कक्षा १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा एकाइ- १ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अवधारणा पाठ २ जीवनाेपयाेगी शिक्षा र सिप

पाठ: २

जीवनोपयोगी शिक्षाजीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्बन्ध

Interrelation between Life Skill Education, Life Skill Expertise and Healthy Life Style

.२.१ पूर्विय चिन्तन परम्परा र भैइरहेका अभ्यास

Eastern Intellectual Tradition and its Current Exercise

.२.२ पाश्चात्य चिन्तन परम्परा र वर्तमान अभ्यास 

Western Intellectual Tradition and its Current Exercise

तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्:

१.      जीवनोपयोगी सिप भनेको के हो ?

           मानव जीवनलाई स्वास्थ्य, सफल एवम सार्थक बनाउनका लागिआवश्यक पर्ने सिपहरुलाई 

   जीवनोपयोगी सिप भनिन्छ। 

२.      जीवनोपयोगी शिक्षा भनेको के हो ?    

   जीवनोपयोगी शिक्षा भनेको मानव जीवनलाई सहज र सरल ढङ्गले अघि बढाउनका लागि आवश्यक पर्ने सिपमूलक शिक्षा हो।

३.      स्वास्थ्य जीवन शैली भनेको कस्तो जीवन शैली हो ?Or,

४.      स्वास्थ्य जीवन शैली भनेको के हो ?              

   स्वास्थ्य जीवन शैली भन्नाले सुन्दर, शान्त र आरोग्यमय जीवन जिउने कलालाई बुझ्ने गरिन्छ। यसलाई सुखी जीवनको आधारशिला पनि भन्ने गरिन्छ।

५.      दैनिक जीवनमा प्रयोग हुने कुनै चार वटा सिपहरु उल्लेख गर्नुहोस्। 

          दैनिक जीवनमा प्रयोग हुने कुनै चार वटा सिपहरु

  •     संचारको सिप, 
  •     सिर्जनात्मक सिप, 
  •     निर्णय निर्माण को सिप, 
  •     समस्या समाधान को सिप

६.      चिन्तन (Intellect) भनेको के हो ? 

   चिन्तन एउटा यस्तो मानसिक प्रकृया हो जसमा व्यक्ति कुनै नया परिस्थितिको सामनागर्न अथवा कुनै समस्याको समाधान गर्नमा आफ्नो पुर्व अनुभवहरुको उपयोग गर्दछl

७.      पूर्वीय चिन्तन (Eastern Intellect) भनेको के हो ?

      पूर्वीय दर्शन, धर्म, संस्कार, संस्कृति, सभ्यता, रीतिथिति, कला आदिमा आधारित चिन्तन परम्परा

   पूर्वीय चिन्तन हो।

८.      वैदिक दर्शनलाई किन षड्दर्शन भनिएको हो ?

   वैदिक दर्शन अन्तर्गत ६ ओटा दर्शनहरुको समुह हुने गरेकोले यसलाई षड्दर्शन पनि भन्ने गरिन्छ।

९.      वैदिक दर्शन अन्तर्गत पर्ने ६ ओटा षड्दर्शनहरु के के हुन? लेख्नुहोस्।Or,

१०.  बौद्ध दर्शनका चारओटा आर्य सत्य के के हुन ?

         बौद्ध दर्शनका चारओटा आर्य सत्यहरु:

१.      संसारमा दुःख छ।

२.      दुःखका कारण छन् ।

३.      दुःखको निवारण छ।

४.      निवारणका लागि अष्टाङ्गिक मार्ग (प्रेम) छ।

११.    चर्वाक दर्शन अनुसार जगतको सृष्टीका लागी आवश्यक ४ ओटा तत्वहरु के के हुन?

             चर्वाक दर्शन अनुसार जगतको सृष्टीका लागी आवश्यक ४ ओटा तत्वहरु: पृथ्वी, जल, प्रकाश र वायु 

१२.  नास्तिक (Non-affirmism) दर्शनअन्तर्गत कुन कुन दर्शन पर्छन् ? 

   नास्तिक (Non-affirmism) दर्शनअन्तर्गत पर्ने दर्शनहरु: चर्वाक दर्शन, बौद्ध दर्शन, र जैन दर्शन

१३.  बसुधैव कुटुम्बकमको अर्थ लेख्नुहोस्।

   बसुधैव कुटुम्बकम हिन्दू धर्मग्रन्थ गीतामा आधारित एउटा पुर्वीय चिन्तन परम्परा हो जसले विश्वका सबै मानिसहरुलाई दाजुभाइ दिदीबहिनीको रुपमा वा आफन्तको रुपमा लिन प्रेरणा दिन्छ।

१४.  पाश्चात्य चिन्तन भनेको के हो ?

   पश्चिम युरोपबाट विकसित भएको बिचार, सिद्धान्त र धारणाहरुलाई पाश्चात्य चिन्तन भनिन्छ।

१५.  पाश्चात्य चिन्तनको उदमस्थल कुन क्षेत्रलाई मानिन्छ ?

   पाश्चात्य चिन्तनको उदमस्थल: प्राचिन ग्रीस

१६.  पाश्चात्य चिन्तन परम्पराको मुख्य श्रोत कुन परम्परालाई मानिन्छ ?

   पाश्चात्य चिन्तन परम्पराको मुख्य श्रोत ग्रीस चिन्तन परम्परा

१७.  पाश्चात्य दर्शनको विकासमा महत्वपूर्ण योगदान पुर्याउने कुनै दुई दार्शनिकहरुको नाम लेख।पाश्चात्य दर्शनको विकासमा महत्वपूर्ण योगदान पुर्याउने दुई दार्शनिकहरु:

  •           रेने डेस्कार्टस्- आधुनिक पाश्चात्य चिन्तनका जन्मदाता
  •    जोन लक- एक अनुभववादी

१८.  बौद्ध दर्शनको सार लेख्नुहोस।

   बौद्ध दर्शनको सार: शान्ती र अहिंसा मानव जीवनको सुखको अन्तिम स्रोत

१९.  आधुनिक पाश्चात्य दर्शनका जन्मदाता कसलाई मानिन्छ ?

          आधुनिक पाश्चात्य दर्शनका जन्मदाता रेने डेकार्टेलाई मानिन्छ।

२०.  धर्म सुधार आन्दोलनले मानवलाई हेर्ने दृष्टिकोणमा कस्तो परिवर्तन ल्यायो ?

   धर्म सुधार आन्दोलनले मानवलाई हेर्ने दृष्टिकोण: पाश्चात्य दर्शनको विकासक्रममा मध्यकालमा सम्पूण कुरालाई धार्मिक दृष्टिकोणबाट हेर्ने गरिन्थ्यो। मानिसको बारेमा नकारात्मक धारणाको विकास भएको थियो कि “मानव जन्मजात पापी हुन्छ।” तर त्यती बेला धर्म सुधार आन्दोलनले “मानिस सर्व  श्रेष्ठ प्राणी हो” भन्ने दृष्टिकोणलाई आगाडी बढाई मानवलाई हेर्ने दृष्टी कोणमा अहम परिवर्तन ल्यायो।

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस्:

१.      दर्शनको परिचय दिनुहोस् ।

   दर्शनशास्त्र (Philosophy):

दर्शनशास्त्र भन्नाले मानवसँग सम्बन्धित मन, ज्ञान, भ्रम, वास्तविकता, कारण वा अन्य यस्तै मानव जीवन-जगतको विषयमा धारणाको अध्ययन गर्ने शास्त्र हो। साधारणत: दर्शन भन्नाले कुनै व्यक्ति वा विशेष समूहको विचार, सोच र मानसिकता भन्ने बुझिन्छ, त्यसैको अध्ययन नै दर्शन शास्त्र हो। दर्शनशास्त्रलाई जिवनशैलीको माध्यमको रुपमा पनि लिन सकिन्छ।

दर्शन शब्द सर्वप्रथम इ.पू. ५८० मा पाइथागोरसले गरेका थिए। पाइथागोरस एक ठुला गणितिज्ञ, दार्शनिक र धार्मिक व्यक्तित्व थिए। उनले All Things Are Numbers भन्थे। त्यसपछि यो शब्द सर्वत्र प्रयोग हुँदै आयो।

नेपालीमा दर्शन शब्द संस्कृत भाषाको “दृश्” धातुबाट भएको मानिन्छ, जसको नेपालीमा अर्थ देख्नु वा हेर्नु भन्ने हुन्छ। कुनै वस्तु, घटना, व्यक्ति, व्यवहार, विचार, सिद्धान्त, विश्व ब्रह्माण्डलाई हेर्ने विश्व दृष्टिकोणलाई दर्शनले प्रतिबिम्बत गर्दछ।

यसरी भन्नु पर्दा, दर्शन एक अमूर्त चिन्तन हो, जसमा आत्मा–परमात्मा, जीवन, जगत, जीवन,

मृत्यु, प्रकृतिजस्ता कुराको रहस्य थाहा पाउन कोशिस गरिन्छ । मानिस के हो ? संसार के हो?

प्रकृति र त्यसका नियम के हुन ? सत्य के हो ? सुखदुःख भनेको के हो ? मानव जीवनका मूल्यमान्यता के हुन् ? यस जगतको उत्पत्ति कसरी भयो ? पुनर्जन्म हुन्छ कि हुँदैन ? स्वर्गनर्कको अस्तित्व छ कि छैन ? ईश्वर के हो ? आत्मा–परमात्मा के हो ? आदि विषयमा दर्शनले खोजी गरी दृष्टिकोण बनाउने र तार्किक प्रश्नको व्यवस्थित उत्तर दिने गर्दछ । मानव आचरणका लागि मार्गदर्शन गर्दछ र विज्ञानका उपलब्धीलाई अर्थसहित व्याख्या–विश्लेषण गर्दछ ।

२.      पूर्वीय चिन्तन परम्परा वा पूर्विय दर्शन  भन्नाले के बुझिन्छ ?

पूर्वीय चिन्तन परम्परा वा पूर्विय दर्शन 

पूर्विय दर्शन वा पूर्विय चिन्तन भन्नाले भारत वर्षमा प्रतिपादित दर्शन हो। यस अन्तर्गत चीनिया (कन्फुसियस) दर्शन, जापानी दर्शन, भारतीय दर्शन, नेपाली दर्शन आदि लगायत एसियाली दर्शनहरु पर्दछन। पूर्विय दर्शन खास गरी वेदमा आधारित दर्शन हो। वेद आफैमा दर्शन भने होइन तर दर्शनको आधार भने अवश्य हो।

पूर्विय दर्शनलाई दुइ खण्डमा विभाजन गर्न सकिन्छ: आस्तिक दर्शन र नास्तिक दर्शन। आस्तिक दर्शन अन्तर्गत वैदिक सिद्धान्तलाई समर्थन गर्ने मतहरु पर्दछन जस्तै- न्याय दर्शन, वैशेषिक दर्शन, वेदान्त दर्शन, मीमांसा दर्शन साङ्ख्य दर्शन र योग दर्शन। नास्तिक दर्शन अन्तर्गत वैदिक सिद्धान्तलाई जस्ताको त्यस्तै  समर्थन नगर्ने दार्शनिक विचारहरु पर्दछन जस्तै- चार्वाक दर्शन, बौद्ध दर्शन र जैन दर्शन।

पूर्वीय दर्शन, धर्म, संस्कार, संस्कृति, सभ्यता, रीतिथिति कला आदिमा आधारित चिन्तन परम्परा पूर्वीय चिन्तन हो। पूर्वीय चिन्तन परम्परामा मानव जीवनमा चरित्रलाई निकै महत्त्व दिइन्छ। मानवको चरित्र निर्माणमा धर्म, संस्कार, संस्कृति, सामाजिकीकरण, शिक्षा, कला, सिप आदिको प्रत्यक्ष प्रभाव पर्छ।

३.      आस्तिक (Affirmism) दर्शनअन्तर्गत कुन कुन दर्शन पर्छन् ?

आस्तिक (Affirmism) दर्शनअन्तर्गत पर्ने दर्शनहरु

क)       न्याय दर्शन: यस दर्शनका संस्थापक – आचार्य महर्षि गौतम

ख)      वैशेषिक दर्शन: यस दर्शनका प्रणेता- महर्षि कणाद

ग)        साङ्ख्य दर्शन: यस दर्शनका संस्थापक- महर्षि कपिल

घ)        योग दर्शन: यस दर्शनका प्रणेता- महर्षि पतन्जली

ङ)        मीमांसा दर्शन: यस दर्शनका प्रणेता- महर्षि जैमिनी

च)       वेदान्त दर्शन: यस दर्शनका प्रणेता- महर्षि व्यास

४.      पाश्चात्य चिन्तन परम्परा भन्नाले के बुझिन्छ ?

पाश्चात्य चिन्तन परम्परा

पाश्चात्य चिन्तन परम्पराको मूल स्रोत प्राचीन ग्रिस हो। ग्रिस तथा युनानी दार्शनिकहरू जस्तै सुकरात (Socrates), प्लेटो र अरस्तु (Aristotle) का विचारले पाश्चात्य चिन्तनमा प्रभाव पारेको वर्तमान युगमा पनि स्पष्ट देख्न सकिन्छ। सोक्रेट्सका शिष्य प्लेटो र प्लेटोका शिष्य एरिस्टोटल हुन्। सोक्रेट्सको तार्किक बहसको शैलीलाई पाश्चात्य दर्शनको आधारशिला मानिन्छ।

समयको आधारमा पाश्चात्य दर्शनलाई तीन भागमा बाँडेर अध्ययन गर्न सकिन्छ।

प्राचीनकाल:  ईसा पूर्व ५०० सम्मको काललाई प्राचीन काल भनिन्छ। यस कालमा पाश्चात्य दर्शनका लागी योगदान दिनेहरुमा प्रसिद्ध दार्शनिकमा सुकरात र अरस्तु पर्दछन।

मध्यकाल: ईसा पूर्व ५०० देखी लगभाग पन्ध्रौं शताब्दी सम्मको अवधिलाई मध्यकालिन दर्शन भन्ने गरिन्छ। यस कालका प्रसिद्ध दार्शनिकहरुमा अगस्टिन, सेन्ट थोमस अक्वानिस आदि हुन। यी दार्शनिकहरुले ईश्वरलाई सर्वशक्तिमान मानेर ईश्वरको अस्तित्व प्रमाणित गर्ने कोशिस गरेका छन।

आधुनिक काल: पन्ध्रौं शताब्दी पछीको समयलाई आधुनिक काल मानिन्छ। यस अवधिका प्रसिद्ध दार्शनिकहरुमा रेने देकार्ट्ज्स, जोन लक, कार्ल मार्क्स, रुसो, हेगेल आदि हुन। रेने देकार्ट्ज्सलाई आधुनिक पाश्चात्यका जन्मदाताको रुपमा लिने गरिन्छ।

पाश्चात्य चिन्तन परम्परा मानव सभ्यताको विचार हो । वर्तमान समयमा पूर्वीय चिन्तन परम्पराको विस्तार पश्चिम समाजमा पनि भइरहेको छ भने पाश्चात्य चिन्तन परम्पराको विस्तार पूर्वीय समाजमा पनि भइरहेको छ।

५.      “पाश्चात्य चिन्तन प्रगतिशिल चिन्तन हो।” यस भनाइ लाई पुष्टी गर्नुहोस।

पाश्चात्य चिन्तन प्रगतिशिल चिन्तन हो।

निश्चय नै, पाश्चात्य चिन्तन प्रगतिशिल चिन्तन हो। यसको सुरुवात प्राचिन ग्रीस चिन्तनबाट भए पनि यसको विचारधाराहरुमा समय अनुसार विभिन्न किसिमको परिवर्तन देखिएका छन।

  •     सुरुवातमा सुकरात्, प्लाटो र अरस्तु जस्ता विद्धानहरुले राजनीति, अर्थशास्त्र, मानवशास्त्र निती नियम जस्ता विषयवस्तुमा आफ्ना विचार राखी यसलाई मानवतावाद विचारधाराको रुपमा प्रस्तुत गरे।
  •     मध्यकालमा आएर मानवतावादको सोच रोमन कृस्चिनिटी (Christianity) मा परिणत भयो।यसले साहित्य, कला र दर्शनलाई नकारात्मक रुपमा हेरेर “मानिस जन्मजात पापी हुन्छ” भन्ने विचार प्रस्तुत गर्‍यो। त्यसैले यस युगलाई अन्धकारको युग (Dark Age) पनि भन्ने गरिन्छ।
  •   त्यसपछि, मार्टिन लुथरद्वारा संचालित धर्म सुधार आन्दोलनले  पादरीहरुको अतिवादको अन्त्य गरी फेरी मानवतावादको उदय गराइ मानिसलाई सर्वश्रेष्ट प्राणीको स्ंज्ञा दियो। यसलाई हामी आधुनिक युगको सुरुवात पनि भन्ने गर्छौ।
  •    १८औं शताब्दीमा आएर  फ्रान्सको राज्य क्रान्ती सँगै युरोप  ज्ञानको युगमा प्रवेश गर्‍यो र उदारवाद्, साम्यवाद जस्ता विचारहरुको जन्म भयो।
  •   दोस्रो विश्व युद्ध पछी दर्शन, कला, संस्कृति, समालोचनामा स्थापित मुल्य मान्यताहरुलाई चुनौती दिदैं नयाँ विचारहरुको उदय भयो। १९६० को दशकतिर नागरिक आधिकारका क्षेत्रमा थुप्रै आन्दोलन भइ उदारता, प्रतीनिधी मुलक लोकतन्त्र, लोकतान्त्रीक संस्कारको विकास भयो।

यसरी भन्नु पर्दा, पाश्चात्य चिन्तन समय अनुरुप परिवर्तन भइ नयाँ सोच र विचारको विकास गरेका कारण यसलाई प्रगतिशिल चिन्तनको रुपमा लिने गरिन्छ।

६.      पूर्वीय चिन्तन परम्परामा नेपालको कस्तो योगदान रहेको छ ?

पूर्वीय चिन्तन परम्परामा नेपालको योगदान

पूर्विय दर्शन वा पूर्विय चिन्तन भन्नाले भारत वर्षमा प्रतिपादित दर्शन हो। यस अन्तर्गत चीनिया (कन्फुसियस) दर्शन, जापानी दर्शन, भारतीय दर्शन, नेपाली दर्शन आदि लगायत एसियाली दर्शनहरु पर्दछन। हाम्रो राष्ट्रिय मौलिक संस्कृतिको मूल आधार जनताको श्रम संघर्ष र राष्ट्रप्रतिको समर्पणको भाव हो।

नेपाली मौलिक सांस्कृतिक पहिचान भनेको विभिन्न वर्ग, क्षेत्र, लिङ्ग र जातजातिका भाषा, धर्म, 

संस्कृति, रहनसहन, नैतिकता, चाडपर्व, भेषभूषा, रीतिथिति, विचार, खानपान, कला , शिक्षा, संगीत, 

साहित्य, श्रम, इतिहास, योग ध्यान, चालचलन, राष्ट्रिय प्रतीक, मनोरञ्जन, राजनीति, प्रकृति, नदी, 

ताल, रक्षा, विकासका पक्ष आदि हुन्। नेपालमा पूर्विय दर्शनले सिकाएको ज्ञान, नैतिकता, संस्कार,

 संस्कृति, शिक्षा, कला, सिपको गहिरो छाप परेको पाइन्छ। नेपालले पनि पूर्विय दर्शनले सिकाएका पाठहरु जस्तै- आमा बुवा, गुरु र अतिथिको सम्मान गर्ने, प्रकृतीको संरक्षण गर्ने, सबैलाई सम्मान र समान व्यवहार गर्ने दीनदु:खीको सेवा गर्ने, मितव्ययी बन्ने लगायतका जीवनोपायोगी शिक्षा र सिपहरुलाई आत्मसाथ गरी पूर्विय दर्शनमा ठुलो योगदान पुर्याएको छ।

७.      पूर्वीय चिन्तन वा दर्शनका मुख्य विशेषताहरू उल्लेख गर्नुहोस् ।

पूर्वीय चिन्तन वा दर्शनका मुख्य विशेषताहरू:

–   पूर्विय दर्शन परम्परा बहुआयामिक छ।

–   यो कन्फुसियसवाद, तायोवाद, हिन्दू र बौद्ध परम्परामा आधारित छ।

–   यसले सहअस्तित्वलाई महत्व दिन्छ।

–   यसमा अध्यात्मिक्ताको ठुलो भूमिका रहेको पाइन्छ।

–   यसले प्रकृती प्रति सम्मान देखाउँछ।

–   हामिले गरेको प्रत्यैक कर्मको भविष्यमा असर हुने कुरामा विश्वास राख्छ।

–   यसको मुल आसय- “दु:खको कारण अज्ञानता हो र अज्ञानताको समाधान ज्ञान हो”।

–   शारिरिक र मानसिक स्वास्थ्यको महत्वपूर्ण पक्ष योग, प्राणयाम र ध्यान हो।

–   यसले लोककल्याणकारी राज्यको अवधाराणालाई आत्मसाथ गर्छ।

–   यो बसुधैव कुटुम्बकम  सिद्धान्तमा आधारित छ।

८.      पाश्चात्य चिन्तन परम्पराका मुख्य विशेषताहरु उल्लेख गर्नुहोस्।

पाश्चात्य चिन्तन परम्पराका मुख्य विशेषताहरु:

–  ज्ञानको प्राप्तीलाई महत्वपूर्ण विषयको रुपमा छलफल 

–  उदारता, प्रतीनिधीमूलक, लोकतन्त्र, र लोकतान्त्रीक संस्कारको विकास

–  प्रकृतिवादी तथा मानव मूल्यमान्यता मा केन्दृत

–  बौद्धिक कल्पनामा आधारित्

–  सत्यको सिद्धान्तमा आधारित

–  दर्शनको वर्गिकरण

–  आत्मज्ञान र स्वच्छन्दतामा आधारित

–  ज्ञानको सिद्धान्तमा आधारित

–  सन्देह र जिज्ञासामा आधारित

–  प्राकृतिक नियममा आधारित      

९.   बौद्ध दर्शनका अनुसार धर्मका १० ओटा लक्षणहरु के के हुन ? लेख्नुहोस्।

बौद्ध दर्शनका अनुसार धर्मका १० ओटा लक्षणहरु

बौद्ध दर्शनका अनुसार, धर्मका १० ओटा लक्षणहरु यस प्रकार छन्:

–   धृति (धैर्य),

–   क्षमा (क्षमाशील हुनु),

–   दम (आफ्नो वासनाहरू माथि नियन्त्रण गर्न सक्नु),

–   अस्तेय (चोरी नगर्नु वा आफ्नो अधिकार नभएको वस्तु नलिनु),

–   शौच (शरीर, मन एवम् बुद्धिलाई शुद्ध एवम् पवित्र राख्नु),

–   इन्द्रिय निग्रह (इन्द्रियहरूलाई बसमा राख्नु),

–   धी (बुद्धिमानी हुनु),

–   विद्या (ज्ञान आर्जन गर्नु),

–   सत्य (मन, वचन र कर्मबाट सत्यको पालन गर्नु)

–   र अक्रोध (क्रोध नगर्नु )

तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस:

१०.  पूर्वीय चिन्तन वा दर्शन अन्तर्गत कुन कुन दर्शनहरु पर्दछन ?  सूची बनाउनुहोस्।

   पूर्विय चिन्तन वा दर्शन अन्तर्गत पर्ने दर्शनहरु

   पूर्विय दर्शन वा पूर्विय चिन्तन भन्नाले भारत वर्षमा प्रतिपादित दर्शन हो। यस अन्तर्गत चीनिया (कन्फुसियस) दर्शन, जापानी दर्शन, भारतीय दर्शन, नेपाली दर्शन आदि लगायत एसियाली दर्शनहरु पर्दछन।

पूर्विय दर्शनलाई दुइ खण्डमा विभाजन गर्न सकिन्छ: आस्तिक दर्शन र नास्तिक दर्शन

आस्तिक दर्शन अन्तर्गत वैदिक सिद्धान्तलाई समर्थन गर्ने निम्नलिखित मतहरु पर्दछन:

क)    न्याय दर्शन: यो यथार्थवादी दर्शन हो र यसका संस्थापक आचार्य महर्षि गौतम हुन।

ख)   वैशेषिक दर्शन: यस दर्शनले ईश्वर प्राप्तीको उपायहरु बताउँछ र यसका प्रणेता महर्षि कणाद हुन।

ग)     वेदान्त दर्शन: यस दर्शनले प्रकृती र पुरुषको संयोगबाटनै सृष्टीको अस्तित्व रहेको कुरामा विश्वास गर्छ। यस दर्शनका संस्थापक महर्षि  कपिल हुन।

घ)     मीमांसा दर्शन: यस दर्शन ले अष्टाङ्ग योग को साधन बाट मानिस को अज्ञानता नाश भएर जीवन सुखी र खुशी रहने कुरामा जोड दिन्छ।

ङ)     साङ्ख्य दर्शन: यो वैदिक कर्मकाण्ड र अनुष्ठानमा आधारित दर्शन हो र यसका प्रवर्तक महर्षि जैमिनी हुन।

च)    योग दर्शन: यस दर्शनको आधार उपनिषद हो र यसका संस्थापक महर्षि व्यास हुन।

नास्तिक दर्शन अन्तर्गत वैदिक सिद्धान्तलाई जस्ताको त्यस्तै  समर्थन नगर्ने निम्नलिखित दार्शनिक विचारहरु पर्दछन:

क)    चार्वाक दर्शन: यो भौतिक वादी दर्शन हो जसले ईश्वरिय शक्तिलाई अस्वीकार गर्दछ र मृत्यु पछी केहि पनि बच्दैन भन्ने कुरामा विश्वास गर्छ। त्यसकारण ऋण लिएर भए पनि जीवनमा मौज मस्ती गर्नु पर्छ भन्ने कुरामा विश्वास राख्द्छ।

ख)   बौद्ध दर्शन: बौद्ध दर्शन गौतम बुद्धको उपदेशबाट निर्मित दर्शन हो जसले ज्ञानका चार आर्य सत्यमा विश्वास राख्द्छ: संसारमा दु:ख छ। दु:खको कारण छ। दु:ख नास गर्न सकिन्छ। दु:ख हटाउने उपाय छ।

ग)     जैन दर्शनजैन दर्शनको प्रमुख आसय सबै प्राणीमा दया भाव राख्नु हो। यो एउटा प्रचिन दर्शन हो जसले पवित्रता, सत्यता र अहिंसामा विशेष जोड दिन्छ।

११.  पाश्चात्य चिन्तन परम्पराका काल खण्डमा महत्वपूर्ण योगदान पुर्याउने दार्शनिकहरुको बारेमा लेख।

पाश्चात्य चिन्तन परम्पराका काल खण्डमा महत्वपूर्ण योगदान पुर्याउने दार्शनिकहरु

पाश्चात्य चिन्तन परम्पराको मूलस्रोत प्राचीन ग्रिस हो। ग्रिस तथा युनानी दार्शनिकहरू जस्तै सुकरात (Socrates), प्लेटो र अरस्तु (Aristotle) का विचारले पाश्चात्य चिन्तनमा प्रभाव पारेको वर्तमान युगमा पनि स्पष्ट देख्न सकिन्छ।

पाश्चात्य चिन्तन परम्परालाई मुख्य गरी तीन कालखण्डमा वर्गिकरण गरेर अध्ययन गर्न सकिन्छ:

क)    प्राचीनकाल:  ईसा पूर्व ५०० सम्मको काललाई प्राचीनकाल भनिन्छ। यस कालमा पाश्चात्य दर्शनका लागी योगदान दिनेहरुमा प्रसिद्ध दार्शनिकमा सुकरात र अरस्तु (Aristotle) पर्दछन।

पाइथागोरस (Pythagoras): उनी एक महान गणितज्ञ र धार्मिक व्यक्ती थिए। उनी पूर्वजन्ममा विश्वास राख्थे। उनले  ‘All Things Are Numbers’ भन्ने गर्थे।

हिराक्लिटस (Heraclitus): उनको विचारमा संसारको मुल तत्व अग्नी हो। संसारको सबै वस्तु परिवर्तनशील छन।

प्रोटागोरस (Protagoras): उनको विचारमा संसारका सबै वस्तुहरुको मापदण्ड मानिस हो।

सोक्रेटस (Socrates): उनी तार्किक वहस विधी (Dialectic Method) लाई ज्ञान प्राप्त गर्ने मह्त्वपूर्ण विधिको रुपमा लिने गर्थे र नैतिक शिक्षामा विशेष जोड दिने गर्थे।

प्लेटो (Plato): प्लेटोका अनुसार, इन्द्रीयबाट प्राप्त ज्ञान अल्प ज्ञान हो र  पुर्णज्ञान आत्म चिन्तनबाट प्राप्त गर्न सकिन्छ।

एरिस्टोटल (Aristotle): एरिस्टोटलका अनुसार ईश्वरनै सृष्टीको आदि र अन्त्य हुन। ज्ञान प्राप्तगर्ने उत्तम विधि आगमन र निगमन (Inductive and Deductive Method) विधि हो।

ख)   मध्यकाल: ईसा पूर्व ५०० देखी लगभग पन्ध्रौं शताब्दी सम्मको अवधिलाई मध्यकालिन दर्शन भन्ने गरिन्छ। यस कालका प्रसिद्ध दार्शनिकहरुमा अगस्टिन, सेन्ट थोमस अक्वानिस आदि हुन। यी दार्शनिकहरुले ईश्वरलाई सर्वशक्तिमान मानेर ईश्वरको अस्तित्व प्रमाणित गर्ने कोशिस गरेका छन।

प्लोटिनस (Plotinus): प्लोटिनसका अनुसार, संसारका तीन प्रमुख तत्वहरु: सर्वशक्तिमान तत्व(ईश्वर्), अध्यात्म तत्त्व (ईश्वर प्राप्त गर्ने माध्यम) र आत्मिक तत्त्व (आत्मा) हुन।

सेन्ट अगस्टिन (St. Augustine): उनको विचारमा, ईश्वर सर्वशक्तिमान र सत्य हुन र उनले नै सम्पुर्ण सृष्टीको सृजना गरेका हुन।

सेन्ट थोमस एक्विनास (St. Thomas Aquinas): उनी क्याथोलिक धर्मका समर्थक थिए र मानिसले असल कर्म गरे पुण्य प्राप्त हुने र खराब कर्म गरे पाप लाग्ने कुरामा उनले जोड दिएका थिए।

ग)     आधुनिक काल: पन्ध्रौं शताब्दी पछीको समयलाई आधुनिक काल मानिन्छ। यस अवधिका प्रसिद्ध दार्शनिकहरुमा रेने देकार्ट्ज्स, जोन लक, कार्ल मार्क्स, रुसो, हेगेल आदि हुन। रेने देकार्ट्ज्सलाई आधुनिक पाश्चात्यका जन्मदाताको रुपमा लिने गरिन्छ।

बेकन (Bacon): बेकनका अनुसार वैज्ञानिक निरक्षण वा अनुभवबाट प्राप्त हुने ज्ञाननै वास्तविक ज्ञान हो।

डेस्कार्टस् (Descartes): कुनै पनि कुराको बारेमा विश्वासगर्न प्रमाणको आवश्यक्ता हुने कुरामा उनी बढी जोड दिन्थे। उनको विचारमा पदार्थ र मस्तिष्क दुइ अलग तत्व हुन।

जोन लक (John Locke): उनि अनुभववादी थिए र उनको विचारमा कुनै पनि ज्ञानको आर्जन इन्द्रीयहरुको प्रत्यक्ष अवलोकनबाट मात्र सम्भव हुन्छ।

डेभिड ह्युम (David Hume): आत्मा चेतनशील हुन्छ भन्ने कुरामा उनी विश्वास गर्थे। आत्मा चेतन अनुभवहरुको समूह हो।

रुसो (Rousseau): रुसो प्रकृतिवादी थिए र उनको विचारमा प्रकृती नै ज्ञानको श्रोत हो।

कार्ल मार्क्स (Karl Marx) : उनी द्वन्द्वात्मक भौतिकवाद दर्शनका प्रतिपादक थिए।

जोन डिवे (John Dewey): उनले पाश्चात्य दर्शनमा व्यवहारवादी दृश्टिकोणको विकास गरे ।

१२.  बौद्ध  दर्शन का चारओटा आर्य सत्य, आठओटा असल मार्गहरू (आर्य अष्टाङ्गिक मार्ग) र पञ्चशीलको उपदेशलाई उल्लेख गर्नुहोस ।

बौद्ध दर्शनका चारओटा आर्य सत्यआठओटा असल मार्गहरू (आर्य अष्टाङ्गिक मार्ग) र पञ्चशीलको उपदेश

बौद्ध  दर्शन का चारओटा आर्य सत्य, आठओटा असल मार्गहरू (आर्य अष्टाङ्गिक मार्ग) र पञ्चशीलको उपदेश यस प्रकार छन्:

बौद्ध दर्शनका चार आर्य सत्यहरु:

१.      संसारमा दुःख छ।

२.      दुःखका कारण छन्।

३.      दुःखको निवारण छ।

४.      निवारणका लागि अष्टाङ्गिक मार्ग छ।

बौद्ध दर्शनका आर्य अष्टाङ्गिक मार्गमा निम्नानुसारका कुराहरू बताइएको छ:

१.      सम्यक् दृष्टि (चार आर्यसत्यमा विश्वास गर्नु)

२.      सम्यक् सङ्कल्प (मानसिक र नैतिक विकासको प्रतिज्ञा गर्नु)

३.      सम्यक् वाक् (हानिकारक कुरा र झुठो नबोल्नु)

४.      सम्यक् कर्म (हानिकारक कर्म नगर्नु)

५.      सम्यक् जिविका (कुनै पनि स्पष्ट र अस्पष्ट हानिकारक पेसा, व्यवसाय, व्यापार नगर्नु)

६.      सम्यक् प्रयास (आफूले आफैँलाई सुधार्ने कोसिस गर्नु)

७.      सम्यक् स्मृति (स्पष्ट ज्ञानले देख्न सक्ने मानसिक योग्यता प्राप्त गर्ने कोशिस गर्नु)

८.      सम्यक् समाधि (निर्वाण प्राप्त गर्ने कोसिस गर्नु )

बौद्ध दर्शनका पञ्चशीलको उपदेशहरु निम्न अनुसार छन्:

प्राणीको हिंसा नगर्ने, झुटो नबोल्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने र मद्यपान नगर्ने नियम छन् ।

मानव जीवनमा अतिवादबाट बच्नुपर्छ र मध्यमार्गी हुनुपर्छ भनिएको छ। कुनै पनि कुरामा अन्धविश्वास नगरी आफैँले परीक्षण वा अनुभव गरेर मात्र विश्वास गर्नुपर्छ भन्ने उपदेश पनि बुद्धबाट मिल्छ।

१३.  पूर्विय चिन्तन परम्परा र पाश्चात्य चिन्तन परम्पराका समानता र प्रमुख भिन्नताहरु उल्लेख गर्नुहोस्।

पूर्विय चिन्तन परम्परा र पाश्चात्य चिन्तन परम्पराका समानताहरु यसप्रकार रहेका छन्:

–    पूर्विय चिन्तन परम्परा र पाश्चात्य चिन्तन परम्परा दुबैका चिन्तकहरु विश्वभरिका मानवजाति समान छन् भन्ने कुरामा विश्वास गर्छन।

–    यी दुबै चिन्तनले सदाचारलाई संसारिक वस्तु भन्दा माथी राख्छन।

–    दुबैले प्रकृतीलाई कारक तत्वको रुपमा लिने गरेका छन्।

–    दुबैले ईश्वरिय शक्तिमा विश्वास गर्छन्।

पूर्विय चिन्तन परम्परा र पाश्चात्य चिन्तन परम्पराका भिन्नताहरु

पूर्विय चिन्तन परम्परा पाश्चात्य चिन्तन परम्परा
१.   पूर्वीय दर्शन, धर्म, संस्कार, संस्कृति, सभ्यता, रीतिथिति, कला आदिमा आधारित चिन्तन परम्परा पूर्वीय चिन्तन हो।२.   पूर्विय चिन्तनले समूह, समाज वा व्यक्तिहरुको सोच र कार्यमा जीवनको अर्थ खोज्दछन्।३.   पूर्विय चिन्तनले वास्तविकता अज्ञानताबाट थाहा हुन्छ भन्ने मान्यता राख्द्छ ।४.   यसमा अध्यात्मिक्ताको ठुलो भूमिका रहेको पाइन्छ। ५.   यो बसुधैव कुटुम्बकम  सिद्धान्तमा आधारित छ।१.   पश्चिम युरोपबाट विकसित भएको बिचार, सिद्धान्त र धारणाहरुलाई पाश्चात्य चिन्तन भनिन्छ। २.   पश्चिमी चिन्तनले जीवनको अर्थ “म” लाई  केन्द्रमा राखरे बुझ्ने गर्छन।३.   पश्चिमी चिन्तनमा वास्तविकता तार्किक एवम् ठोस प्रमाण बाट थाहा हुन्छ भन्ने मान्यता राख्दछ।४.   यसमा ज्ञानको प्राप्तीलाई महत्वपूर्ण विषयको रुपमा छलफल गर्ने गरेको पाइन्छ।५.   यो सन्देह र जिज्ञासामा आधारित छ।

Leave a Reply