कक्षा १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा  एकाइ- २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिपहरू, पाठ : ९  शाब्दिक जानकारीलाई प्रस्तुत गर्ने तरिका  Methods of Presenting Verbal Information

पाठ : ९  शाब्दिक जानकारीलाई प्रस्तुत गर्ने तरिका

              Methods of Presenting Verbal Information

केहि महत्वपूर्ण बुँदा हरु:

Ø  अनुसन्धान कार्यको प्रस्तावना तथा प्रतिवेदन लेखन गर्दा विभिन्न शाब्दिक जानकारीहरू उल्लेख गर्नुपर्छ। कतिपय शब्दहरूको परिभाषा दिनुपर्ने हुन्छ भने धेरै दोहोरिने शब्दावलीको छोटो रूप (Abbreviation) प्रयोग गर्नुपर्ने हुन्छ। यी शब्दहरुलाई प्राविधिक शब्द भनिन्छ।

Ø  कुनै निश्चित क्षेत्रसँग सम्बन्धित शब्दलाई प्राविधिक शब्द भनिन्छ।

Ø  पादटिप्पणी (Footnotes) तथा अन्त्य टिप्पणी (Endnotes) बिच फरककुनै विषयवस्तुबारे थप जानकारी दिन वा प्रतिलिपि अधिकारसम्बन्धी जानकारी दिन पृष्ठको तल दिइने विवरणलाई पादटिप्पणी भनिन्छ भने विषयवस्तुबारे थप जानकारी दिन प्रस्तावना, प्रतिवेदन वा लेखरचनाको अन्तमा दिइने विवरणलाई अन्त्य टिप्पणी भनिन्छ ।

Ø  छोटो रुपको सूचीलाई प्रारम्भिक पानामा तालिका र चित्र सूची (List of Figures) भन्दा पछाडी लेखिन्छ।

छोटो रूपको सूचीको परिचय:

अनुसन्धानको प्रस्तावना, प्रतिवेदन तथा लेखरचनामा शब्दावलीहरू पटक पटक दोहोरिन्छन् भने तिनीहरूको छोटो रूप प्रयोग गर्ने गरिन्छ। यसो गर्दा समयको बचत हुनाका साथै लेखको लम्बाइ पनि छोटो बनाउँछ। यसबाहेक पाठकहरूलाई समेत लेखरचनाको विषयवस्तु बुझ्न सजिलोहुन्छ। जस्तै: पाठ्यक्रम विकास केन्द्र (पाविके), निर्वाचन आयोग (निआ) आदि ।त्यसपछि भने छोटो रूप मात्र प्रयोग गरिन्छ ।

छोटो रूपको सूचीको तयार गर्दा ध्यान दिनुपर्ने कुराहरू यस प्रकार छन्:

–    सूचीमा वर्णानुक्रम अनुसार छोटो रूप र सँगसँगै पूरारूप उल्लेख गरिन्छ।

–    अङ्ग्रेजी तथा नेपाली दुवै भाषामा छोटो रूप प्रयोग गरेको भए पहिला एउटा भाषाको सूची बनाइसकेपछि मात्र अर्का भाषाको छोटो रूपको सूची बनाउनुपर्छ।

–    तालिका र चित्र सूची छ भने त्यसको पछाडि र छैनभने विषयसूचीको पछाडि राखिन्छ ।

–    छोटो रूपको प्रयोग गर्दा पहिलो पटक पूरा रूप र त्यसपछी उक्त शब्द वा शब्दावलीको छोटो रूप राखिन्छ।

छोटो रूपको सूचीको परिचय:

अनुसन्धानको प्रस्तावना, प्रतिवेदन तथा लेखरचनामा शब्दावलीहरू पटक पटक दोहोरिन्छन् भने तिनीहरूको छोटो रूप प्रयोग गर्ने गरिन्छ। यसो गर्दा समयको बचत हुनाका साथै लेखको लम्बाइ पनि छोटो बनाउँछ।

उदाहरण को लागि:

छोटो रुपको सूचि (List of Abbreviaton)

पाविके = पाठ्यक्रम विकास केन्द्र  

निआ = निर्वाचन आयोग

रायोआ = राष्ट्रीय योजना आयोग्

राखेपा = राष्ट्रीय खेलकुद परिषद्

नेवानी = नेपाल वायूसेवा निगम

गाविस = गाउँ विकास समिति

शाब्दिक जानकारीलाई वर्णन र विश्लेषणगर्ने मुख्य तरिकाहरु

शाब्दिक जानकारीलाई वर्णन र विश्लेषणगर्ने मुख्य ३ वटा तरिकाहरु छन्:

१.   विषयवस्तु विश्लेषण: विषयवस्तु विश्लेषण भन्नाले शब्दको विश्लेषणलाई बुझाउँछ। जस्तै:शब्द, वाक्य, अनुच्छेद, चित्र, सङ्केत आदि।

२.   भाव विश्लेषण: भाव विश्लेषण अन्तर्गत ४ वटा चराण हरु पर्दछन: पुर्वसाहित्यको पुनरावलोकन, हरेक पङ्क्तिको साङ्केतिकरण, वर्णात्मक भावको विकास र विश्लेषण।

३.   कथानक विश्लेषण: वक्तव्य, लेख, फिल्म वा आदि घटनालाई क्रमबद्धरुपमा गरिएको प्रस्तुती कथानक विश्लेषण हो। यो मौखिक वा लिखित, लामो वा छोटो दुबै हुन सक्छ।

अभ्यास

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:

१.      प्राविधिक शब्द (Technical Term) को छोटो परिचय दिनुहोस्।

२.      पादटिप्पणी (Footnotes) तथा अन्त्य टिप्पणी (Endnotes) मा के फरक छ? Or,

३.      पाद टिप्पणी र अन्त्य टिप्पणी बिचको एउटा फरक लेख।

४.      छोटो रुपको सूची (List of Abbreaviation) कहाँ राखिन्छ ?

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्:

१.      छोटो रूपको सूचीको परिचय दिई यसलाई तयार गर्दा ध्यान दिनुपर्ने कुनै तीन कुराहरू लेख्नुहोस् ।

२.      छोटो रूपको सूचीको परिचय दिई यसको कुनै पाँच वटा उदाहरण लेख्नुहोस। 

३.      शाब्दिक जानकारीलाई वर्णन र विश्लेषणगर्ने मुख्य तरिकाहरु के के हुन? छोटकारीमा लेख।

Comment

Leave a Reply