लुम्बिनी अध्ययन भ्रमण
१ परिचय
१.१ पृष्ठभूमी:
विद्यार्थीको सिकाइलाई बढी उपलब्धिमूलक र प्रभावकारी बनाउन शिक्षण क्रियाकलापका क्रममा बिभिन्न शिक्षण बिधिहरु प्रयोग गरिनु आवश्यक हुन्छ। ती बिधिहरु मध्ये अन्वेषण र अवलोकन बिधि पनि एक प्रभावकारी बिधि हो। यसै सन्दर्भमा विद्यार्थीहरुलाई लुम्बिनी क्षेत्रको भ्रमण गराइ विभिन्न प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षका बारेमा प्रत्यक्ष साक्षात्कारगर्ने अवसरको रुपमा यो भ्रमण केन्दृत छ। भ्रमणको क्षेत्रको रुपमा लुम्बिनी क्षेत्र र यसको आसपासको अन्य क्षेत्रहरुको बिबिध पक्षहरुलाई समेत अध्ययन अवलोकनको विषयवस्तु बनाइएको थियो।
१.२ समस्याको कथन:
नेपाल एउटा बहुजातिय, बहुभाषिक तथा बहुधार्मिक मुलुक हो। कक्षा ११ र १२ को सामाजिक अध्ययन तथा जीवनोपायोगी शिक्षा विषय अन्तर्गत भ्रमण अध्ययनको विषयवस्तु समावेश गारिएकोले विद्दार्थीहरुलाई सो को बारेमा जानकारी गराउन एउटा धार्मिक एवम एतिहासिक ठाँउको प्रत्यक्ष अवलोकन गराउनुपर्ने आवश्यक देखिन्छ।
१.३ भ्रमणका उद्देश्यहरु:
यस अध्ययनका लागि तय गरिएका उद्देश्य निम्न बमोजिम रहनेछन्:
– लुम्बिनी क्षेत्रमा भेटिएका पुरातात्विक वस्तुहरुको अवलोकन गर्न।
– यस क्षेत्रको धार्मिक, शैक्षिक, एतिहासिक तथा पर्यटकिय महत्व बुझ्न।
१.४ अध्ययनका प्रश्नहरु:
यो अध्ययन निम्न प्रश्नहरुमा केन्दृत हुनेछ:
– लुम्बिनी के का लागी प्रसिद्ध छ?
– गौतम बुद्ध लाई एसिया का तारा र शान्ती का दुत किन भन्ने गरिन्छ?
– बुद्धका उपदेशहरु के के हुन ?
– आध्यात्मिक पर्यटनलाई धार्मिक सम्पदा पर्यटन पनि किन भनिन्छ?
– अज्ञानाता हटाउने तरिकाहरु के के हुन?
२. साहित्यको पुनरावलोकन:
बुद्ध धर्म व्यक्तिहरूलाई निर्वाण स्थितिमा पुग्न सिकाउँछ। उचित अभ्यास, बुद्धि र मध्यस्थताले जो कोही पनि प्रबुद्ध हुन सक्छ।(अग्रवाल, २०१५, पृष्ठ १) बुद्धको शिक्षाले बुझेर अज्ञानता हटाउने लक्ष्य राख्छ ।( दे रूइज र कोक्जन्, २०१५,पृष्ठ १) आध्यात्मिक पर्यटन लाई धार्मिक सम्पदा पर्यटन पनि भनिन्छ। (घिमिरे र राई, २०१५,पृष्ठ २) मायादेवी मन्दिरको छेउमा बस्नु सबैका लागि परम समय हो। साँझमा, त्यहाँ शान्तिको “बत्तीहरू” छन्, र बिहान त्यहाँ शान्तिको “ध्वनि” छन्। लुम्बिनीमा हुनु भनेको स्वर्गमा हुनु जस्तै हो। (एन डी सि काठ्मान्डू, मार्च २०१३)
३. अध्ययन विधि र प्रक्रिया
३.१ तथ्याङ्कको स्रोत:
अनुसन्धान कर्ताले निम्नलिखित स्रोतको प्रयोग गर्नेछ:
प्राथमिक स्रोतको रुपमा प्रत्यक्ष अवलोकन, अन्तर्वार्ता, शिलालेख अध्ययन, गुगल फर्म आदि द्वारा तथ्याङ्क संकलन गरिने छ। अन्य द्वितिय स्रोतका रुपमा पुस्तक, पत्रपत्रीका, इन्टरनेट आदिको प्रयोग गरिनेछ।
३. सन्दर्भ सामाग्री:
Agarwal, R. (2015). Buddhism. In Athyal, J.M (ed). Religions in Southeast Asia: An Encyclopedia of Faiths and Cultures.
Retrieved from https://www.researchgate. net/publication/303859535 Buddhism
de Rooij, L & Koczan, Z. (2015). Buddhism. Encyclopedia of Economics and Society.
Retrieved from https://www.researchgate.net/publication/312292611_Buddhism
Ghimire, H. L & Rai, H. D. (2015). Spirituality in Lumbini: A fundamental aspect of Buddhism. Lumbini Darpan. Lumbini: Lumbini Development Trust.