पाठ : ८ तथ्याङ्क प्रशोधन र विश्लेषणमा माइक्रोसफ्ट एक्सेलको प्रयोग
Uses of MS Excel in Data Processing and Data Analysis
केहि महत्वपूर्ण बुँदाहरु:
Ø माइक्रोसफ्ट एक्सेल एक स्प्रेडसिट मा आधारित सफ्टवेयर हो जसलाई Windows, macOS, Android, and iOS जस्ता अपरेटिङ्ग सिस्टमका लागि माइक्रोसफ्ट कम्पनीले विकसित गरेको हो।
Ø मध्यक भनेको तथ्याङ्कको औसत (Average) हो । मध्यकलाई जहाँ भनेको तथ्य (Total Value) र n भनेको तथ्य सङ्ख्या ( Value Number) को सूत्र प्रयोग गरेर पनि निकाल्न सकिन्छ।
Ø मध्यिका भनेको परिमाणका आधारमा क्रममा मिलाएको तथ्याङ्कलाई ठिक दुई भागमा विभाजन गर्ने तथ्य हो।
Ø मध्यिका निकाल्ने सुत्र: Median (Md) = ( जहाँ N = तथ्याङ्कहरुको जम्मा सङ्ख्या)
Ø रित (Mode) भनेको तथ्याङ्कभित्र सबैभन्दा बढी दोहोरिएको वा सबैभन्दा बढी बारम्बारता (Frequency) भएको तथ्य (Value) हो। रितलाई बहुलक पनि भनिन्छ।
Ø तथ्याङ्कको सेटभित्र तथ्यहरू (Values) मध्यकबाट कति टाढा वा नजिक छन् भन्ने मापन गर्ने सूचकाङ्कलाई नै स्तरीय भिन्नता (Standard Deviation) भनिन्छ।
Ø स्तरीय भिन्नतालाई निम्नलिखित सूत्र प्रयोग गरी निकाल्न वा मापन गर्न सकिन्छ:
S =
जहाँ:
S = स्तरीय भिन्नता (Standard Deviation)
= को योगफल (Sum of..)
X = प्रत्येक तथ्य (Each Value)
= मध्यक (Mean)
n = तथ्य को सङ्ख्या (Number of Values)
माइक्रोसफ्ट एक्सेल प्रयोगगरी मध्यिका (Median) निकाल्ने तरिका
मध्यिका भनेको परिमाणका आधारमा क्रम्मा मिलाएको तथ्याङ्कलाई ठिक दुई भागमा विभाजन गर्ने तथ्य हो ।
माइक्रोसफ्ट एक्सेल (Microsoft Excel) मा तथ्याङ्कलाई प्रविष्ट गरेपछि तलका चरणहरू अनुसार मध्यिका निकाल्न सकिन्छ:
– आवश्यक भएको Cell मा क्लिक गर्नुहोस्।
– त्यस्पछी बराबर चिह्न ( = ) टाइप गर्नहोस्।
– अब Median टाइप गर्नुहोस्।
– त्यसपछि सानो कोष्ठ सुरु गरी तथ्याङ्क भएका Cell हरू Select गर्नुहोस् र कोष्ठ बन्द गर्नुहोस्। (यसको सट्टा Formulas Bar मा गएर More Functions भित्रगई Statistical मा जानुहोस्। त्यसपछि Median मा क्लिक गर्नुहोस्।)
– अब Enter Key थिच्नुहोस्। छनोट गरिएको तथ्याङ्कको मध्यिका देखिन्छ।
कम्प्युटर सफ्टवेयर प्रयोग गरी तथ्याङ्क प्रशोधन र विश्लेषण गर्दा हुने फाइदाहरु
मानिसले आफैँले गणना गर्नुभन्दा कम्प्युटर सफ्टवेयर प्रयोगगरी तथ्याङ्क प्रशोधन र विश्लेषणगर्दा निम्नलिखित फाइदा हुन्छ:
– कम्प्युटर सफ्टवेयर प्रयोगगरी तथ्याङ्क प्रशोधन र विश्लेषण गर्दा समयको बचत हुन्छ ।
– कम खर्चिलो हुन्छ।
– सुरक्षित र आपदा परेको बेला रिकभरी गर्न सजिलो हुन्छ।
– तथ्याङ्क सही र एक्कुरेट हुन्छ।
– तथ्याङ्क अधिक विश्वसनीय हुन्छ।
– कम्प्युटर सफ्टवेयर प्रयोग बाट परिणात्मक र गुणात्मक तथ्याङ्क दुबै निकाल्न र विश्लेषण गर्न सकिन्छ।
माइक्रोसफ्ट एक्सेल (Microsoft Excel)
माइक्रोसफ्ट एक्सेल एक स्प्रेडसिट मा आधारित सफ्टवेयर हो जसलाई Windows, macOS, Android, and iOS जस्ता अपरेटिङ्ग सिस्टमका लागि माइक्रोसफ्ट कम्पनीले विकसित गरेको हो।
यसलाई परिणात्मक तथ्याङ्क प्रशोधनगर्न र विश्लेषणगर्न प्रयोग गरिन्छ। जसरी रजिष्टरमा पेन्सिलले पङ्ती (Row) र स्तम्भ (Column) बनाएर तथ्याङ्क तयार पारिन्छ त्यसरी नै माईक्रोसफ्ट एक्सेल अन्तर्गत तथ्याङ्कलाई व्यवस्थितगर्न वर्कसिट बनाइन्छ। माईक्रोसफ्ट एक्सेलको एउटा सिट (Sheet) मा १६,३८४ वटा Column र १०,४८,५७६ वटा Rows हुन्छन।
माइक्रोसफ्ट एक्सेल खोल्ने तरिका:
Windows को कुनै पनि भर्सनमा निम्नलिखित चरणहरूबाट माइक्रोसफ्ट एक्सेल खोल्न सकिन्छ:
– Start मेन्युमा क्लिक गर्नुहोस्।
– All Programs मा जानुहोस्।
– Scroll गर्दै गएर माइक्रोसफ्ट एक्सेल (Microsoft Excel) मा क्लिक गर्नुहोस्। अब माइक्रोसफ्ट एक्सेल आफैँ खुल्छ।
माइक्रोसफ्ट एक्सेल (Microsoft Excel) मा मध्यक (Mean) निकाल्ने तरिका
मध्यक (Mean) भनेको तथ्याङ्कको औसत हो। माइक्रोसफ्ट एक्सेलमा तथ्याङ्कलाई प्रविष्ट गरेपछि निम्नचरणहरू अनुसार मध्यक
निकाल्न सकिन्छ:
– आवश्यक भएको Cell मा क्लिक गर्नुहोस्।
– त्यसपछि बराबर चिह्न ( = ) टाइप गर्नहोस्।
– अब AVERAGE टाइप गर्नुहोस् । त्यसपछि सानो कोष्ठ सुरु गरी तथ्याङ्क भएका Cell हरू Select गर्नुहोस् र कोष्ठ बन्द गर्नुहोस्। (यसको सट्टा Formulas Bar मा गएर More Functions भित्र गई Statistical मा जानुहोस्। त्यसपछि AVERAGE मा क्लिक गर्नुहोस्।)
– अब Enter Key थिच्नुहोस्। छनोट गरिएको तथ्याङ्कको मध्यक देखिन्छ।
माइक्रोसफ्ट एक्सेल (Microsoft Excel) मा रित (Mode) निकाल्ने तरिका
रित (Mode) भनेको तथ्याङ्कभित्र सबैभन्दा बढी दोहोरिएको वा सबैभन्दा बढी बारम्बारता (Frequency) भएको तथ्य (Value) हो। रितलाई बहुलक पनि भनिन्छ।
माइक्रोसफ्ट एक्सेलमा तथ्याङ्कलाई प्रविष्ट गरेपछि तलका चरणहरू अनुसार रित निकाल्न सकिन्छ:
– आवश्यक भएको Cell मा क्लिक गर्नुहोस्।
– त्यसपछि बराबर चिह्न ( = ) टाइप गर्नहोस्।
– अब MODE टाइप गर्नुहोस् ।
– त्यसपछि सानो कोष्ठ सुरु गरी तथ्याङ्क भएका Cell हरू Select गर्नुहोस् र कोष्ठ बन्द गर्नुहोस् । (यसको सट्टा Formulas Bar मागएर More Functions भित्र गई Statistical मा जानुहोस्। त्यसपछि MODE मा क्लिक गर्नुहोस्।)
– अब Enter Key थिच्नुहोस्। अब छनोट गरिएको तथ्याङ्कको रित (Mode) देखिन्छ।
माइक्रोसफ्ट एक्सेल (Microsoft Excel) मा स्तरीय भिन्नता (Standard Deviation) निकाल्ने तरिका
तथ्याङ्कको सेटभित्र तथ्यहरू मध्यकबाट कति टाढा वा नजिक छन् भन्ने मापन गर्ने सूचकाङ्कलाई नै स्तरीय भिन्नता (Standard Deviation) भनिन्छ। Microsoft Excel मा स्तरीय भिन्नता (Standard Deviation) गणना गर्नका लागि तथ्याङ्कलाई प्रविष्ट गरेपछि तलका चरणअनुसार निकाल्न सकिन्छ:
– आवश्यक भएको Cell मा क्लिक गर्नुहोस्।
– त्यसपछि बराबर चिह्न ( = ) टाइप गर्नहोस्।
– अब STDEV टाइप गर्नुहोस्।
– त्यसपछि सानो कोष्ठ सुरु गरी तथ्याङ्क भएका Cell हरू Select गर्नुहोस् र कोष्ठबन्द गर्नुहोस् । (यसको सट्टा Formulas Bar मा गएर More Functions भित्र गई Statistical मा जानुहोस् । त्यसपछि STDEV मा क्लिक गर्नुहोस्।)
– अब Enter Key थिच्नुहोस्।
– अब छनोट गरिएको तथ्याङ्कको स्तरीय भिन्नता (Standard Deviation) देखिन्छ।
अभ्यास
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:
१. माइक्रोसफ्ट एक्सेलको छोटो परिचय दिनुहोस् ।
२. मध्यक (Mean) भनेको के हो ?
३. मध्यक निकाल्ने सुत्र लेख ।
४. मध्यिका निकाल्ने सुत्र लेख ।
५. मध्यिका (Median) भनेको के हो ?
६. रित (Mode) भनेको के हो ?
७. स्तरीय भिन्नता (Standard Deviation) भनेको के हो ?
८. स्तरीय भिन्नता निकाल्ने सुत्र लेख ।
९. स्तरीय भिन्नताले के मापन गर्छ ?
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्:
१. माइक्रोसफ्ट एक्सेल प्रयोगगरी मध्यिका (Median) निकाल्ने तरिका लेख्नुहोस्।
२. मानिसले आफैँले गणना गर्नुभन्दा कम्प्युटर सफ्टवेयर प्रयोग गरी तथ्याङ्क प्रशोधन र विश्लेषण गर्दा के के फाइदा हुन्छ ? कम्तीमा पाँच बुँदामा लेख्नुहोस् ।
३. माइक्रोसफ्ट एक्सेल (Microsoft Excel) को परिचय दिइ खोल्ने तरिका लेख्नुहोस।
४. माइक्रोसफ्ट एक्सेल (Microsoft Excel) मा मध्यक (Mean) निकाल्ने तरिका उल्लेख गर्नुहोस।
५. माइक्रोसफ्ट एक्सेल (Microsoft Excel) मा रित (Mode) निकाल्ने तरिका उल्लेख गर्नुहोस।
६. माइक्रोसफ्ट एक्सेल (Microsoft Excel) मा स्तरीय भिन्नता (Standard Deviation) निकाल्ने तरिका उल्लेख गर्नुहोस।