कक्षा १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा एकाइ- १ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अवधारणा

पाठ: १ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्धInterrelation between Social Studies and Life Skill Education

 तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस:

१.   सामाजिक अध्ययन भनेको के हो ?

   सामाजिक अध्ययन भनेको मानव प्रकृति, मानविय गतिविधी तथा मानव संशाधनको समग्र अध्ययन हो ।

२.  जीवनोपायोगी शिक्षा के लाई भनिन्छ ? Or, जीवनोपायोगी शिक्षाको अर्थ लेख्नुहोस्।

  मानव जीवनलाई सरल, सहज र सफल बनाउनका लागी आवश्यक पर्ने सिपहरुलाई जीवनोपायोगी सिप भनिन्छ । जस्तै- अध्ययन सिप, समूहकार्य सिप आदि।

३.  सामाजिक शिक्षाको एउटा उद्देश्य लेख्नुहोस्।

  सामाजिक शिक्षाको एउटा उद्देश्य- मानिसलाई जीवनमा व्यवहारिक रुपमै उपयोग हुने सिप सिकाउने

४.   सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा एकअर्कासँग सम्बन्धित विषय हुन। एक वाक्यमा प्रष्ट पार्नुहोस।

   जीवनोपयोगी सिपहरुको शिक्षण तथा प्रशिक्षणगर्ने क्रममा युवा सिकारुहरुले जीवनमा घट्ने घटना र अनुभवहरुलाई अध्ययन र अनुसन्धान गरेर आफु र आफ्नो समाजको बारेमा एउटा  नयाँ दृष्टिकोणको निर्माण गर्दछन र यही शिक्षण विधिलाई सामाजिक अध्यायनको शिक्षणमा प्रयोग गरिन्छ, तसर्थ  सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा एकअर्कासँग सम्बन्धित विषय हुन।

५.  विश्व स्वास्थ्य सङ्गठनले सन् १९९९ मा जीवनोपयोगी सिपअन्तर्गत छ ओटा पहिचान गरिएका मुख्य क्षेत्रहरू मद्धे कुनै दुइ ओटा उल्लेख गर्नुहोस।

  विश्व स्वास्थ्य सङ्गठनले सन् १९९९ मा जीवनोपयोगी सिपअन्तर्गत छ ओटा पहिचान गरिएका क्षेत्रहरू मद्धे मुख्य दुइक्षेत्रहरू:

  क)    सञ्चार र अन्तरर्वैयक्तिक सिप

  ख)   निर्णय गर्ने र समस्या समाधान सिप

६.  कुनै चार ओटा जीवनोपयोगी सिपहरु उल्लेख गर्नुहोस्।

         चार ओटा जीवनोपयोगी सिपहरु: संचार सिप, समूहकार्य सिप, नेतृत्व सिप, तनाव व्यवस्थापन सिप, समस्या समाधान सिप आदि। 

७.      नेपालको प्राचीन परम्परामा कती वटा विद्या, शास्त्र र कलाहरुको अध्ययन हुने गरेको पाइन्छ?

   नेपालको प्राचीन परम्परामा १४ विद्या१८ शास्त्र र ६४ कलाको अध्ययन हुने गरेको पाइन्छ।

८.    चार ओटा वेदहरूको नाम लेख।

   चार ओटा वेदहरूको नाम: ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद

९.      छ ओटा वेदाङ्गहरूहरुको नाम लेख ।

    छ ओटा वेदाङ्गहरूहरुको नाम: शिक्षा, कल्प, व्याकरण, निरुक्त, ज्योतिष र छन्द

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस्।

१.      जीवनोपयोगी शिक्षामा समावेश हुने विषयवस्तुहरू के कस्ता छन् ?

जीवनोपयोगी शिक्षा (Life Skill Education):

जीवनोपयोगी सिप सिकाउने शिक्षा जीवनोपयोगी शिक्षा हो। जीवनोपयोगी शिक्षा मानव जीवनमा पेसागत दक्षताका लागि जरुरी प्राविधिक वा व्यावसायिक ज्ञान र सिपका साथसाथै सामाजिक जीवनमा जुनुसुकै पेसाका व्यक्तिका लागि अत्यावश्यक सिपहरूको सिकाइसँग सम्बन्धित विषय हो।

जीवनोपयोगी शिक्षामा समावेश हुने विषयवस्तुहरू

जीवनोपयोगी शिक्षामा समावेश हुने विषयवस्तुहरू यसप्रकार छन्:

–    सामाजिक परिवेश,

–    संसाधनको उपलब्धता,

–    स्थानीय र राष्ट्रिय आवश्यकता,

–    मनोसामाजिक पक्षहरू र व्यक्तिमा अन्तर्निहित गुणहरूलाई उजागर गर्ने क्रियाक्लापहरु,

–    व्यक्ति स्वयम्को शारीरिक, मानसिक र आध्यात्मिक समुन्नतिका लागि गरिने क्रियाक्लापहरु,

–    व्यक्तिहरू, समुदाय र समाजसँग उपयुक्त व्यवहार गर्ने दृष्टिकोणको विकास,

–    सभ्य सामाजिक सम्बन्ध,

–    नैतिक मर्यादापूर्ण व्यवहार,

–    प्रभावकारी सञ्चार गर्ने सिप तथा समूहमा कामगर्ने सिपको सिकाइ,

–    नागरिकका हैसियतमा अधिकार र कर्तव्यको बोध,

–    जीवन र जगतको सम्बन्ध आदि

जीवनोपयोगी शिक्षाका कारणले व्यक्तिमा असल चरित्र,सिर्जनात्मकता, नैतिकता, व्यावहारिक कुशलता र असल व्यक्तित्वको विकास हुने मानिन्छ ।

२.      सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा कसरी अन्तरसम्बन्धित छन्?

३.      सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्ध प्रष्ट पार्नुहोस्।

४.      सामाजिक अध्ययन र जीवनोपयोशिक्षाको अन्तरसम्बन्धलाई पाँच बुँदामा उल्लेख गर्नुहोस्।

सामाजिक अध्ययन र जीवनोपयोशिक्षा बिचको अन्तरसम्बन्ध

सामाजिक अध्ययन अन्तर्गत मानव र मानव समाजसँग सम्बन्धित विभिन्न पक्षबारे गरिने खोजी, अध्ययन एवम् विश्लेषणका क्रममा जीवनोपयोगी सिप पनि अपरिहार्य छन्। सामाजिक अध्ययन विषयका सिकाइ क्रियाक्लापहरू तथा परियोजना कार्यहरू गर्दा पनि जीवनोपयोगी सिप हासिल हुन्छन्।

  • सामाजिक अध्ययन विभिन्न सामाजिक विज्ञानका विषयवस्तुहरू मिलेर बनेको शैक्षिक कार्यक्रम हो भने अर्को तिर जीवनोपयोगी शिक्षा तिनै सामाजिक विज्ञानका विषयहरूको व्यावहारिक जीवनमा सम्बन्धित सिपयुक्त शिक्षा हो।
  • सामाजिक अध्ययनले मानवका भौतिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा आर्थिकलगायतका आयामहरूको ज्ञान गराउनुका साथसाथै जीवनोपयोगी शिक्षाअन्तर्गत पर्ने सिपहरूको सिकाइलाई पनि समावेश गरेको हुन्छ।
  •  जीवनोपयोगी शिक्षाले जीवनदर्शन र मानवीय मूल्यमान्यताहरूको बोध गराउँछ। यसले त्यस्ता मूल्यमान्यताहरूलाई सामाजिक व्यवहारमा प्रदर्शन गर्न मदत पनि गर्छ।
  •  सामाजिक अध्ययनका कतिपय विषयवस्तुहरु जस्तै सूचना तथा सञ्चार प्रविधि सामाजिक सञ्जालका एप्लिकेसनहरू, परियोजना कार्य समूहकार्य, वित्तीय साक्षरता आदि विषयवस्तुहरू जीवनोपयोगी शिक्षाका पनि विषयवस्तुहरू हुन् ।
  •  सामाजिक रूपान्तरण, विकास निर्माण, शान्ति र सुव्यवस्था, सम्पदा संरक्षण, स्वस्थ एवम् मितव्ययी जीवनशैली सम्बन्धी सैद्धान्तिक ज्ञान सामाजिक अध्ययनबाट प्राप्त हुन्छ भने यी विषयहरूलाई व्यावहारिक रूपमा आत्मसात गर्न आवश्यक सिप जीवनोपयोगी शिक्षाबाट प्राप्त हुन्छ।
  • जीवनोपयोगी शिक्षाले व्यक्तिलाई समाजका विभिन्न पक्षहरू जान्न र सामाजिक विषयवस्तुको विश्लेषण गर्न पनि सिकाउँछ । सञ्चार र अन्तर्वैयक्तिक सिप हासिल गर्ने क्रममा अध्येताले समाजमा रहेका व्यक्ति, समूह, संस्था र ठुलो जनसमुदायको संरचना र आपसी सम्बन्धबारे ज्ञान हासिल पनि गरेको हुन्छ ।
  • जीवनोपयोगी शिक्षाले जीवनोपयोगी सिपलाई मुख्य विषयवस्तु बनाउँदै सामाजिक अध्ययनका विषयवस्तु पनि ज्ञान गराइरहेको हुन्छ भन्ने यो एउटा उदाहरण हो ।

जीवनोपयोगी शिक्षाको अभ्यास वास्तवमा समाजको अध्ययनका विविध आयामसँग प्रत्यक्षतः सम्बद्ध हुन्छ । यसले व्यक्तिलाई समाजको सदस्यका रूपमा गर्नु पर्ने कर्तव्य र पाउनुपर्ने अधिकारबारे सचेत गराई त्यसका लागि आवश्यक सिपसमेत दिन्छ। जीवनोपयोगी शिक्षाले जीवनोपयोगी सिपसँगै सामाजिक अध्ययनका विषयवस्तुलाई पनि समावेश गरेको हुन्छ ।यसरी सामाजिक अध्ययनले जीवनोपयोगी शिक्षाका लागि पनि मदत पु¥याउँछ र जीवनोपयोगी शिक्षाको अध्ययनबाट सामाजिक अध्ययनका लागि उपयोगी विषयवस्तुको ज्ञान पनि हुन्छ। त्यसैले सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा अन्तरसम्बन्धित छन् भनिएको हो।

५.      सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाका विषयवस्तुहरुको चर्चा गर्नुहोस्।

सामाजिक अध्ययनका विषयवस्तुहरु:

–  सामाजिक अध्ययनको विषयवस्तु बृहत हुन्छ।

–  राजनीतिक व्यवस्था र समसामायिक परिस्थिती अनुसार निर्माण र परिमार्जन हुन्छ।

–  यो सामाजिक विज्ञानहरुको बिभिन्न नरम विषयवस्तुहरु मिलेर बनेको विषय हुन्छ।

–  यसमा इतिहास, भूगोल, कानुन, राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र लगायतका विषयहरु समावेस गरिएको हुन्छ।

–  सामाजिक अध्यायनले व्यवहारिक विषयहरुमा जोड दिन्छ।

–  नागरिक चेतना, कुटनीति, रणनीती जस्ता जीवनोपायोगी शिक्षाको विषयहरुले सामाजिक अध्ययनको पाठ्यक्रममा महत्वपूर्ण स्थान ओगट्दछन।

जीवनोपयोगी शिक्षामा समावेश हुने विषयवस्तुहरू

जीवनोपयोगी शिक्षामा समावेश हुने विषयवस्तुहरू यसप्रकार छन्:

–    सामाजिक परिवेश,

–    संसाधनको उपलब्धता,

–    स्थानीय र राष्ट्रिय आवश्यकता,

–    मनोसामाजिक पक्षहरू र व्यक्तिमा अन्तर्निहित गुणहरूलाई उजागर गर्ने क्रियाक्लापहरु,

–    व्यक्ति स्वयम्को शारीरिक, मानसिक र आध्यात्मिक समुन्नतिका लागि गरिने क्रियाक्लापहरु,

–    व्यक्तिहरू, समुदाय र समाजसँग उपयुक्त व्यवहार गर्ने दृष्टिकोणको विकास,

–    सभ्य सामाजिक सम्बन्ध,

–    नैतिक मर्यादापूर्ण व्यवहार,

–    प्रभावकारी सञ्चार गर्ने सिप तथा समूहमा कामगर्ने सिपको सिकाइ,

–    नागरिकका हैसियतमा अधिकार र कर्तव्यको बोध,

–    जीवन र जगतको सम्बन्ध आदि

६.      जीवनोपयोगी सिपअन्तर्गत पर्ने छ ओटा मुख्य क्षेत्रहरू के के हुन् ?

जीवनोपयोगी सिपअन्तर्गत पर्ने मुख्य क्षेत्रहरू

विश्व स्वास्थ्य सङ्गठनले सन् १९९९ मा जीवनोपयोगी सिपअन्तर्गत निम्नानुसारका छ ओटा मुख्य क्षेत्रहरू पहिचान गरेको छ :

क)    सञ्चार र अन्तरर्वैयक्तिक सिप

ख)   निर्णय गर्ने र समस्या समाधान सिप

ग)     सिर्जनात्मक र समालोचनात्मक सोचाइ सिप

घ)     आत्मजागरुकता र समानुभूति

ङ)     दृढता र समभाव वा आत्मनियन्त्रण

च)    उत्थानशिलता र समस्यालाई सम्बोधन गर्ने क्षमता

७.      सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा बिचको अन्तर वा भिन्नता प्रस्तुत गर्नुहोस ।

सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा बिचको अन्तर वा भिन्नता

सामाजिक अध्ययनजीवनोपयोगी शिक्षा
१.   सामाजिक अध्ययन सामाजिक विज्ञानमा आधारित विद्द्यालय को पाठ्यक्रममा पढाइने एउटा विषय हो जसले मानविय सम्बन्धको अध्यायन गर्ने गर्छ।२.   यसका प्रमुख सिपहरु: पठन सिप, बौद्धिक सिप र सामाजिक सिप हुन ।३.   सामाजिक अध्ययन २०औं शताब्दीमा सुरु भएको विषय हो।४.   सामाजिक अध्ययनको मुख्य उद्देश्य  राष्ट्रप्रति असल र निष्टावान नागरिक उत्पादन गर्नु हो।५.   सामाजिक अध्ययनले व्यक्तिलाई समाजमा सामाजिकीकरण गराउँदछ।१.जीवनोपयोगी शिक्षा मानिसमा ज्ञान र सिपको अभिवृधि गरी व्यवहारमा आमुल परिवर्तन ल्याउने एउटा महत्वपूर्ण शिक्षा हो।२.यसका प्रमुख सिपहरुमा संचार सिप, सिर्जानात्मक सिप, तनाव व्यवस्थापन सिप, निर्णय निर्माण सिप आदि पर्दछन।३.सन १९८६ मा ओटावा चार्टर फर हेल्थ एजुकेसनले जीवनोपायोगी सिपलाई परिचित गराएको थियो ।४.यसको प्रमुख उद्देश्य व्यक्तिलाई चुस्त र दुरुस्तहुने सिप प्रदान गर्नु हो।५.यसले मानिसलाई जीवन जिवने कला सिकाउँदछ।

८.      सामाजिक अध्ययन र जीवनोपायोगी शिक्षा शिक्षणमा प्रयोग हुने विधिहरु उल्लेख गर्नुहोस्। Or,
९.      “सामाजिक अध्ययन र जीवनोपायोगी शिक्षाको शिक्षण विधि समान छ।” यस भनाईलाई पुष्टी गर्नुहोस्। 

सामाजिक अध्ययन र जीवनोपायोगी शिक्षा शिक्षणमा प्रयोग हुने विधिहरु

सामाजिक अध्ययन र जीवनोपायोगी शिक्षाको शिक्षण विधि समान छ किनकी यो दुबैको शिक्षण सिकाइमा निम्न लिखित विधिहरुको प्रयोग गर्ने गरिन्छ:

क) छलफल विधि: जोडी वा समुहमा छलफल गरी विचारको आदान प्रदान र अनुभवको साटा साट गरी सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ।

ख) अवलोकन वा भ्रमण विधि: कुनै निश्चित ठाँउ जसले भौगोलिक, सांस्कृतिक, राजनितिक वा आर्थिक महत्व बोकेको हुन्छ त्यसको भ्रमण गरी सिकाइ प्राप्त गर्नु भ्रमण वा अवलोकन विधी हो।

ग) नाटकीकरण विधि: सम्बन्धित विषयवस्तुलाई स्क्रीप्टको माध्यम द्वारा अभिनयगरी सिकाइलाई अझ प्रभावकारी बनाउन सकिन्छ।

घ) समस्या समाधान विधि: वास्तविक समस्याको पहिचान गरी सकेपछि, पत्ता लगाइएको विभिन्न विकल्पहरु मद्धे उपयुक्त विकल्पको छनोट गरी त्यसको कार्यान्वयन गर्नुलाई समस्या समाधान विधी भन्ने गरिन्छ।

ङ) प्रदर्शन विधि: चार्ट, नक्सा, तालिका, तथा प्रतिरुपहरुको निर्माण गरेर कक्षा कोठामा प्रदर्शन गरी शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ।

च) प्रश्नोत्तर विधि: महत्वपूर्ण विषयमा छलफलगरी प्रश्न उत्तरको माध्यमबाट विचार आदान प्रदान गरी निष्कर्ष निकाल्ने विधिलाई प्रश्नोत्तर विधि भन्ने गरिन्छ।

छ) सामाजिक अध्ययन ल्याब: सामाजिक अध्ययन ल्याब भित्र विभिन्न स्रोतहरु जस्तै- प्रतिरुपहरु, श्रव्यदृश्य सामाग्रीहरु, सांस्कृतिक पोशाकहरु, भाँडाकुँडा, हतियार, सिक्का, ग्लोब, नक्सा आदिसामाग्रीहरुको उपस्थितीमा शिक्षण सिकाइ प्रभावकारी हुन्छ। 

तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस्।

१०.  सामाजिक अध्ययन र जीवनोपयोशिक्षा बिचको अन्तरसम्बन्धको चर्चा गर्नुहोस्।

  ( उत्तरको लागी प्रश्न नं. २,३, ४ को उत्तर हेर्नुहोस्) 

११.  “जीवनोपयोगी शिक्षा आजको आवश्यकता” शीर्षकमा एक सम्पादकीय लेख्नुहोस ।

जीवनोपयोगी शिक्षा आजको आवश्यकता

  • मानवजीवनको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षा अपरिहार्य हुन्छ।
  • शिक्षाले अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराएर उत्कृष्टता हासिल गर्नेतर्फ उन्मुख गराउन सक्नुपर्दछ।
  • शिक्षाले दैनिक जीवनमा आइपर्ने चुनौतीलाई सहजरूपमा सामना गर्नसक्ने सिर्जनात्मक एवं रचनात्मक प्रतिभाको विकास गर्न सक्नुपर्दछ।
  • श्रमप्रति आस्था र विस्वास राख्ने लगनशील पौरखी नागरिक उत्पादन गर्ने शिक्षाको उद्देश्य  हुनुपर्दछ। जीवनोपयोगी व्यावहारिक शिक्षाको सुनिश्चितता आजको आवश्यकता हुनुपर्छ।
  • शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्दछ। माछा मारेर खुवाउनेभन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्दछ।
  • अतः दैनिक जीवनमा प्रयोग गर्ने खालको शिक्षा हुनुपर्दछ।
  • कुनै व्यक्तिको प्रमाणपत्रको प्राप्तांकभन्दा पनि उसले देखाउने बानीव्यवहार, चालचलन, चरित्रको आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्दछ।
  • पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्धतिलाई विद्यार्थी केन्द्रित गरिनुपर्दछ।
  • त्यस्तै विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्धति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्दछ।
  • राज्यले तोकेको पाठयक्रमको अतिरिक्त तीव्र गतिमा परिवर्तन आएको विज्ञान र प्रविधिलाई विद्यालयमा प्रवेश गराउनुपर्दछ।
  • विद्यालयको वातावरण विद्यार्थीको वैयक्तिक एवं पारिवारिक विभिन्नतालाई उच्च मूल्याकंन गरेर सोहीअनुसार अधिकतम सम्बोधन गर्ने खालको बालमैत्री हुनुपर्दछ।
  • विद्यार्थीले सामान्यतया छ घण्टा मात्रै विद्यालय र बाँकी १८ घण्टा घरपरिवार र समुदायमा बिताउँछन्।
  • तसर्थ घरपरिवार र समुदायप्रति जिम्मेवार र जवाफदेहीपूर्वक व्यवहार गर्ने ल्याकतको विकास उनीहरूमा गरिनुपर्दछ।
  • घर परिवारमा पनि सहज शैक्षिक वातावरण बनाउन विद्यालयले विद्यार्थीको पठनपाठन बारेमा अभिभावकसँग निरन्तर सम्पर्क राख्ने नीति लिनुपर्दछ। त्यसकारण त्यहाँको वातावरण पनि बालबालिकाको रुचि र क्षमताअनुसार दिनानुदिन विज्ञान र प्रविधिमा भइराखेको प्रगतिको उच्चतम प्रयोगको अभ्यास गर्ने गराउने सहज अवसर पाउने खालको हुनुपर्दछ।
  • उनीहरूको जीवनशैलीलाई सुविधा सम्पन्न, प्रभावकारी र प्रभावशाली बनाउँदै निरन्तर समाज र देशलाई प्रगतिन्मुख बनाउन प्रयत्नशील जिम्मेवार नागरिक बनाउने खालको प्रगतिशील शिक्षा आजको खाँचो हो।

Leave a Reply