ने कार्यहरू अझ महŒवपूर्ण हुन्छन् । यस भनाइलाई तर्कसहित पुष्टि गर्नुहोस् ।

३.      शाब्दिक प्रस्तुतीकरणलाई प्रभावकारी बनाउने कुनै पाँच उपायहरू उल्लेख गर्नुहोस् ।

४.      चित्रात्मक प्रस्तुति भनेको के हो ? चित्रात्मक प्रस्तुतीकरणका कुनै पाँच प्रकारहरू उल्लेख गरी प्रत्येकको एक एक फाइदा उल्लेख गर्नुहोस्।

५.      तथ्याङ्क प्रसोधन (Processing of Data) बारे छोट्कारीमा लेख।

६.      तालिकीकरण भनेको के हो ? तालिकीकरण गर्दा के के कुरामा ध्यान दिनु पर्छ ? लेख्नुहोस ।

Leave a Reply