कक्षा १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा  एकाइ- २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिपहरू, पाठ : २ सामाजिक अध्ययनमा सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको अवधारणा  Concept of Correlation and Causal Relation in Social Studies

पाठ : २ सामाजिक अध्ययनमा सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको अवधारणा

Concept of Correlation and Causal Relation in Social Studies

चरअनुसन्धानमा चर भनेको अनुसन्धानकर्ताले मापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु, स्थान, अवस्था वा प्रक्रियासँग सम्बन्धित हुन्छ। चरहरुलाई निर्भर चर र स्वतन्त्र  चर गरी वर्गिकरणगर्न सकिन्छ। वर्षा हुनु स्वतन्त्र चर हो भने धान उत्पादन हुनु निर्भर चर हो किनभने वर्षाका कारणले धान उत्पादन बढ्न वा घट्न सक्छ तर धान उत्पादनका कारण वर्षा बढ्न वा घट्न सक्दैन। यस्तो सम्बन्धलाई नै सहसम्बन्ध भनिएको हो।

कार्यकारण सम्बन्ध

कार्यकारण सम्बन्ध विश्लेषणमा एउटा घटना, वा व्यवहारले अर्को घटना वा व्यवहारमा पार्ने प्रभाव विश्लेषणगर्न सहयोग गर्छ। यसमा दुइ चरहरु मद्धे एउटाको कारक तत्व अर्को हो भने यी दुइ बिचमा कार्यकारणको सम्बन्ध रहेको हुन्छ। उदाहरणको लागि- गरीबि र भोकमरीको बिच भोकमरिको कारक तत्व गरीबि हो।

अनुसन्धानमा सहसम्बन्ध र कार्यकारण सम्बन्धको प्रयोग

–   कुनै विशेष व्यवहार, पारिस्थिति, वा घटना गराउने तत्वहरु के के हुन सक्छन भन्ने कुरा पत्ता लगाउन।

–   दुइ ओटा चरहरुको बिचको सम्बन्धको अध्ययन गर्न।

–   वास्तविक समस्या वा कारण पत्ता लगाइ त्यसको निवारण गर्न।

–   परिक्षणको वैधता र विश्वासनियता पुष्टी गर्न।

–   सकारात्मक र नकारात्मक सहसम्बन्ध पत्ता लगाउन।

–   सामाजिक्, राजनैतिक्, शैक्षिक  एवम वैज्ञानिक अनुसन्धानमा प्रयोग गर्नका लागी।

सहसम्बन्ध र कार्यकारण सम्बन्धबिच समानता र भिन्नताहरू

सहसम्बन्ध र कार्यकारण सम्बन्धबिच समानताहरु:

–    एउटा चर वा घटनाका कारण गर्दा अर्को चर वा घटना घट्ने गर्छ।

–    दुबैको प्रयोग अनुसन्धानमा गरिन्छ।

–    घटना वा चरहरु बिच सम्बन्ध स्थापित हुन्छ।

–    उदाहरणको लागि- दुवै सम्बन्धमा वर्षाको कारणले धान उत्पादित हुने बुझिन्छ तर धानको उत्पादन र किसानको उमेरविच यो सम्बन्ध हुँदैन।

सहसम्बन्ध र कार्यकारण सम्बन्धबिच भिन्नताहरु:

–    सहसम्बन्धमा एउटा चरको वृधिगर्दा अर्कोमा वृधि हुन्छ तर अर्कोमा वृधिगर्दा पहिलोमा नहुन सक्छ भने अर्कोतिर कार्यकारण सम्बन्धमा, एउटा चरको कारण अर्को वृधी हुन्छ र एउटा घट्दा अर्को पनि घट्ने गर्छ।

–    उदाहरणको लागि, वर्षाको कारणले धान उत्पादन बढ्न वा घट्न सक्छ तर धान उत्पादनका कारण वर्षा बढ्न वा घट्न सक्दैन। यस्तो सम्बन्धलाई नै सहसम्बन्ध भनिन्छ भने वर्षा बढी हुँदा धान उत्पादन बढ्छ र वर्षा कम हुँदा घट्छ, यस्तो सम्बन्धलाई कार्यकारण सम्बन्ध भनिन्छ।

–    सबै प्रकारका सहसम्बन्धहरु कार्यकारण सम्बन्ध हुँदैनन् तर सबै प्रकार का कार्यकारण सम्बन्ध हुन सक्छन्।

–    सहसम्बन्धको तुलनामा कार्यकारण सम्बन्ध महँगो हुन्छ।

–    सहसम्बन्ध भनेको दुइ चरहरु बिचको संयुक्त सम्बन्ध हो भने कार्यकरण सम्बन्ध विचारहरुको संयोजन हो जो सम्बन्ध भन्दा पनि बढी महत्वपूर्ण हुने गर्छ।

अनुसन्धान कार्यमा सहसम्बन्धको महत्व:

अनुसन्धानमा दुइ वा दुइ भन्दा बढी चरहरु बिचको सम्बन्ध नै सहसम्बन्ध हो। सहसम्बन्धलाई अङ्ग्रेजीमा ‘Correlation’ भन्ने गरिन्छ। अर्को शब्दमा भन्नु पर्दा एउटा चरमा परिवर्तन आउँदा अर्को चरमा कुनै न कुनै प्रकारको असर परेको हुन्छ त्यो नै सहसम्बन्ध हो।

अनुसन्धानमा सहसम्बन्धको महत्व/ उपयोगिता यस प्रकार छन्:

–   यसले दुइ ओटा चरहरु बिच कस्तो सम्बन्ध छ भन्ने कुराको जानकारी दिन्छ।

–   अनुमानलाई बढी सटिक बनाउनमा मद्दत गर्छ।

–   परिक्षणमा वैधता र विश्वसनियताको पुष्टी गर्छ।

–   परिवर्तितमानहरुको  सम्बन्धको बारेमा अध्ययन गर्छ।

–   मानिसहरुको काम गर्ने क्षमता, सहनशिलता, समाजिक सदभाव्, साहिष्णुता जस्तो गुणहरु थाहा पाउन सकिन्छ।

–   व्यक्तीहरुको विविध क्षमताको पहिचानगरी उनीहरुको पेशागत विकास गर्न सकिन्छ।

–   दुइ चरहरुको सम्बन्धको अध्ययन गरेर भविष्यवाणी गर्न सकिन्छ।

अनुसन्धान कार्यमा कार्यकारण सम्बन्धको महत्व:

कार्यकारण सम्बन्ध विश्लेषणमा एउटा घटना, वा व्यवहारले अर्को घटना वा व्यवहारमा पार्ने प्रभाव विश्लेषणगर्न सहयोग गर्छ। यसमा दुइ चरहरु मद्धे एउटाको कारक तत्व अर्को हो भने यी दुइ बिचमा कार्यकारणको सम्बन्ध रहेको हुन्छ। उदाहरणको लागि- गरीबि र भोकमरीको बिच भोकमरिको कारक तत्व गरीबि हो।

अनुसन्धान कार्यमा कार्यकारण सम्बन्धको महत्व यस प्रकार छन्:

–   यसले कार्यक्षेत्रमा भएको प्रगती र दुर्गर्तीको कारण पत्ता लगाउँछ।

–   कार्य र कारणको सम्बन्धको जानकारी दिन्छ।

–   कारणले कसरी चरलाई असर पार्छ भन्ने कुरा जानकारी गराउँछ।

–   विश्लेषणात्मक अनुसन्धान हो।

सहसम्बन्ध  र यसका प्रकारहरु

अनुसन्धानमा दुइ वा दुइ भन्दा बढी चरहरुबिचको सम्बन्धनै सहसम्बन्ध हो। सहसम्बन्धलाई अङ्ग्रेजीमा ‘Correlation’ भन्ने गरिन्छ। अर्को शब्दमा भन्नु पर्दा एउटा चरमा परिवर्तन आउँदा अर्को चरमा कुनै न कुनै प्रकारको असर परेको हुन्छ त्यो नै सहसम्बन्ध हो।

सहसम्बन्ध दुइ विषयवस्तुहरुको  बिचको अन्तरनिर्भरताका आधारमा तीन प्रकारमा विभाजन गर्न सकिन्छ जुन निम्न लिखित छन्:

क)    सकारात्मक सहसम्बन्ध (Positive Correlation): एउटा चरमा आएको परिवर्तनले अर्को चरमा  सकारात्मक प्रभाव पार्छ भने त्यस्तो सम्बन्धलाई सकारात्मक सम्बन्ध भनिन्छ । यस्तो सहसम्बन्धको तहलाई ० देखी +१ मानले देखाउँछ। उदाहरण को लागि-

–   लगानीमा वृधी हुँदा नाफा बढ्नु र घट्दा घट्नु।

–   मानिसको उँचाइको वृधी सँगै तौल बढ्नु।

ख)   नकारात्मक सहसम्बन्ध (Negative Correlation): एउटा चरमा सकारात्मक परिवर्तन आउँदा अर्कोमा नकारात्मक तथा नकारात्मक परिवर्तन आउँदा सकारात्मक परिवर्तन आउँछ भने त्यसलाई नकारात्मक सहसम्बन्ध भनिन्छ।यस सहसम्बन्धको तहलाई ० देखी -१ मानले देखाउने गरिन्छ। उदाहरणको लागि-

–   हामी हिमालको जती माथी जान्छौ, तापक्रम उतिनै घट्छ र जती जती तल आउँछौ त्यती बढ्छ।

–   मानिस जती बढी तनावमा हुन्छ उतिनै आत्म सम्मानमा कमी आउँने गर्छ।

ग)     शुन्य सहसम्बन्ध (Zero Correlation): एउटा चरमा आएको परिवर्तनले अर्को चरमा कुनै परिवर्तन आउँदैन भने त्यस्तो सहसम्बन्धलाई शुन्य सहसम्बन्ध भनिन्छ। यस्तो सहसम्बन्धलाई ० ले सङ्केत गर्ने गरिन्छ। उदाहरणको लागि- बौद्धिक क्षमता र चियाको सम्बन्ध।

चरको परिभाषा र प्रकारहरूबारे उल्लेख गर्दै टाढाको विद्यालयमा अध्ययनरत आफ्नो कक्षाको साथीलाई एक पत्र

२०७९/१२/३०

प्रिय साथी प्रमिला,

मिठो सम्झना,

मा यहाँ आरामै छु र आशा गर्छु कि तिमी लगायत तिम्रो सम्पूर्ण परिवार पनि त्यहाँ आरामै छन भन्ने कामना गर्दछु। तिम्रो चिठ्ठी पाएर सार्हैं खुशी भए। तिम्रो पत्रको जवाफ मैले यस पत्र मार्फत दिदैं छु। साथी, हिजो सर ले चर के हो र यो कतिप्रकारका हुन्छन  भनिपढाउनु भएको थियो।

साथी, अनुसन्धानमा चर भनेको अनुसन्धानकर्ताले मापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु, स्थान, अवस्था वा प्रक्रियासँग सम्बन्धित हुन्छ। चरहरुलाई निर्भर चर र स्वतन्त्र  चर गरी वर्गिकरणगर्न सकिन्छ। वर्षा हुनु स्वतन्त्र चर हो भने धान उत्पादन हुनु निर्भर चर हो किनभने वर्षाका कारणले धान उत्पादन बढ्न वा घट्न सक्छ तर धान उत्पादनका कारण वर्षा बढ्न वा घट्न सक्दैन। यस्तो सम्बन्धलाई नै सहसम्बन्ध भनिएको हो।

अहिलेलाई यती नै, बाँकी अर्को पत्रमा। सबैलाई नमस्कार !

तिम्रो उहि प्यारो साथी,

निर्मला

केहि महत्वपूर्ण बुँदाहरु:

Ø  अनुसन्धानमा चर भनेको अनुसन्धानकर्ताले मापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु, स्थान, अवस्था वा प्रक्रियासँग सम्बन्धित हुन्छ।

Ø  स्वतन्त्र चर: उदाहरण: वर्षा हुनु  निर्भर चर: उदाहरण: धान उत्पादन हुनु

Ø  स्वतन्त्र चर र निर्भर चर (आश्रीत चर) बिच एक वाक्यमा फरक: स्वतन्त्र चर अरु माथी निर्भर हुँदैन तर आश्रीत चर अरु माथी निर्भर हुन्छ।

Ø  अनुसन्धानमा दुइ वा दुइ भन्दा बढी चरहरुबिचको सम्बन्धनै सहसम्बन्ध हो।

Ø  सहसम्बन्ध र कार्यकारण सम्बन्धबिचको सम्बन्ध: सहसम्बन्ध र कार्यकारण सम्बन्धबिच गहन सम्बन्ध छ किनकी यिनै सम्बन्धको कारणले गर्दा एउटा चर वा घटनाले अर्को चर वा घटना निम्त्याएका हुन्छन।

Ø  एउटा घटना वा चरको कारक तत्व अर्को चर हुन्छ भने त्यसलाई कार्यकारण सम्बन्ध भनिन्छ।उदाहरणको लागि- गर्मीको तापक्रम र आइसक्रीमको बिक्री

Ø  रेखा चित्रको माध्यमबाट चरहरुको सम्बन्ध विश्लेषण गर्ने विधीलाई विक्षेप चित्र विधि (Scatter Diagram Method) भनिन्छ।

Ø  सरल र बहु सहसहम्बन्ध बिचको फरक: दुइ चरहरुको बिचको सम्बन्धलाई सरल सहसम्बन्ध भनिन्छ। जस्तै- शिक्षा र वृधि र नागरिक चेतनाको विकास भने दुइ भन्दा बढी चरहरु बिचको सम्बन्धलाई बहुसम्बन्ध भनिन्छ। जस्तै- शिक्षामा वृधि, रोजगारी, गरीबी निवारण र देशको विकास।

Ø  एउटा चरमा आएको परिवर्तनले अर्को चरमा कुनै परिवर्तन आउँदैन भने त्यस्तो सहसम्बन्धलाई शुन्य सहसम्बन्ध भनिन्छ। यस्तो सहसम्बन्धलाई ० ले सङ्केत गर्ने गरिन्छ।

Ø  कार्यकारण सम्बन्धको एउटा फाइदा: कार्य र कारणको सम्बन्धको जानकारी दिन्छ।

तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्

१.      चर भनेको के हो ?

२.      स्वतन्त्र चर र निर्भर चर (आश्रीत चर) का एक एक उदाहरण दिनुहोस्।

३.      स्वतन्त्र चर र निर्भर चर (आश्रीत चर) बिच एक वाक्यमा फरक देखाउनुहोस।

४.      सहसम्बन्धको परिभाषा लेख्नुहोस्।

५.      सहसम्बन्ध र कार्यकारण सम्बन्धबिचको सम्बन्धलाई एक वाक्यमा लेख्नुहोस्।

६.      कार्यकारण सहसम्बन्ध  भन्नाले के बुझिन्छ ?

७.      रेखा चित्रको माध्यमबाट चरहरुको सम्बन्ध विश्लेषण गर्ने विधीलाई के भनिन्छ ?

८.      सरल र बहु सहसहम्बन्ध बिचको फरक लेख।

९.      शुन्य सहसम्बन्ध (Zero Correlation) भनेको के हो ?

१०.  कार्यकारण सम्बन्धको एउटा फाइदा लेख।

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस्

१.      चरको परिभाषा र प्रकारहरूबारे उल्लेख गर्दै टाढाको विद्यालयमा अध्ययनरत आफ्नो कक्षाको साथीलाई एक पत्र लेख्नुहोस्।

२.      कार्यकारण सम्बन्धको परिचय दिनुहोस्।

३.      अनुसन्धानमा सहसम्बन्ध र कार्यकारण सम्बन्धको प्रयोग किन गरिन्छ? कुनै पाँच बुँदामा लेख्नुहोस्।

तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस्

४.      सहसम्बन्ध र कार्यकारण सम्बन्धबिच समानता र भिन्नताहरू उल्लेख गरी दुई अनुच्छेद लेख्नुहोस्।

५.      सहसम्बन्ध र कार्यकारण सम्बन्ध बिच फरक देखाउनुहोस्।

६.      अनुसन्धान कार्यमा सहसम्बन्ध र कार्यकारण सम्बन्धको महत्व लेख्नुहोस्।

७.      कार्यकारण सम्बन्धको महत्व बारेमा एक अनुच्छेदमा लेख्नुहोस्।

८.      कार्यकारण सम्बन्धको बारेमा चर्चा गरी त्यसको महत्वबारे लेख्नुहोस्।

९.      सहसम्बन्धको उपायोगिताबारे उल्लेख गर्नुहोस्।

१०.  सामाजिक अध्ययनमा सहसम्बन्धको फाइदा उल्लेख गर्नुहोस्।

११.  सहसम्बन्ध भनेको के हो ? यसलाई कती प्रकारमा विभाजन गरिएको छ? छोट्करीमा वर्णन गर्नुहोस।

१२.  सहसम्बन्धको प्रकारहरुबारे चर्चा गर्नुहोस।

Leave a Reply