पाठ: ४
लेखनकार्यमा अरूको लेखरचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्ष
Ethical Aspects to Consider while Using Other Peoples Writing in Writing Work
बौद्धिक चोरी (Plagiarism)
बौद्धिक चोरी भनेको एउटा कपटपूर्ण कार्य हो जहाँ कसैले अरूको काम (रेखाहरू, पाठहरू, अनुच्छेदहरू, चित्रहरू,अध्ययन, अनुसन्धान, आदि) को अनुमती नलिइ हुबहु रुपमा सार्ने कार्य गर्छ र तिनीहरूलाई आफ्नो दावी गर्छ।
जानाजान गरिने बौद्धिक चोरीहरु:
– अरूको कामलाई आफ्नो भनी प्रकाशित गर्नु
– अन्य व्यक्तिको लेख रचना सार्नु
– बजारबाट लेख रचना किनेर विद्यालय/ विश्वविद्यालयमा बुझाउनु
– पुस्तक, लेख रचना तथा विद्युतीय स्रोतबाट बिना उद्धरण सार्नु
– इन्टरनेटबाट बिना उद्धरण सार्नु
अन्जानमा गरिने बौद्धिक चोरीहरु:
– लापरबाही तरिकाबाट पुनर्लेखन गर्नु
– अनुपयुक्त तरिकाबाट उद्धरण गर्नु
– अनावश्यक रूपमा उद्धरण गर्नु
– आफैँले पहिला प्रकाशित गरेको लेखरचनाबाट बिना उद्धरण सूचना उल्लेख गर्नु
बौद्धिक चोरी एक अपराध हो।
बौद्धिक चोरी (Plagiarism) गर्नुलाई कानुनी अपराध मानिन्छ। यो एउटा कपटपूर्ण कार्य हो जहाँ कसैले अरूको काम (रेखाहरू, पाठहरू, अनुच्छेदहरू, चित्रहरु,अध्ययन, अनुसन्धान, आदि) को अनुमती नलिइ हुबहु रुपमा सार्ने कार्य गर्छ र तिनीहरूलाई आफ्नो दावी गर्छ। खासगरी विश्वविद्यालयमा बुझाउनुपर्ने प्रोजेक्ट प्रतिवेदन, थेसिस तथा अन्य लिखित दस्तावेजमा व्यापक बौद्धिक चोरी हुने गरेको छ। विद्यार्थीलाई लगभग हरेक दिन इन्टरनेट प्रयोग गर्ने खालका गृहकार्य दिइएको हुन्छ। उनीहरु विकिपेडिया र कुनै पनि उपलब्ध साइटहरूबाट पुरै सारेर गृहकार्य बुझाउँछन्। शिक्षकहरूले पनि विना कुनै दुविधा त्यसलाई स्वीकार गर्नुहुन्छ। यो नै बौद्धिक चोरी सिक्ने र गर्ने पहिलो चरण हो। इन्टरनेटमा सामग्रीको व्यापक उपलब्धताका कारण मानिसहरू जानाजानी वा अन्जानमा यस्ता गलत कार्यहरू गर्छन् । यसरी अरुको अध्ययन,अनुसन्धान लेख र रचना लाई हुबहु आफ्नो बनाइ प्रस्तुत गर्नु एउटा अपराध हो किनकी वास्तविक व्यक्तिले आफ्नो लेख्, रचना र अनुसन्धान को उद्धरण उल्लेख गरिएको पाउँदैन।
बौद्धिक चोरीबाट बच्ने कुनै पाँच उपायहरू
बौद्धिक चोरीबाट बच्ने उपायहरू निम्नलिखित छन्:
१. उपयुक्त तरिकाले स्रोत उल्लेख गर्ने: अरूको बौद्धिक सम्पत्ति जस्ताको त्यस्तै प्रयोग गर्न नपाउने होइन। जुन लेख, किताब, इन्टरनेट वा लेखक, प्रकाशकबाट आफूले सूचना वा तथ्याङ्क लिएको हो त्यसको स्रोत उल्लेख गर्ने।
२. प्रुफरिडिङ गर्ने: आफूले तयार गरेको प्रस्तावना, प्रतिवेदन वा लेख आफ्ना गुरु वा अन्य जानकारहरूलाई पढ्न दिएर उनीहरूको सुझाव अनुसार सच्याएर मात्र विद्यालय वा कलेजमा बुझाउने।
३. उद्धरण गर्ने: कुनै स्रोतबाट सूचना लिँदा उनीहरूको भनाइ जस्ताको तस्तै राख्ने हो भने त्यसलाई उद्धरण चिह्न “ ” प्रयोग गरी उपयुक्त तरिकाले स्रोत उल्लेख गर्ने ।
४. पुनर्लेखन गर्ने: अरूको भनाइ वा सूचनाको मुख्य कुरालाई आफ्नै शब्दमा पुनर्लेखन गर्न सकिन्छ तर यस्तो गर्द पनि स्रोत भने उल्लेख गर्ने।
५. सन्दर्भ सामग्रीको सूची लेख्ने: आफ्नो लेख, प्रस्तावना वा प्रतिवेदनको अन्तमा सन्दर्भ सामग्रीहरूको सूची उल्लेख गर्ने ।
नेपालमा प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ अनुसार बौद्धिक चोरी ठहर्ने अवस्था
नेपालमा प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ अनुसार बौद्धिक चोरी ठहर्ने अवस्थाहरु निम्न लिखित छन्:
१. असको कामलाई बेवास्ता गरी आफ्नो भनेर जनाउने कार्य गरेको अवस्था,
२. अरुको विचारलाई आफ्नो विचार बनाउँदा, अरुको लेख रचनाका सिर्जनाको सन्दर्भ नखुलाई प्रयोग गर्दा वा मौलिक व्यक्तिको पहिचान नखुलाउँदाको अवस्था,
३. अरुको भनाईको प्याराग्राफ जस्ताको तस्तै उतार गर्दा कोटेसन चिन्ह भित्र नपारी राखेको अवस्था,
४. एउटा सन्दर्भ लेख्नुपर्ने ठाउँमा अर्कै सन्दर्भ उल्लेख गरेको अवस्था,
५. अरुको भनाईलाई केही शब्द मात्रै परिवर्तन गरी हुबहु उतार गरेको अवस्था,
६. अरुको लेख, किताव वा थेसिसमा भएका कुराहरू अधिकांस उतार गरेर आफ्नो बनाउने कार्य गरेको अवस्था आदि।
नेपालमा बौद्धिक सम्पत्तिको चोरी भए उपर कानुनी कारवाहीको व्यवस्था
दफा २६: अनाधिकार प्रतिलिपिहरुको पैठारीमा प्रतिबन्ध
नेपाल ” ” भित्र तयार गरिएको भए अनधिकार प्रकाशन ठहरिने कुनै रचना वा ध्वनि अङ्कनको प्रतिलिपिहरु विदेशमा तयार गरी वा अन्य कुनै तरिकाले प्राप्त गरी व्यापारिक प्रयोजनको लागि नेपाल ” ” भित्र पैठारी गर्न हुँदैन।
दफा २७: संरक्षित अधिकारको उत्सव गरेमा दण्ड सजाय:
(१) कसैले दफा २५ उलन गरेमा त्यस्तो उल्लङ्घन गर्ने व्यक्तिलाई कसूरको मात्रा अनुसार दश हजार रुपैया देखी एक लाख रुपैयासम्म जरिवाना वा छ महिनासम्ममा सजाय हुनेछ र दोस्रोपटक देखि पटकै पिच्छे बीस हजार रुपैयाँदेखि दुई लाखसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। त्यसरी प्रकाशन वा पुनरुत्पादन गरेको का वितरण गरेको सामग्रीहरू जफत हुनेछ।
(२) संरक्षित अधिकारको उल्लङ्घनगर्ने व्यक्तिबाट प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्ति समेत भराई दिनु पर्नेछ।
दफा २८: अनाधिकार प्रतिलिपि पैठारी गरेमा सजाय
कसैले दफा २६ उल्लङ्घन गरी कुनै रचनाको अनाधिकार प्रतिलिपिहरू पैठारी गरेमा त्यस्तो प्रतिलिपिहरू जफत गरी निजलाई कसुरको मात्रा अनुसार दश हजार रुपैयादेखि एकलाख रुपैयाँसम्म जरिवाना हुनेछ र प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई त्यस्तो पैठारीबाट भएको नोक्सानीको क्षतिपूर्ति समेत सो पैठारी गर्ने व्यक्तिबाट भराई दिनु पर्नेछ।
दफा २९: अन्य सजाय
कसैले यो ऐन र यस ऐनअन्तर्गतको नियममा लेखिएका अन्य कुनै कुरा उल्लङ्घन गरेमा कसूरको मात्रा अनुसार पाँच हजार रुपैया देखी पचासहजार रुपैयासम्म जरिवाना हुनेछ।
APA उद्धरण ढाँचा र MLA उद्धरण ढाँचा
APA stands for American Psychological Association
MLA stands for Modern Language Association
भाषा विषयहरु MLA को ढाँचाको प्रयोग गरिन्छ भने समाजशास्त्र, शिक्षा जस्ता विषयहरुमा APA ढाँचा प्रयोग गरिन्छ। त्यस्तै अन्य प्रचलित उद्धरण ढाँचाहरु Chicago, Turabian, IEEE आदि हुन।
APA उद्धरण ढाँचाको उदाहरण:
Reference List:
Brader, T. (2006). Campaigning for hearts and minds: How emotional appeals in political ads work. University of Chicago Press.
Miller, T. E., & Schuh, J. H. (2005). Promoting reasonable expectations: Aligning student and institutional views of the college experience. Jossey-Bass.
Basic format for an eBook:
Author’s Last name, First Initial. (Year). Book title [format of book]. Publisher. URL
MLA उद्धरण ढाँचाको उदाहरण:
References:
Walker, Alice. The Color Purple. New York: Harcourt, 1992.
Cohn, Rachel, and David Levithan. Dash & Lily’s Book of Dares. Ember Publishing House, 2011.
Basic format for an eBook:
Last name, First name of author. Book title. Place of publication, Publisher’s name, publication date. URL