पाठ : ६ सामाजिक तथ्याङ्क र सूचना सङ्कलनका विधि र साधनहरू
Social Data and Information Collection Methods and Tools
केहि महत्वपूर्ण बुँदाहरु:
Ø तथ्याङ्क सङ्कलन विधी भनेको एउटा व्यवस्थित प्रक्रिया हो जसद्वारा खोज वा अनुसन्धानका प्रश्नहरूको समाधान गर्नका लागि सान्दर्भिक विशिष्ट जानकारी प्राप्त गर्ने गरिन्छ।
Ø समाज भित्र रहेका आर्थिक, जनसाङ्खिक, व्यक्तिगत, पारिवारिक, भाषिक, धार्मिक, पेसागत, आदि कुराहरु नै सामाजिक तथ्याङ्क हुन।
Ø सामाजिक तथ्याङ्क दुइ प्रकारका हुन्छन्: परिणात्मक र गुणात्मक
परिणात्मक तथ्याङ्क: परिवारको आम्दानि, खर्च, जनसङ्ख्या, उमेर आदि।
गुणात्मक तथ्याङ्क: परिवारको आर्थिक अवस्था धनी, गरीब, विचार, धर्म, परम्परा, आदि।
Ø प्रश्नावलीलाई तथ्याङ्क संकलन गर्ने सबैभन्दा प्रचलित साधनको रुपमा लिने गरिन्छ किनकि यसअन्तर्गत तयार गरिएका प्रश्नहरू मौखिक, लिखित वा इमेलमार्फत उत्तरदातासँग सोधी उत्तर प्राप्त गर्न सकिन्छ र साथै यो साधनबाट धेरै व्यक्तिहरूबाट कम समय र स्रोतसाधन प्रयोगगरी तथ्याङ्क सङ्कलन गर्न सकिन्छ।
Ø सामाजिक तथ्याङ्क सङ्कलन गर्न प्रयोग गरिएका प्रश्नावली, अवलोकन मार्गदर्शन, अन्तर्वार्ता मार्गदर्शन आदि यन्त्रहरू÷उपकरणहरूलाई तथ्याङ्क सङ्कलनका साधनहरू भनिन्छ ।
Ø अन्तर्वार्ताकारले उत्तरदातालाई सोध्ने प्रश्नहरू वा सोसम्बन्धी टिपोटलाई नै अन्तर्वार्ता मार्गदर्शन भनिन्छ।
Ø कुनै व्यक्ति,सङ्घ्-संस्था वा निकायको प्रत्यक्ष संलङ्ग्नातामा उत्पादन गरिएको तथ्याङ्कलाई प्राथमिक तथ्याङ्क वा First Hand Information भनिन्छ।
Ø तथ्याङ्क संकलनदेखी भण्डारण सम्मका प्रक्रियालाई तथ्याङ्क व्यवस्थापन भनिन्छ ।
Ø बन्द प्रश्नावली (Closed Questionnaire) भनेको यस अन्तर्गत दिएका प्रश्नहरुको सामुन्ने अनेक संभावित उत्तर दिएको हुन्छ तिनिहरु मद्धे एउटा उत्तर छानेर आफ्नो विचार अभिव्यक्त गर्नुपर्ने हुन्छ।
Ø केहि महत्वपूर्ण र मनपर्ने सामाजिक संजाल हरु: क) फेसबुक ख) टिकटक ग)ट्विटर घ) युटुब
Ø सामाजिक सञ्जाल अन्तरक्रियात्मक कम्प्युटर-मध्यस्थता प्रविधि हो जसले आभासी समुदाय र सञ्जालहरू मार्फत जानकारी, विचार, रूचि र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा दिन्छ।
Ø वाणिज्य सफ्टवेयर (Commercial Software) त्यस्तो सफ्टवेयर वा कार्यक्रम हो जुन अन्तिम प्रयोगकर्ताहरूलाई इजाजतपत्र वा बिक्रीको लागि डिजाइन गरी विकास गरिएको हो वा जसले व्यावसायिक उद्देश्य पूरा गर्दछ।
Ø व्यावसायिक सफ्टवेयरका केही उदाहरणहरू: Windows अपरेटिङ सिस्टम, एमएस अफिस, Adobe Photoshop हुन्।
सामाजिक अध्ययन विषयमा तथ्याङ्क सङ्कलन गर्न प्रयोग गर्न सकिने साधनहरू
सामाजिक अध्ययन विषयमा तथ्याङ्क सङ्कलनगर्न प्रयोगगर्न सकिने चारओटा साधनहरू यस प्रकार छन्:
(क) प्रश्नावली: प्रश्नावली अन्तर्गत आवश्यक सूचना प्राप्तगर्ने गरी प्रश्नहरूको सूची तयार गरिन्छ जुन दोहोरो अर्थ नलाग्ने तथा उत्तरदाताको व्यक्तिगत वा सामूहिक भावनामा चोट नपर्ने गरी सरल भाषामा तयार गर्नुपर्छ।
(ख) अन्तर्वार्ता मार्गदर्शन: अन्तर्वार्ताकारले उत्तरदातालाई सोध्ने प्रश्नहरू वा सोसम्बन्धी टिपोटलाई नै अन्तर्वार्ता मार्गदर्शन भनिन्छ। यो मुख्य गरी ३ किसिम का हुन्छन्: संरचित अन्तर्वार्ता अर्धसंरचित अन्तर्वार्ता र असंरचित अन्तर्वार्ता।
(ग) अवलोकन मार्गदर्शन: अवलोकन गर्ने मुख्य कुराहरू उल्लेख गरिएको टिपोट वा फारम तयार गरेर अवलोकन मार्गदर्शन तयार गरिन्छ।
(घ) रुजुसूची: रुजुसूची अन्तर्गत आवश्यक सूचनाहरूबारे ‘हो/ होइन’ वा ‘छ/ छैन’ वा अन्य विभिन्न विकल्पहरू पहिलेनै तयार गरेर अवलोकन गरिन्छ।
अध्ययन अनुसन्धानका लागि तथ्याङ्क सङ्कलन गर्ने विधि तथा साधनहरू छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू
अध्ययन अनुसन्धानका लागि तथ्याङ्क सङ्कलन गर्ने विधि वा साधनहरु छनोट गर्दा निमलिखित कुरामा ध्यान दिनुपर्छ:
– अध्ययन अनुसन्धानको प्रकृती र प्रकार अनुसार तथ्याङ्क र साधनहरु छनोट गर्नुपर्छ।
– अनुसन्धानकर्ताले अनुसन्धानको आवश्यकता, साधनको उपलब्धता, र उद्देश्यलाई ध्यानमा राखी सोअनुसार विधि र साधनको छनोट गर्नुपर्छ।
– एउटै अध्ययन अनुसन्धानमा विभिन्न किसिमका विधि र साधनहरुको प्रयोग हुनसकने कुरा ध्यानमा राख्नुपर्छ।
– समयअनुसार अध्ययन अनुसन्धानको विधि र साधनहरु फरक हुने भन्ने कुरा पनि ध्यानमा राख्नुपर्छ।
– प्रश्नावली तयारगर्दा उत्तरदाताको व्यक्तिगत वा सामुहिक भावनामा चोट नपर्नेगरी सरल र स्पष्ट भाषामा वा दोहोरो अर्थ नलाग्ने खालको तयार गर्नुपर्छ।
भिडियो अनुप्रयोगलाई तथ्याङ्क सङ्कलनमा प्रयोग
भिडियो अनुप्रयोग हरु जस्तै-Google Form, Microsoft Teams, Google Meet, Zoom Meeting, Gmail, Cisco Webex, Gmail आदिलाई भिडियो कल मार्फत जोडेर तथ्याङ्क संकलनगर्न सकिन्छ । उदाहरणको लागी यी अनुप्रयोगको प्रयोग गरेर अनलाइन कक्षा संचालनगर्न, जुम मिटिङ्ग गर्न, औपाचारिक तथा अनौपचारिक कुरा कानी गर्न, अन्तर्वार्ता लिन, छलफल गर्न, प्रश्नावली तयारगरी गुगलफर्म मार्फत उत्तरदाताको विचारलिइ तथ्याङ्ककोरुपमा प्रयोगगर्न सकिन्छ।
खोज अनुसन्धानका क्रममा अन्तर्वार्ता लिन तथा लक्षित समूह छलफल गर्नसमेत यिनीहरूको उपयोग हुन्छ। यी अनुप्रयोगहरूमा उच्च गुणस्तरको भिडियो कुराकानी गर्न र कुराकानीलाई नियन्त्रण गर्न तथा अडियो तथा भिडियो रेकर्ड गर्न पनि सकिने भएकाले अनुसन्धानमा प्रयोग गर्न सकिन्छ।
तथ्याङ्क संकलन विधि वा साधन अन्तर्गत गुगल फर्मको मह्त्व
गुगल फर्म:
गुगल सर्वे फर्म गुगल कम्पनीले विकास गरेको इन्टरनेटको माध्यमबाट तथ्याङ्क सङ्कलन गर्ने एक साधन हो। यो सर्वेक्षणको प्रतिक्रिया सङ्कलन गर्न हामी प्रश्नहरू निर्माण गरेर अनलाइन राख्दछौं। यस्तो फर्मलाई हामी कुनै पेजमा, इमेलमा वा वेवसाइटमा राख्न सक्दछौं। हरेक प्रश्नको उत्तर वा प्रतिक्रिया अटोमेटिक स्प्रेडसीटमा सङ्कलित हुन्छ।
गुगल सर्वेको महत्व:
– गुगल सर्वे फर्म गुगलद्वारा सिर्जना गरिएको निःशुल्क सर्वे प्रणाली हो। यस अन्तर्गत गुगलद्वारा निर्मित Google Docs, Google Keep लगायतका साइटहरू छन्।
– सामाजिक सूचना अर्थात् समाजका लागि आवश्यक सूचना प्राप्त गर्नका लागि यसको प्रयोग गर्न सक्छौं।
– यसले ठूलो क्षेत्रका धेरै मानिसहरूको विचार तथा प्रतिक्रिया सङ्कलन गर्न सहयोग गर्दछ।
– यो खर्चको हिसाबले अत्यन्तै न्यून खर्चमा सञ्चालन गर्न सकिने र समयको हिसावले अत्यन्तै लचक मानिन्छ।
– उदाहरणको लागि सरकारले चाहे संविधान निर्माण होस वा जुन सुकै विषयका सन्दर्भमा आम नागरिकको धारणा बुझ्न चाहेको खण्डमा आवश्यक सङ्ख्यामा प्रश्नावली राखेर गुगल सर्वे फर्मको प्रयोग गरी सर्वेक्षण गर्न सक्दछौं।
– यस सर्वेक्षणमा देश विदेशका सबै नेपाली नागरिक पनि भागलिन सक्दछन्।
गुगल सर्वे फर्म प्रयोग गर्ने तरिकाहरु:
डेस्कटप, ल्यापटप कम्प्युटरमा कुनै पनि ब्राउजर (क्रोम, फायर बक्स, ओपेरा आदि) मा जिमेल एकाउन्ट लगइन गरेपछि स्वतः चलाउन सकिन्छ भने स्मार्ट फोन, आइप्याड जस्ता डिभाइसमा भने गूगल फर्म भन्ने अनुप्रयोग (Application) डाउनलोड र इन्स्टल गर्नुपर्छ। यो गुगल फर्ममा फर्म बनाउनको लागि धेरै सजिलो छ।
गुगल फर्म बनाउने चरणहरू:
– सर्वप्रथम सर्च इन्जिनमा गएर docs.google.com/forms खोल्ने, साइट लोड भएपछि, देवे साइडमा रहेको मुख्य मेनु बटम खोले पछी फर्मको शिर्षक पाउनु हुनेछ।
– सो फारममा नयाँ फारम खोलेर, सर्वेक्षणको नाम राखी आफ्नो अध्ययनका लागि आवश्यक पर्ने फर्म तयार गर्ने।
– आफुलाई उपयुक्त लाग्ने प्रश्न जस्तै- ठिक, बेठिक, बहुवैकल्पिक, खाली ठाँउ भर्ने, छोटो उत्तर लेख्ने आदी किसिमका प्रश्नहरु तयार पार्ने।
– आँखा (Eyes) आइकनमा क्लिक गरेर सर्वेको ढाँचा कस्तो छ हेर्ने।
– सेटिङ्ग मिलाउने।
– गुगल फर्ममा प्रश्नावली तयारगरी इमेल वा अन्य सञ्चार साधनमार्फत उत्तरदाता समक्ष इमेल वा अन्य माध्यमबाट पठाउने।
– उत्तरदाताले उक्त फर्म खोलेर भरेपछि Submit गर्नुपर्छ।
– सो प्रश्नावली स्वतः अध्ययनकर्ताको जिमेलमा आएर भण्डारण हुनेछ।
यसका लागि Digital Device र इन्टरनेटको भने आवश्यकता पर्छ।
अभ्यास
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्।
१. तथ्याङ्क सङ्कलन विधि भनेको के हो ?
२. सामाजिक तथ्याङ्कको परिचय दिनुहोस।
३. सामाजिक तथ्याङ्कको प्रकारको छोटकरीमा वर्णन गर्नुहोस।
४. प्रश्नावली किन सबैभन्दा प्रचलित साधन हो ?
५. सामाजिक तथ्याङ्क संकलन साधन भन्नाले के बुझिन्छ ?
६. अन्तर्वार्ता मार्गदर्शन भनेको के हो ?
७. प्राथमिक तथ्याङ्क भनेको के हो ?
८. तथ्याङ्क व्यवस्थापन भन्नाले के बुझिन्छ ?
९. बन्द प्रश्नको एउटा उदाहरण दिनुहोस।
१०. सामाजिक संजालको परिचय दिनुहोस।
११. कमर्सीयल सफ्टवेयर भनेको के हो ?
१२. तपाइको सबैभन्दा मनपर्ने सामाजिक संजाल कुन हो?