पाठ : ५ सामाजिक अध्ययनका लागि समस्या निर्माण र अध्ययन
विधि चयन
Formulation of Problem and Selection of Study Methods in Social Studies
समस्या पहिचान/ समस्या निर्माण
समस्या पहिचान/ समस्या निर्माण भन्नाले कुनै पनि सामाजिक समस्या, सामाजिक घटना वा अध्ययन गर्न आवश्यक र उपयुक्त कुनै अवधारणा पहिचान गरी प्रस्तावित गर्नु भन्ने बुझिन्छ ।
अनुसन्धान समस्याको छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरु
अनुसन्धानकर्ताले अनुसन्धानका लागि समस्याको पहिचान गर्दा निम्नलिखित कुराहरूमा ध्यान दिनुपर्दछ:
क) अनुसन्धानकर्ताले आफ्नो रुचिअनुसारको विषय छनोट गर्नुपर्दछ।
ख) अनुसन्धानको विषय समाजमा रहेका ज्वलन्त समस्या र व्यक्तिलाई अधिक लाभ पुग्ने किसिमको हुनुपर्दछ।
ग) अनुसन्धानको विषयसँग सम्बन्धित प्रशस्त अध्ययन सामग्रीहरू प्राप्त गर्न सकिने हुनुपर्दछ।
घ) अनुसन्धान विषय नौलो तथा नदोहोरिएको हुनुपर्दछ।
ङ) अनुसन्धानको विषय सरल, स्पष्ट र दोहोरो अर्थ नलाग्ने हुनुपर्दछ ।
च) अनुसन्धानको विषय समय र स्रोत साधनको पहुँचभित्रको हुनुपर्दछ।
छ) विषय समाज स्वीकार्य हुनुपर्दछ ।
ज) अनुसन्धानको विषय तथ्याङ्क प्राप्त गर्न सकिने, चरहरूको सम्बन्ध देखाउन साथै परीक्षण गर्न सकिने हुनुपर्दछ ।
झ) विषय सैद्धान्तिक दृष्टिकोणबाट बढी मौलिक र व्यवहारिक दृष्टिबाट उपयोगी खालको हुनुपर्दछ ।
अनुसन्धान समस्या पहिचान गर्दा गरिने चरणबद्ध कार्यहरु
अनुसन्धान समस्या पहिचान गर्दा निम्नतरिकाले चरणबद्ध रुपमा लेखिएमा सरल र सहज हुन्छ:
१. अध्ययनगर्न चाहने बृहतक्षेत्र पहिचानगर्ने।
२. छनोट गरेको क्षेत्रको सम्भावित उपक्षेत्रहरु थाहापाउने।
३. आफ्नो रुची भएको एउटा उपक्षेत्र छनोटगर्ने।
४. अनुसन्धानगर्न चाहेको, जान्न खोज्न मनलागेका प्रश्नहरु निर्माण गर्ने।
५. प्रश्न बमोजिम उद्देश्य तयारगर्ने।
अन्तर्वार्ता र अन्तर्वार्ता विधि प्रयोग गर्दा ध्यान दिनुपर्ने पक्षहरू
अन्तर्वार्ता
दुई व्यक्तिबिच प्रत्यक्ष कुरा गरी सूचना सङ्कलन गर्ने तरिकालाई अन्तर्वार्ता भनिन्छ। यसमा उत्तरदातालाई प्रत्यक्ष भेटेर वा फोन भिडियो कलमार्फत प्रश्नहरू सोधिन्छ।
अन्तर्वार्ता विधि प्रयोग गर्दा ध्यान दिनुपर्ने पक्षहरू निम्न लिखित छन्:
– उत्तरदाताबाट आएको उत्तर वा सूचना डायरीमा टिप्नुपर्छ।
– उत्तरदाताको सहमति लिएर अडियो वा भिडियो रेकर्ड गर्नुपर्छ जसबाट पछी आवश्यक सूचना निकाल्न सकिन्छ।
– अन्तर्वार्तामा अन्तर्वार्ताकारले आफूले आवश्यक ठानेका प्रश्नहरूको सूचना सङ्कलन गरेर राख्नुपर्छ।
– अनुसन्धानकर्ता आफैँ अन्तर्वार्ताकार हुनुपर्छ।
– प्रतिकृयादाताबाट बनावटी कुरा पनि समेत आउन सक्ने भएकोले प्रश्ननिर्माण र सोध्दा विशेष ध्यान दिनुपर्छ।
विद्यालयमा अनुसन्धान गर्न सकिने कुनै दुई समस्याहरू
हाम्रो विद्यालयमा अनुसन्धानगर्न सकिने कुनै दुई समस्याहरू निम्न लिखित छन्:
– विद्धार्थीहरुले बिचमै कक्षा छाडेर पढ्न छाड्नु।
– बिद्धार्थी गणित र अङ्ग्रेजी विषय मा पढाइमा कमजोर हुनु।
यी दुबै समस्याहरु अनुसन्धानगर्न आवश्यक र उपयुक्त छन। यसका कारणहरु निम्नलिखित छन्:
– यी दुबै समस्याहरु प्राय: जसो धेरै सामुदायिक विद्यालयहरुमा देखिन्छ।
– विद्दार्थीहरु पछीतिर गएर एस.इ.इ. पासगरे पनि विज्ञान र प्रविधीजस्तो क्षेत्रतिर आगाडी बढ्न सकीरहेका छैनन।
– अभिभावकमा पनि चेतना र शिक्षाको कमी भएर छोराछोरीको भविष्यको चिन्तित नहुने अवस्था छ।
– गरीबि र अशिक्षा र विद्ध्यालय घर देखी टाढाभएको ले पनि बिच मै विद्यालय छोड्ने अवस्था देखिएको छ।
– प्राय: जसो मधेसी र आदिवासी जनजाती बसोबास भएको क्षेत्रमा यस्तो बढी देखिएको छ।
– अङ्ग्रेजी तेस्रो भाषा र गणित विषय सम्बन्धी शिक्षणसामाग्री र प्रा. वि. तह देखीनै राम्रो शिक्षकको अभाव पनि देखिएको छ।
परिमाणात्मक, गुणात्मक र मिश्रित अध्ययन पद्धतिबिच फरक
अध्ययन पद्धति मुख्यतः तीन प्रकारका हुन्छन्ः परिमाणात्मक, गुणात्मक र मिश्रित।
परिमाणात्मक पद्धति: प्राप्ताङ्क, तौल, उमेर आदि सङ्ख्यामा सूचनाहरू सङ्कलन हुने र विश्लेषण गर्दा तथ्याङ्कशास्त्रीय विधिहरू प्रयोग गरिने अनुसन्धान विधिलाई परिमाणात्मक पद्धति भनिन्छ।
यस पद्धतिमा प्रयोग हुने विधि: सर्वेक्षण विधि र प्रयोग विधि
गुणात्मक पद्धति: सङ्ख्यामा उल्लेख गर्न नसकिने जस्तै मानिसका भावना, विचार, व्यवहार जस्ता कुराहरूका सूचनाहरू लिन प्रयोग गरिने अनुसन्धान पद्धति चाहिँ गुणात्मक पद्धति हो।
यस पद्धतिमा प्रयोग हुने विधि: अन्तर्वार्ता विधि र अवलोकन विधि
मिश्रित पद्धति: दुवै विधि परिणात्मक र गुणात्मक पद्धति प्रयोग गरी तथ्यङ्क संकलन गर्ने पद्धति भने मिश्रित पद्धति हो।