पाठ : १ अनुसन्धान परिचय Introduction to Research
तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्।
१. अनुसन्धान भनेको के हो ?
कुनै एउटा घटना, क्षेत्र, स्थान, मुद्दा वा विषयवस्तुमा केन्द्रित रहेर तथ्याङ्क सङ्कलन,
व्यवस्थापन र विश्लेषण गरी निष्कर्ष निकाल्ने कार्यलाई अनुसन्धान भनिन्छ।
२. सूचना भनेको के हो ?
सूचना भनेको सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्त्वको काम,
तत्सम्बन्धी कामकारबाही वा निर्णयसँग सम्बन्धित कुनै लिखित, सामग्री वा जानकारी हो।
३. तथ्याङ्क भनेको के हो ? उदाहरण दिनुहोस्।
तथ्याङ्क वा सूचना भन्नाले कुनै तथ्य वा शब्द, वाक्य, चित्र, सङ्केत, विवरण आदि बुझिन्छ। जस्तैः परिमाणात्मक तथ्याङ्क- ५ किलोग्राम (तौल), १० मिटर (लम्बाइ/ चौडाइ), १००० रुपियाँ (आम्दानी/ खर्च) आदि।
४. असल अनुसन्धानका कुनै दुइ विशेषताहरु उल्लेख गर्नुहोस्।
असल अनुसन्धानका कुनै दुइ विशेषताहरु:
· असल अनुसन्धान समस्याको समाधानप्रति निर्देशित हुन्छ।
· यो अनुभवजन्य अध्ययन (Empirical Study) मा आधारित हुन्छ।
५. गुणात्मक सुचना भनेको कस्तो सुचना हो ?
सङ्ख्यामा व्यक्त गर्न नसकिने वा गणनागर्न नसकिने तथ्याङ्क वा सुचनालाई गुणात्मक तथ्याङ्क भनिन्छ। जस्तै- कुनै पनि कम्पनीले उत्पादित गरेको खाद्धय सामाग्रीलाई उपभोक्ताहरुले कति मन पराए? भन्ने प्रश्नको उत्तर गुणात्मक तथ्याङ्कको राम्रो उदाहरण हो।
६. सर्वेक्षण भनेको के हो ?
सर्वेक्षण भन्नाले विभिन्न प्रश्नहरु निर्माण गरी कुनै पनि विषयवस्तुको सन्दर्भमा मानिसहरुको धारणा बुझ्ने प्रक्रीया हो।
७. सामाजिक अनुसन्धान भनेको के हो ?
सामाजिक अनुसन्धान एउटा व्यवस्थित प्रकृया हो जस अन्तर्गत समाजमा हुने गतिविधि, मानवीय चिन्तन, सोच, धर्म, परम्परा आदिसँग सम्बन्धित विषयमा खोजी गर्ने कार्य गरिन्छ।
८. सैद्धान्तिक अनुसन्धान भनेको के हो ?
सैद्धान्तिक अनुसन्धान अन्तर्गत पुरानो ज्ञानलाई पुन:स्थापित गरी नयाँ तथ्यको खोजी गर्न सहयोग गर्दछ र यस अनुसन्धानले घटनाको वास्तविक यथार्थता खोज्नमा मद्दत गर्छ।
९. तथ्य र तथ्याङ्कको परिचय दिनुहोस।
तथ्य भनेको प्राकृतिक वा सामाजिक घटनाको निर्विवाद वा मान्य अवलोकन हो।
तथ्याङ्क भनेको अनुसन्धानका क्रममा सङ्कलन गरिएका सुचना र जानकारी हो।
१०. अनुसन्धान विधी र अनुसन्धान पद्धतिको विचमा एउटा फरक लेख।
अनुसन्धान विधी र अनुसन्धान पद्धतिको विचमा फरक: अनुसन्धान विधी तथ्याङ्क सङ्कलन गर्ने प्रक्रियासँग सम्बन्धित छ भने अनुसन्धान पद्धति तथ्याङ्क सङ्कलन, तथ्याङ्क विश्लेषण र प्रस्तुतीको समग्र प्रक्रियालाई जनाउँछ।
११. अनुभवजन्य अनुसन्धान भनेको के हो ?
अनुभवजन्य अनुसन्धान (Empirical Research) भनेको आफ्नो इन्द्रीयहरुको प्रयोग गरेर तथ्याङ्क सङ्कलन गरी गरिने अनुसन्धान हो।
१२. अनुसन्धानमा अन्तर्वार्ता भनेको के हो ?
अनुसन्धानका उद्देश्यहरु हासिल गर्न उत्तरदाता र अन्तर्वार्ताकार बिच गरिने दोहोरो वार्तालाप नै अन्तर्वार्ता हो। यो प्रक्रिया अनुसन्धानकर्ता र उत्तरदाताको प्रत्यक्ष संलग्नतामा हुन्छ।
१३. अन्तर्वार्ता र अवलोकन विच एक वाक्यमा फरक लेख्नुहोस ।
अन्तर्वार्ता र अवलोकन विच फरक: अनुसन्धानकर्ता र नमुना श्रोत व्यक्ति बीच निश्चित उदेश्यले निश्चित बिषयमा केन्द्रित रही गरिएको कुराकानी नै अन्तर्वार्ता हो भने कुनै विषयवस्तुको वास्तविकता थाहा पाउनको लागि प्रत्यक्ष रूपमा सहभागी भएर सम्बन्धित स्थानमा पुगेर सम्बन्धित विषयवस्तु हेर्नुलाई अवलोकन भनिन्छ।
१४. प्रश्नावली भनेको के हो ?
प्रश्नावली एउटा तथ्याङ्क सङ्कलन गर्ने विधी हो जसअन्तर्गत तयार गरिएका प्रश्नहरुको मौखिक, लिखित वा इमेलद्वारा उत्तरदाताहरुसँग उनिहरुको विचार लिने गरिन्छ।
१५. गुणात्मक सुचनाको कुनै दुइ महत्व लेख्नुहोस।
गुणात्मक सुचनाको दुइ महत्व:
विषयवस्तु र यसको विशेषताहरु पहिचान गर्न र
सामाजिक अन्तरक्रिया गरी विषयवस्तुको व्याख्या गर्न
१६. परिणात्मक सुचना भनेको के हो ?
सङ्कलन गरिएका सुचना वा जानकारी (तथ्याङ्कहरु) जसलाई सङ्ख्या वा मात्राको रुपमा प्रस्तुतगर्न सकिन्छ, त्यसलाई परिमाणात्मक तथ्याङ्क भनिन्छ।
१७. परिणात्मक सुचनाको कुनै दुइ महत्व लेख्नुहोस।
परिणात्मक सुचनाको दुइ महत्व: परिकल्पना परिक्षण गर्न र भविष्यवाणी गर्न
तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस्।
१. अनुसन्धानको परिचय दिनुहोस्।
अनुसन्धान को परिचय (Introduction to Research)
साधारण अर्थमा अनुसन्धान भनेको कुनै कुरा खोज्ने वा पत्ता लगाउने काम हो। यसलाई अङ्ग्रेजी भाषामा ‘Research’ भनिन्छ । शाब्दिक अर्थमा ‘Re’ को अर्थ पुन: र ‘search’ को अर्थ खोजी गर्नु हुन्छ। यसरी भन्नु पर्दा, अनुसन्धान भनेको कुनै पनि तथ्य, घटना वा समस्याको बारेमा खोजीगर्ने प्रक्रियालाई अनुसन्धान भनिन्छ। अनुसन्धानलाई निम्न तरिकाले परिभाषित गर्न सकिन्छ:
– यो नयाँ ज्ञान प्राप्त गर्ने व्यवस्थित प्रयास हो।
– यो सत्य तथ्य पत्ता लगाउने तरिका हो।
– ज्ञान प्राप्तीगर्नको लागी खोजीगर्ने व्यवस्थित प्रक्रिया अनुसन्धान हो।
– कुनै ठोस निष्कर्षमा पुग्न अपनाइने व्यवस्थित प्रक्रिया हो।
– नयाँ नयाँ ज्ञान प्राप्ती तर्फ उन्मुख हुने प्रक्रिया हो।
– कुनै घट्ना, अवस्था, वा स्थितीको व्यवस्थित, वस्तुनिष्ठिट एवम तथ्यपरक विश्लेषण हो ।
२. अनुसन्धानको उद्देश्यहरुको सुची बनाउनुहोस्।
३. सामाजिक अनुसन्धानको मह्त्व लेख्नुहोस।Or.
४. अनुसन्धानको मह्त्व लेख्नुहोस।
५. सामाजिक अनुसन्धानको आवश्यक्ता किन पर्छ ? कारण लेख्नुहोस।
६. सामाजिक अनुसन्धानका विशेषताहरु उल्लेख गर्नुहोस।Or,
७. असल अनुसन्धानका विशेषताहरु लेख्नुहोस।
८. तथ्याङ्कका स्रोतहरू कति प्रकारका छन् ?
९. तथ्याङ्कका स्रोतहरू कति प्रकारका हुन्छन् ? उदाहरणसहित स्पष्ट पार्नुहोस्।
१०. प्राथमिक तथा द्वितीय तथ्याङ्क बिच कुनै पाँचवटा भिन्नता देखाउनुहोस।
अनुसन्धान को परिचय (Introduction to Research)
साधारण अर्थमा अनुसन्धान भनेको कुनै कुरा खोज्ने वा पत्ता लगाउने काम हो। यसलाई अङ्ग्रेजी भाषामा ‘Research’ भनिन्छ । शाब्दिक अर्थमा ‘Re’ को अर्थ पुन: र ‘search’ को अर्थ खोजी गर्नु हुन्छ। यसरी भन्नु पर्दा, अनुसन्धान भनेको कुनै पनि तथ्य, घटना वा समस्याको बारेमा खोजीगर्ने प्रक्रियालाई अनुसन्धान भनिन्छ। अनुसन्धानलाई निम्न तरिकाले परिभाषित गर्न सकिन्छ:
– यो नयाँ ज्ञान प्राप्त गर्ने व्यवस्थित प्रयास हो।
– यो सत्य तथ्य पत्ता लगाउने तरिका हो।
– ज्ञान प्राप्तीगर्नको लागी खोजीगर्ने व्यवस्थित प्रक्रिया अनुसन्धान हो।
– कुनै ठोस निष्कर्षमा पुग्न अपनाइने व्यवस्थित प्रक्रिया हो।
– नयाँ नयाँ ज्ञान प्राप्ती तर्फ उन्मुख हुने प्रक्रिया हो।
– कुनै घट्ना, अवस्था, वा स्थितीको व्यवस्थित, वस्तुनिष्ठिट एवम तथ्यपरक विश्लेषण हो ।
अनुसन्धानको उद्देश्यहरु (Objectives/Aims of Research):
– नयाँ नयाँ ज्ञान एवम तथ्य पत्ता लगाउन।
– पुरानो ज्ञानलाई पुन:स्थापित गर्ने।
– स्पष्ट नभएका सिद्धान्तलाई स्पष्ट पार्न।
– सामाजिक घट्नाको यथार्तता खोजी गर्न।
– परिकल्पना परिक्षणगरी निष्कर्ष निकाल्न।
– समाजमा विद्दमान समस्या समाधान गर्न।
– कुनै घट्नाको कारण पत्ता लगाउन।
– विगता र वर्तमानलाई आधार बनाइ भविष्यको आँकलन गर्न।
– योजना बनाउन र प्रशासनिक कार्य गर्न।
अनुसन्धानको मह्त्व (Importance of Research)
अनुसन्धानले समाजमा विद्दमान समस्याको कारक तत्वको पहिचान गरी निराकारण गर्ने कार्य गर्छ। अहिलेको परिपेच्छमा विश्वमा सामाजिक अनुसन्धानको मह्त्व दिन प्रती दिन बढ्दै गइरहेको पाएका छौं। यसको महत्वलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ:
– सामाजिक अनुसन्धानले समाज र यससँग सम्बन्धित विषयहरुको बारेमा जानकारी दिने काम गर्द्छ।
– सामाजिक, शैक्षिक एवम राजनीतिक समस्याहरुलाई समाधान गर्ने काम गर्दछ।
– प्रतिपादित सिद्धान्तहरुलाई दैनिक जीवनमा परिक्षण गरी लागु गर्ने कार्य गर्दछ।
– ज्ञानको क्षेत्रलाई विस्तार गर्न र प्राप्त ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्ने कार्य गर्दछ।
– विगत र वर्तमानको अध्ययनगरी भविष्यको आँकलनगर्ने कार्य गर्दछ।
– कार्य क्षेत्रमा देखा परेका समस्यालाई तत्कालिन समाधानगर्ने कार्य गर्दछ।
– सिद्धान्तहरुको विकास एवम सुधारगर्ने कार्य गर्दछ।
– सरकारलाई निती निर्माण गर्न र योजना बनाउनमा सहयोग गर्दछ।
– राजनीतिक स्थिरता कायमगरी देश विकासमा सहयोग गर्नमा मद्दत गर्छ।
सामाजिक अनुसन्धानका विशेषताहरु / असल अनुसन्धानका विशेषताहरु
सामाजिक अनुसन्धान एउटा वैज्ञानिक अनुसन्धान हो जस अन्तर्गत व्यवस्थित खोजीगर्ने कार्य गरिन्छ। यसका विशेषताहरु निम्न लिखित छन:
– अनुसन्धान एउटा व्यवस्थित एवम चरणबद्ध रुपमा हुने प्रक्रिया हो।
समस्याको पहिचान → समस्याको व्याख्या विश्लेषण→ पूर्व साहित्यको समिक्षा→ उद्देश्यको निर्धारण→ परिकल्पनाको निर्माण→अनुसन्धान ढाँचाको निर्माण→ तथ्याङ्क सङ्कलन→ तथ्याङ्क विश्लेषण→ सामान्यीकरण
– यो निश्चित समस्यामा केन्द्रित हुन्छ।
– यो समस्याको समाधान प्रति निर्देशित हुन्छ।
– यो वस्तुगत र तार्किक हुन्छ।
– यो अनुभवजन्य अध्ययनमा आधारित हुन्छ।
– यसमा व्यवहारिकताको गुण विद्धमान हुन्छ।
– यसमा तथ्यको विश्वसनियता र वैधताको राम्ररी परिक्षण गरिन्छ।
– यसमा तथ्याङ्कलाई समलोचानात्मक दृष्टिकोणबाट विश्लेषण गरिएको हुन्छ।
तथ्याङ्कका स्रोतहरू (Sources of Statistics) :
तथ्याङ्कका स्रोतहरू प्राथमिक र द्वितीय गरी दुई प्रकारका हुन्छन् जुन निम्नलिखित छन्:
(क) प्राथमिक स्रोत/ प्राथमिक तथ्याङ्क् (Primary Data):
प्राथमिक स्रोतबाट वास्तविक तथ्याङ्क प्राप्त गरिन्छ। यसलाई अध्ययन गर्ने व्यक्ति वा समूहले आफैँले सङ्कलन गरेको हुन्छ। सर्भेक्षण, अन्तर्वार्ता, क्षेत्रभ्रमण, अवलोकन आदि तथ्याङ्क सङ्कलन गर्ने प्राथमिक स्रोतहरू हुन्।
(ख) द्वितीय स्रोत/ द्वितीय तथ्याङ्क वा माध्यमिक तथ्याङ्क (Secondary Data):
कतिपय तथ्याङ्क वा सूचना अनुसन्धानकर्ताबाहेक अन्य व्यक्ति वा संस्थाले पहिले नै सङ्कलन गरेका हुन्छन्। यस्ता तथ्याङ्क प्रकाशित वा अप्रकाशित दुवै हुन सक्छन्। ती स्रोतहरू जनगणना, पुस्तक, पत्रपत्रिका, इन्टरनेट तथा अन्य सञ्चार माध्यम आदि लाई द्वितीय स्रोत भनिन्छ।
प्राथमिक तथा द्वितीय तथ्याङ्क बिच भिन्नता
प्राथमिक तथ्याङ्क | द्वितीय तथ्याङ्क |
१. प्राथमिक तथ्याङ्क व्यक्ति वा समूहले आफैँले सङ्कलन गरेको हुन्छ।२. सङ्कलनमा बढी श्रोत्, साधन, समय र श्रमको खर्च हुन्छ।३. बढी विश्वासिलो हुन्छ।४. तथ्याङ्क मौलिक हुन्छ।५. कुनै उद्देश्यका निम्ति सङ्कलन गरिन्छ।६. उदाहरणको लागि- सर्भेक्षण, अन्तर्वार्ता, क्षेत्रभ्रमण, अवलोकन आदिबाट सङ्कलन गरिएका तथ्याङ्क । | १. द्वितीय तथ्याङ्क अनुसन्धानकर्ताबाहेक अन्य व्यक्ति वा संस्थाले पहिले नै सङ्कलन गरेका हुन्छन्।२. तथ्याङ्क पहिल्यै सङ्कलन गरिएकोले सहजै प्राप्त हुन्छ।३. कम विश्वासिलो हुन्छ।४. तथ्याङ्क तयारी अवस्थामा हुन्छ।५. उद्देश्य र छनौट अनुसार पहिले नै छनौट गरिएको हुन्छ।६. उदाहरणको लागि- जनगणना, पुस्तक, पत्रपत्रिका, इन्टरनेट तथा अन्य सञ्चार माध्यम आदिबाट सङ्कलन गरिएका तथ्याङ्क । |
परिमाणात्मक तथ्याङ्क र गुणात्मक तथ्याङ्क ( Quantitative and Qualitative Data):
परिमाणात्मक तथ्याङ्क:
अनुसन्धानको क्रममा विभिन्न साधनहरु जस्तै- प्रश्नावली वा अन्तरवार्ताको प्रयोग गरी सङ्कलन गारिएका तथ्याङ्कहरुलाई सांख्यीक रुपमा व्याख्या एवम विश्लेषण गरी राखिन्छ भने त्यसलाई परिणात्मक तथ्याङ्क भनिन्छ। यस अन्तर्गत गणना वा मापनगर्न सकिने तथ्याङ्कहरु पर्दछन।
परिणात्मक तथ्याङ्कका विशेषता वा गुणहरु:
– तथ्याङ्कहरु प्रष्ट र मापनयोग्य हुन्छन।
– तथ्याङ्कहरु विश्वसनिय हुन्छन।
– तथ्याङ्कलाई परिक्षण र जाँचगर्न सकिन्छ।
– तथ्याङ्कहरु सङ्ख्यात्मक मानहरुमा मापन वा गणना गर्ने सकिने हुन्छन।
– तथ्याङ्क संकलनको लागी प्रयोगहुने नमुनको आकार ठुलो हुन्छ।
– उदाहरणको लागि- ५ वर्ष, १० प्रतिशत, १०० रुपैया आदि।
परिणात्मक तथ्याङ्कका प्रकारहरु : नाप, गणना,अहिसाब, अनुमान, पूर्वानुमान आदि।
गुणात्मक तथ्याङ्क:
गुणात्मक तथ्याङ्क भनेको कुनै पनि घटना, समस्या वा मुद्दाको बारेमा प्राप्तहुने व्याख्यात्मक सुचनाहरु हुन। यसरी संकलन गरिएका तथ्याङ्कहरुलाई शाब्दिक रुपमा व्याख्या र विश्लेषणगर्न सकिन्छ।
गुणात्मक तथ्याङ्कका विशेषता वा गुणहरु:
– तथ्याङ्कहरु मानविय अनुभव र अवलोकनमा आधारित हुन्छ।
– यो लचिलो हुन्छ।
– कुनै पनि विषयवस्तुलाई फरक ढङ्गले मुल्याङ्कन गर्न सकिन्छ।
– उत्तरदाताको विचार स्वतन्त्र रुपले आउँछ।
– सङ्ख्यामा व्यक्तगर्न नसकिने मानविय व्यवहारका कुराहरुलाई प्रस्तुत गर्न सकिन्छ।
– वास्तविक परिवेश सँग सम्बन्धित हुन्छ।
– भाव्, दृश्टिकोण र बुझाइ लाई बढी प्राथमिक्ता दिन्छ।
– उदाहरण को लागि- सुन्दरता, मानविय स्वभाव, संस्कार आदि।
गुणात्मक तथ्याङ्कका प्रकारहरु: मामला अध्ययन (Case Study), धरातलीय अध्ययन (Grounded Study), समूह अध्ययन, सहभागितामुलक अनुसन्धान (Participatory Research) आदि
सामाजिक अध्ययनमा प्रयोग हुने विधिहरु ( Methods Used in Social Studies):
सामाजिक अध्ययन गर्नका लागि विभिन्न विधिहरूको प्रयोग गरिन्छ। त्यसमध्ये खोज तथा अनुसन्धान एउटा प्रमुख विधिका रूपमा रहेको छ।
सामाजिक अध्ययनमा अनुसन्धान विधिअन्तर्गत अन्य धेरै विधि प्रयोग गरिन्छ ती मद्धे प्रमुख यसप्रकार छन्:
(क) छलफल विधि: यसमा शिक्षक विद्यार्थी वा विद्यार्थी विद्यार्थीबिच विचार आदानप्रदान गरी एक निष्कर्षमा पुगिन्छ। यस विधिले जीवनोपयोगी सिप विकास गर्नसमेत सहयोग पुर्याउँछ।
(ख) प्रश्नोत्तर विधि: अध्ययन गरिएका विषयवस्तुलाई पुनरवलोकन गर्न तथा अवधारणाहरू स्पष्ट पार्न शिक्षक विद्यार्थीबिच तथा विद्यार्थी विद्यार्थीबिच प्रश्न सोध्ने र उत्तर दिने गरिन्छ।
(ग) अवलोकन विधि: कुनै घटना,स्थान वा व्यवहारलाई हेरेर सिक्ने विधि अवलोकन विधि हो।
(घ) अन्तर्वार्ता विधि: विद्यार्थीले शिक्षकबाहेक अन्य जानकार व्यक्तिसँग प्रश्नहरू सोधेर जानकारी वा सूचना सङ्कलनगर्ने तरिका नै अन्तर्वार्ता विधि हो।
(ङ) समस्या समाधान विधि: यो विद्यार्थीलाई कुनै समस्या दिएर त्यस समस्याको पहिचान, कारणहरू र समाधानका उपायहरूको खोजी गर्न लगाउने विधि हो ।
(च) क्षेत्र भ्रमण विधि: कुनै भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, औद्योगिक वा पर्यटकीय क्षेत्रमा गएर त्यससम्बन्धी अध्ययन गर्ने विधिलाई क्षेत्र भ्रमण विधि भनिन्छ।
(छ) परियोजना विधि: परियोजना विधिमा विद्यार्थीले एक्लाएक्लै वा समूहमा कुनै कार्य गरेर सिक्ने बानीको विकास हुन्छ।