पाठ : ३ अध्ययन प्रस्तावनाको संरचना
Format of a Research Proposal
अध्ययन प्रस्तावना (Research Proposal)
अध्ययन प्रस्तावना भनेको कुनै पनि प्रस्तावित अध्ययनको संक्षिप्त सारांशको रुपरेखा हो। यसलाई अनुसन्धान सम्बन्धी विस्तृत योजना हो।
अध्ययन प्रस्तावना किन आवश्यक हुन्छ ?
अध्ययन प्रस्तावनाले भावी अनुसन्धान कार्य के-कसरी संचालन गरिने हो भन्ने सम्बन्धमा आवश्यक जानकारी प्रदन गर्दछ। अनुसन्धान कर्ताले कुन विषय शिर्षकमा, कुन कुन उद्देश्य राख्ने, कुन विधि र प्रक्रियाको माध्यमबाट तथ्याङ्क संकलन गर्ने, कुन विधिको प्रयोग गरी त्यसको विश्लेषण गर्ने, के कती समय सीमा र लागतमा सम्पन्न गर्ने आदि प्रश्नहरुको उत्तर प्राप्त गर्नको लागी अनुसन्धान प्रस्तावनाको आवश्यक्ता पर्दछ ।
अध्ययन प्रस्तावनाको महत्व:
– सरोकारवालाहरुलाई भविष्यमा सहयोग पुर्याउन।
– भावी अनुसन्धान कार्यको बाटो देखाउन।
– समग्र अध्ययन अनुसन्धान परियोजनको मुल्याङ्कनगर्ने आधार प्रदान गर्न।
– अनुसन्धानको पृष्ठभूमि, समस्याको कथन, र अनुसन्धानको उद्देश्यको बारेमा सम्बन्धित निकायलाई जानकारी दिन।
– अनुसन्धान कार्यमा संलङ्ग्न सुपरिवेक्षक, निर्देशक तथा पुनरावलोकन कर्तालाई प्रस्तावित विधिको उत्कृष्टता, वैधता र व्यवहारिक्ताको सवालमा विश्वास दिलाउन।
– अनुसन्धानका लागि समय र सीमाको निर्धारण गर्न।
– अनुसन्धानको औचित्य प्रदान गर्न।
सोधकार्यमा वा अध्ययन अनुसन्धानमा साहित्यको पुनरावलोकनको महत्व
सोधकार्यमा वा अध्ययन अनुसन्धानमा साहित्यको पुनरावलोकनगर्न निम्न कारणले जरुरी छ:
– अध्ययन अनुसन्धानको औचित्य प्रष्ट पार्न।
– उपयुक्त अनुसन्धान विधिको छनोट गर्न।
– तथ्याङ्क सङ्कलन र विश्लेषण गर्न।
– सम्बन्धित विषयवस्तुको क्षेत्रमा यस अघि भएको अध्ययनको बारेमा जानकारी हासिलगरी त्यस विषयमा आफ्नो विचार स्पष्ट पार्न।
– अनिसन्धान प्रक्रियाको बारेमा ठोस आधार प्रदानगर्न।
– यसभन्दा अघि भएका अनुसन्धानमा देखिएका loopholes पत्ता लगाइ सुधारगर्न।
अनुसन्धान प्रस्तावना तयारगर्दा समेट्नुपर्ने खण्डहरु
१. परिचय (Introduction)
१.१ अध्ययनको पृष्ठभूमि (Background of Study)
१.२ समस्याको कथन (Statement of Problem)
१.३ अध्ययनको उद्देश्यहरु (Objectives of Study)
१.४ अध्ययनको महत्व (Significance of Study)
१.५ अध्ययनको सीमाहरु (Limitations of Study)
१.६ शब्दावली (Vocabularies)
२. पूर्व साहित्यको पुनरावलोकन (Review of Literature)
३. अध्ययनविधी तथा प्रक्रिया (Methods and Procedures of Study)
३.१ अध्ययनको ढाँचा (Design of Study)
३.२ तथ्याङ्कको स्रोत (Sources of Data)
३.३ तथ्याङ्क सङ्कलन प्रक्रिया (Process of Data Collection)
३.४ तथ्याङ्क सङ्कलनका साधनहरु (Tools of Data Collection)
३.५ तथ्याङ्क विश्लेषण प्रक्रिया (Process of Data Analysis)
४. सन्दर्भसूचिहरु (References)